हजुर सन्चै हुनुहुन्छ? (शब्द ब्रह्म)

 हजुर सन्चै हुनुहुन्छ?

   (शब्द ब्रह्म)

*************

बनारसको मणिकर्णिका घाटमा

दिनरात अखण्ड जलिरहने लासहरू

देखेर आएपछि

हरिभक्त बाबैले गोठै बेचेर 

गरीबको सेवामा जीवन अर्पण गरे


हो,जीवन क्षणिक हो

सबैलाई थाहा छ

तर

सबैले भुल्ने गर्छन

अजम्बरी ठान्छन् आफैंलाई


शब्द ब्रह्म हो

राम्रो शब्दको प्रयोगले

मानिसको जीवन शैलीनै परिवर्तन हुन सक्छ

योगात्मक सोच ल्याउन सक्छ

निरोगी बनाउन सक्छ

न खर्च नै गर्नु पर्छ, न भारी नै बोक्नु पर्छ

भेट गरेर होस

या

दूरभाषमा होस

बस् भनिदिए भयो

सोधीदिए भयो

प्रभुले शब्दज्ञान र बोली दिएको--

फगत प्राणी मानिस मात्रै त छ सृष्टिमा

हजुर सन्चै हुनुहुन्छ ? भनिदिनु भयो।

धन्यवाद।

हजुर!अब पूर्ण सन्चो हुन्छु भनिठान्छ ऊ 

किनकि

शब्द ब्रह्म हो।

********

पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, असम

२५/७/२०२३

सबै उदाएको घाम नै मनपराउँछन्

 सबै उदाएको घाम नै मनपराउँछन् 

**************************

अन्तरेको अन्तर्

गोले बाको जन्तर

पुरेतबाको मन्तर

माजनको देशान्तर

हाकिमको स्थानान्तर 

नेताको अर्थान्तर

गरीबको मध्यान्तर

प्राणीको जन्मजन्मान्तर 

कविको निरन्तर

कसले बुझ्ने कान्छा!

सबै उदाएको घाम नै मनपराउँछन् 

******

पुरूषोत्तम उपाध्याय दाहाल

20/7/2023

हल्ला चलेको छ

 हल्ला चलेको छ

*************

मेघले कालिदासको प्रेम सन्देश बोकेर लगेको भनेर गोठमा हल्ला चलेको छ

कविको प्रेम सन्देश हावा र गुलाफ मिलेपछि सुगन्ध बगेको भन्ने हल्ला चलेको छ

कसैले सन्देश लिएर नै जानु पर्ने यो प्रेमकथा अनन्त र अपार रहेछ सीलु!

हाल ह्वाटअप र मेसेन्जरले प्रेमिकालाई निरन्तर ठगेको छ भन्ने हल्ला चलेको छ।


पुरूषोत्तम उपाध्याय दाहाल

बेलतला,गुवाहाटी

20/7/2023

बैसाखी

 बैसाखी

*******

निस्तेज र म्लान भएको बैसाखी

आज सारै आनन्दित छ

कसैको सहारा बन्न सकेको छ ऊ 

साहारा हराएको समाज व्यवस्थालाई

एउटा स्मृतिको झलक याद दिलाउँछ

बोल्न सक्दैन, देखिन्छ ऊ l


घरमा हजुरबा कान सुन्नुहुन्न

आँखा देख्नुहुन्न

हिँड्न सक्नुहुन्न

सारो अन्न खान सक्नुहुन्न

लौरो घोरिन्छ केहिबेर

म त थिएँ सहारा दिने

तर

छोरा,नाति,आफन्त,छिमेकी 

कोही आएर मलाई लानु भएन

नहिनेर नै कुँजिएको हो बा भने डाक्टरहरूले

हिँडाउने कसले!


हाल डाईपरमा हुनुहुन्छ हजुरबुबा

बुढी खसेको निकै वर्ष भयो

राति छोरा आएर डाईपर हेर्ने गर्छ

भित्र भित्र भन्छ ऊ

दुःख लुके राम्रो 

सारै दुःख छ उसलाई र बुबालाई


विस्तारवाद,समाजवाद,वामपन्थी र नरमपन्थी एवम् 

चरमपन्थी साथै अनेकौ पन्थी देखने हजुरबुबाले

सबै देख्नु भयो यो सय वर्षको उमेरमा

तर

सेवावाद,मृदुभाषीवाद,मिठो मसिनोवाद बारे

केही सुन्नु भएन सय वर्षमा बाले

पिपलको रुखमुनि केरम खेल्ने नवपुस्ताले

गफ गफमा कुरा गरेको भन्ने हल्ला चै चलेको छ

गरेको छैनन् केही पहल

राजनीति मुख्य विषय हुन्छ उनीहरूको हिजोआज


हजुरबुबा स्वर्गारोहण भए पश्च्यात

कोही क्रियापुत्री रुग्न्ने बहानाले

जुवा खेल्न तिखारिएका छन् भन्ने पनि

हल्ला चलेको छ

यता फेरि जुवालाई नयाँ विस्तारवादको

नयाँ आयाम भनिएको छ रे।

*******************


पुरूषोत्तम उपाध्याय दाहाल

IG Airport Delhi

15/7/2023

समुद्र मन्थन

 समुद्र मन्थन

**********

समुद्र मन्थन हुँदैछ रे, जाउँ है जाउँ, सबैले अमृत पिएर आउँ 

लाम लाग्ने चलन नै छैन रे, भीड उछिनेर सक्दो लिएर आउँ

भीडभाड र ठेलठालमा ज्यान गए पनि त मोक्ष नै मिल्ला, हे!जीवश्रेष्ठ !

कलियुगको अमृत हो काम गर्ला या नगर्ला नयाँ चोला सिएर 

आउँ।


पुरूषोत्तम उपाध्याय दाहाल

नयाँ दिल्ली

12/7/2023

हुटिट्वाउँले आकाश छेक्दैन

 उखान

             हुटिट्वाउँले आकाश छेक्दैन

            *********************

उत्तानो परेर सुत्नु पर्यो मैले ,बीमार त्यस्तै परेको छ

हुटिट्वाउँ छक्क पर्दो हो देखेर,मान्छेलाई के रोग सरेको छ 

बाठो हुँ भन्ने मान्छे लौ आज आकाश खस्ने डरमा छ

झर्दैन आकाश ,बरु झर्ला यो मान्छे विश्वास उसले गरेको छ।


पुरूषोत्तम उपाध्याय दाहाल

नयाँ दिल्ली

११/७/२०२३

रातलाई छोटो भइदिनु भनेर आग्रह गर्नु परेको छ

 रातलाई छोटो भइदिनु भनेर आग्रह गर्नु परेको छ

जूनभन्दा घामतर्फ झुकाव अहिले निकै बढेको छ

सुनसान रातमा नत तारा गन्नु ,न ध्रुव तारा नै हेर्नु, कान्छा!

उदाएको सूर्यलाई नै तर्पण दिने चलन चलेको छ।


पुरूषोत्तम उपाध्याय दाहाल

करोलबाग दिल्ली

09/7/2023

मिसिनमा मुटु ठिकैनै देखियो असलमा मुटु जलेको छ

 मिसिनमा मुटु ठिकैनै देखियो असलमा मुटु जलेको छ

डाक्टरको कुरा सुनेर सबै घर फिर्ने चलन चलेको छ

बोल्दैन मुटु धड्किन्छ मात्र सृष्टीको चाल त्रिताले छ 

छामेरै छाती, बुझिदिने मानिस, कमी लौ सारै खलेको छ।।


पुरूषोत्तम उपाध्याय दाहाल

करोलबाग दिल्ली

7/7/2023

डाक्टर भन्छन

 डाक्टर हुन् न यस्तो!

     :अनुभव:

***************

डाक्टर भन्छन

**********

तिमी श्वास फेर, म विश्वास दिन्छु

तिमी विश्वास गर, म आश्वास दिन्छु

तिमी भर पर ,म जीवन दिन्छु

दुनियाँलाई प्रकाश छरी दिन्छु।


2014 को फरवरी मैना। म साथै परिवार अचानक दिल्ली आउनु पर्यो जरुरी उपचारको निम्ति।हामी AIIMS मा देखाउने अपेक्षा गरेका थियौं तर सम्भव भएन।मेरो भान्जा डाक्टर हुनाले उनीको साथी ड.शेखर शर्मा सर गंगाराम अस्पतालमा MD गर्दै।हामीले यही अस्पतालमा उपचार गर्ने निर्णय गरौं।


ड.राकेश कोल नामी सर्जन।भेट गरौं।अब लामो इलाज हुने सम्भावना भयो।खर्च पनि निकै लाग्ने जस्तो देखियो।ड.राकेश कोलले जरुरी भए म रु 50,000/सम्म केही दिनको लागि दिन सक्छु भन्नु भयो।मेरो आँखा आँसुले भरियो।मैले जीवन्त ईश्वर भेटें।


सफल आपरेशन भयो।लगभग एक मैना दिल्ली बसेर पछि पनि तीनचार पटक आउनु पर्यो। सन्मन्ध अगाध बन्यो हाम्रो।ड.राकेश कोल पनि गरीब सेवक।हप्तामा एकपटक जम्मू अस्पताल गएर रोगीलाई मुफ्त सेवा दिनु हुन्छ।


बीच बीचमा हाम्रो कुरा हुने गर्थ्यो। आसाम वाट कोही रोगी वहाँको अस्पतालमा पुगे मलाई कल गर्नु हुन्थ्यो।मैले पनि निकै दुःख पाएका बिरामीलाई वहाँ जान बोलीको सहाय गरी दिन्थेँ।


ई 2020 मा मलाई कोबिद 19 भएर फुत्केर आएँ।अलिकतिले लान सकेनन् मलाई माथि।लगभग तीन मैना उपचार चल्यो। बाँचियो र कविता कोर्न थालियो।फेरि post covid19 steroids असर देखायो 2022 मार्च वाट।देब्रे गोडाको hip joint मा असर गर्यो।अरुअरू पनि निकै मजस्ता बिरामी देखिए।हिँड्न गार्हो हुन थाल्यो। दुःखले जागीर गर्न थालेँ। दानापानीको कुरा छ।


मेरो सबै रिपोर्ट ड.राकेश कोललाई पठाएँ।बीच बीचमा कुरा भई रहन्थ्यो।उनीले दिल्ली गंगाराम अस्पतालको सबै तैयारी गरी हड्डी विषेशज्ञ ड.गगन चद्दाको टोलीलाई तैयार पार्नु भयो।मेरो काम बस् दिल्ली जाने।


30 जुनमा सफल आपरेशन भयो।आपरेशन थिएटरमा वहाँ त्यो विभागको नभए पनि मेरो आफन्त हुन भनेर सबैलाई भन्नु भयो।समय समयमा भेट्ने र खबर निरन्तर गर्नु भयो। म भी आई पी रोगी भएँ।अब तीन मैना पछि म पूर्ण स्वस्थ हुन्छु।


मलाई भ्रम हुन्छ के ड.राकेश कोल कुनै अवतारी पुरुष त हैनन!मानौँ मेरो परिवारको एक सदस्य। कामाख्या दर्शनको निम्तो दिएको छु।आउँछु भन्नु भएको छ।

डाक्टर हुन् न यस्तो।के नाउँले पुकार्नु उनीलाई।


पुरूषोत्तम उपाध्याय दाहाल

सर गंगाराम अस्पतालमा

दिल्ली

४/७/२०२३

आज बोले भैरव

 आज बोले भैरव

*************

आज बोले भैरव

मैले सोधें ,कस्तो छ खबर?

सुटुक्क भने सबैले

"हामीलाई एकछाक खान

न्यानो मायाँ भए हुन्छ

उमेरमा हामीलाई खुब मायाँ गर्ने

प्रहरी भन्ने!

बुढो भएपछि बाटामा लगेर छोड्ने 

मानव जस्तो तमाम 

असीमित ईच्छा र सपना

छैन हाम्रो!!!"

म केही खाना खान दिएर

फर्किएँ, घरतिर किनकि!!

मेरो तमाम अपुरो सपना पुरा गर्न बाकी नै छ।

*******

पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, आसाम।


https://fb.watch/lsSVIlCK_p/?mibextid=Nif5oz

मान्छे त धिउ पो रहेछन कान्छा!

 मान्छे त धिउ पो रहेछन कान्छा!

************************

कान्छा!

मैले गोदार बालाई हलको बहर मरेको कुरा भनेँ 

दुःख बिसाएँ 

खेत बाँझो रहने सम्भावना जताएँ

नानी केटाकेटीको बिजोक हुने आशय व्यक्त गरेँ

फ्याट्ट,एकहल गोठको बहर लगेर, दाएर

"खेती गर बाहुन नानी" पो भनें

मान्छे त धिउ पो रहेछन कान्छा!


खिल पल्टियो गोडामा

न बस्नु, न सुत्नु

केही गर्न नसक्ने भएँ

जन्तरे बालाई गुनासो सुनाएँ

फ्याट्ट हजार रुपैयाँ निकालेर दिए

उपचार गर अन्तरे

"निर्व्याजी रकम दिएको मैले,

"जहिले सक्छौ तहिले तिर्नु" पो भनेँ

मान्छे त धिउ पो रहेछन कान्छा!


पचास बर्षपछि फुपु आएकी वर्मावाट

त्यो पनि चोरी बाटो,मान्छे साथ लिएर,रकम तिरेर

दोस्रो विश्वयुद्धको नतिजा

बाबु यता ,फुपु उता

अहिले बाबु नाई, भदा भेट्न आएकी 

पशुपती दर्शन गराउनु पर्ने

खुलाल माजनलाई विस्तारमा भनेँ

फ्याट्टै दस हजार,पाँचसौ टक्के नोट दिएर

"फुपुलाई सकेसम्म तीर्थ घुमा" भन्नु भयो

मान्छे त धिउ रहेछन कान्छा!


समय विपरित थियो

हातखर्च कसैको छैन गोठमा

बाख्रा पाल्ने ईच्छा बुढी र छोरीको

गएँ घोरसाने काँइलाको गोठमा

विस्तार गरेँ दुःख, पोखें वेदना

फ्याट्ट तीनहजार रुपैयाँ दिएर

"लौ बाख्रा पाल बाबु"भने

मान्छे त धिउ पो रहेछन कान्छा!


हुनेले नदिएको कथा निकै सुनियो,पढियो

अरूको दुःख पखाल्ने मानिस--- 

सिधै स्वर्ग जान्छन होला है कान्छा!

दुःखमा साथ दिने व्यक्ति 

राजा हरसबर्धन जस्तै है!

सबैको भलो चाहने!!

चोर,चण्डाल र ठगले भरिएको यो संसारमा

धिउ जस्ता मानिसले संसार थामेका है ,कान्छा!

घिउ जस्ता मानिस महाप्रयाण भएपछि

सबैको स्वर्गमा बास हुन्छ होला है,कान्छा!!!!

*******************

अन्तरे दाहाल 

स्थायी वासस्थान:कोल चपडी, धौला सदिया 

हाल: नयाँ दिल्ली

२८/६/२०२३

हल्ला चलेको छ

 हल्ला चलेको छ

*************

कान्छा!

उसको नाउँ थाहा पाइस?

जतापनि लाने

कहिले हँसाउने

कहिले रुवाउने

मालामाल पनि बनाउने

निमिट्यान्न पनि पार्ने

कहिलेकाँही राँगा जुधेझैँ जुधाउने

भेडा जस्तै एकोहोरो पनि पार्ने

लुतेलाई वीरे

वीरेलाई लुते बनाउने

प्रेम बहादुरलाई स्वर्ग बहादुर बनाउने

गोठालालाई माजन

माजनलाई गोठाला बनाउने

चोरलाई स्वामीजी 

स्वामीलाई डाका बनाउने

कुरा बुझिस् नि कान्छा!

ज्यादा नबोलौं होला

गोठाला जान्ने भए भन्लान्

झिरिप हुन्छ दुनियाँ भन्लान्

बोल्नै नहुने भयो गरीबले! हैट!

पाखुरा दर्हो छ गर्नेको

दल्न सम्म दले

दोहोलो पारे

तर

काम लगाउने रोगी भए

काम गर्ने निरोगी पो भए

परिस्थिति र समयले मीत लगाएको 

खबर आएको छ कान्छा!

थाहा पाईस नि?

को राम्रो ,बलियो भरपर्दो 

कर्म कि भाग्य!हैट!

बोलीसक्नु छैन!

गोठमा पाडा भित्राएर जूनलाई हेरेर सुत कान्छा!

पर्खी, बिहानीको घामलाई

अर्का हरिभक्त कटुवाल

कविता कोर्न

हर्के, वीरे,रामे ,चामे लिएर

मर्तमा जन्म लिएको

हल्ला चलेको छ!

बस् त्यति।

*******

अन्तरे दाहाल

मिरीछपडी

२६/६/२३

साथीको वेदना

 साथीको वेदना

***********

मेरो बाल्य सखा बिर्खे भन्छ -----

अन्तरे!!!

बुबाले गाउँको स्कुलमा नाम लेखाई दिनुभयो

खुशी भएँ 

स्कुल जा भन्नुभयो, गएँ

पढ् भन्नुभयो

सके सम्म पढेँ

बिहे गर भन्नुभयो ,गरेँ

जागीर गर भन्नुभयो

प्रयास निकै गरेँ 

तर भेटिन 

नाति नातिनाको मुख हेर्छु भन्नुभयो

जन्मिए त्यो पनि

वर्षेनीका दुई,छोरा र छोरी

अब विदेश जा कमाउन भन्दै हुनुहुन्छ

जान्न भने!!!

फर्काएँ जवाफ।

कति भनेको मान्नु हौ अन्तरे,हैट 

भनेर पो गयो 

रिसले चुर भएको रहेछ ऊ।

म गोठतिर चल दिएँ 

ऊ पाडा लिन चल दियो।

****

पुरूषोत्तम उपाध्याय दाहाल 

गुवाहाटी , आसाम।

२१/६/३०२३

गोठको वधु विज्ञापन

 गोठको वधु विज्ञापन

****************

डोको बोक्ने, थुन्से बोक्ने,घाँस काट्ने चाहियो

ताक परे रुख चड्ने बयर टिप्ने, चाहियो

बियाड रुङदा गुलेलीले उफ्री उफ्री चरी खेद्ने 

अल्छी लाग्दा कहिले काँही बाघचाल खेल्ने चाहियो।


नदीमा गै थ्याच्च बसी लुगा धुने चाहियो

परालको तेन्द्रा लिई गुन्द्री बुन्ने चाहियो

लागो लाग्दा कुद्दै कुद्दै धामी डाक्न आँट गर्ने 

टाउको दुख्दा फूलतेल लाउने दर्हो हात चाहियो।


दुःख पर्दा ढिंडो खाने बलियो मन चाहियो

चोर डाका आईपरेमा खुकुरी बोक्ने चाहियो

दुधको तर, तोरी तेल,मास लगाई  श्रृंगार गर्ने

एउटा मुटु एउटा मन भएकी नै चाहियो।


छड्के नजर लाउनेलाई मुक्का मार्ने चाहियो

ढिकी कुटी चिउरा पार्ने दर्हो गोडा चाहियो

अभर पर्दा मात्रै मात्र माइत जान ईच्छा गर्ने

चौबन्दीको तुना बाँधने नरम हात चाहियो।


नदी खोला तर्न सक्ने पौडी खेल्ने चाहियो

धान रोप्ने,बीउ काड़ने हिलो खेल्ने चाहियो

कुटे लिई सब्जी गोड्ने खोस्रिने हात भए राम्रो

कीर्तन गर्दा ढोल मञ्जिरा घन्काउने चाहियो।

*****

पुरुषोत्तम उपाध्याय दाहाल 

गुवाहाटी , आसाम

१३/६/२०२३

पार्टी

 पार्टी

****

कान्छा!

सुन न् 

ती बलभद्र बाको नाति,नेत्रे

निकै पढेर बम्बईवाट आएको रे

हिजो भगीरथको गोठमा भेट भयो

टाई लगाएको थियो

मलाई भेटेर अचानक

"तपाईं पार्टीमा भाग लिनुहुन्छ"काका पो भन्यो

के पार्टी भनेको उसले कान्छा!

मैले सुनेको त:

कीर्तने पार्टी,

डाका पार्टी,

भी डी पी पार्टी

विजेपी पार्टी

कांग्रेस पार्टी

कमिनिस्ट पार्टी

बेण्ड बाजा पार्टी

गोठाले पार्टी

माजन पार्टी

धेउसे पार्टी

गाँजा पार्टी

गुन्डा पार्टी

मदिरा पार्टी

विवाह पार्टी!

जुवाडे पार्टी!

के भनेको उसके बुझेर आइज त कान्छा!

हैट!

गोठाला हुनु र नजान्न पनि लाजमर्दो भयो कान्छा!

केही बुझिँदैन

हिजो अस्तिको केटा मलाई फ्याट्टै 

"तपाईं पार्टीमा बस्नुहुन्छ" पो भन्यो"

*********

अन्तरे दाहाल

मिरी चपडी

धौला सदिया

४/६/२०२३

फरक छ हामी र उनीमा ******************* कान्छा!!! फरक छ हामी

 फरक छ हामी र उनीमा

*******************

कान्छा!!!

फरक छ हामी र उनीमा!

उनी मञ्चमा,हामी भुइँमा

हाम्रो कथा अनन्त छ

पाखुराको कथा छ

पसिनाको कथा छ

फरक छ हामी र उनीमा।


उनी चन्द्रमाको शीतल छायाँमा

हामी तातो घामको गर्मीमा

हामी सृष्टि गर्छौ

उनी विनाश गर्छन

फरक छ हामी र उनीमा।


उनी पैसा हेर्छन

हामी हृदय हेर्छौ

उनी गाजल हेर्छन

हामी निधार हेर्छौं

उनी लिनेमा छन् 

हामी दिनेमा छौं 

हामी राखिएको हौँ

उनी हुकुमे हुन् 

फरक छ हामी र उनीमा

निकै अमिल छ हामी र उनीमा!!!


**अन्तरे गोठालो

४/६/२०२३

को ठुलो

 को ठुलो!

******

एक(१) ले शून्य (0) लाई भन्यो,

हेर,मवाट नै प्रारम्भ,

म शुभ संख्या,

मेरो कति गुणगान छ,

तेरो सारै बद्नाम छ

बस् त्यति।

सुन्य(0) एकछिन मौन भएर

एक (१)लाई भन्यो!

म शून्य त हो

तर जोड्दै जाउ तिम्रो पछि

म ब्रह्माण्ड हुन सक्छु

ममा प्राणी जगतलाई

विलीन गर्न सक्ने क्षमता पनि त छ!

तिमी शब्द ब्रह्म भनि ठान्छौ आँफैलाई

म नाद ब्रह्म हुँ!

ठट्टा नगर!

बस् त्यति।

******

पुरूषोत्तम उपाध्याय दाहाल 

२/६/२०२३

इस् बस्छु अब तिम्रो गोठमा!

 इस् बस्छु अब तिम्रो गोठमा!

*********************

माजन!बीस वर्ष भयो बसेको तिम्रो गोठमा 

पहिले पाँच वर्षको दस माउ गाई दिने बाचा थियो

त्यो पनि दिएनौ

बिहे गरिदिने कबुल थियो

त्यो पनि गरेनौ

वर्षको पन्द्रह दिन छुट्टी दिन्छु भन्थ्यौ

गरेनौ केही,दिएनौ केही

इस् बस्छु अब तिम्रो गोठमा!


दसैँमा एकजोर नयाँ लुगा दिने

एक सेर खसीको मासु दिने

जुत्ता नयाँ किनिदिने

हातखर्च पनि दिने 

तीनदिन घर जान छुट्टी पनि दिने

गरेनौ तिमीले भने जस्तो

इस् बस्छु अब तिम्रो गोठमा!


तिहारमा भाइटीकाको खर्च दिने

आमालाई सारी किनि दिने

गोठैमा लिङ्गेपिङ बनाई दिने

केही भएन भने जस्तो माजन!

इस् बस्छु अब तिम्रो गोठमा!


नुहाउने साबुन र कपडा धुने साबुन

अलगै अलगै दिने कुरा थियो

लुगा धुने साबुन आयो

नुहाउने साबुन कहिलेइ आएन

नुहाउनु पर्यो लुगा धुने साबुनले

कपाल झर्यो

शरीर कालो भयो

छालामा खटेरा निस्कियो

जिन्दगी झिरिप भयो

इस् बस्छु अब तिम्रो गोठमा!


दस वर्ष पछि चारहल - 

रोजी रोजी बहर दिने

दुई लैनो गाई दिने

नयाँ कोट र पेन्ट किनि दिने

कालो चस्मा किनिदिने

केही भएन भने जस्तो, हजुर!

इस् बस्छु अब तिम्रो गोठमा!


हर मैना एकजोर टर्चको बेटरी दिने

रेडियो किनि दिने

मैनाको दस पेकेट चुरोट दिने

भित्री लुगा छ छ महिनामा किनि दिने

जीउमा लाउन नरिवल तेल दिने

चप्पल दिने

फूलतेल दिने

केही पाइएन भने जस्तो हरे!

इस् बस्छु अब तिम्रो गोठमा!


अ आ क ख सिकाई दिने

इंग्लिश टकिङ पनि सिकाई दिने

गोठमा खान नरम चामल दिने

पियाज र आलु मैनाको- 

दुई दुई किलो दिने

शुद्ध तोरीको तेलको भुटुन दिने

कुरा मात्रै गर्यौ प्रभु!

भएन भनेजस्तो!हैट!

इस् बस्छु अब तिम्रो गोठमा


कान्छा म र भगीरथ 

तिनैजना गोठाला नबस्ने अब गोठमा

हिसाब गर, पञ्च राख

तिम्रा जेठी र कान्छी बुढी दुवैलाई साक्षी राख

साँचो कुरा भन

गोठाला नमार माजान!

सय माउ गाई उहिले 

पाँच सय भए अहिले 

तिम्रो प्रगति भयो

हाम्रो दुर्गति भयो

ब्रह्मपुत्रको छेउमा जिन्दगी बित्यो!

इस् बस्छु अब तिम्रो गोठमा माजन!!!!

*********

अन्तरे गोठाला( पुरूषोत्तम उपाध्याय दाहाल)

मिरीछपडी

धौला सदिया

आसाम

२८/५/३०२३

             हाम्रो प्यारो गोठाला र माजन परिवार

             बीचमा हामीलाई भाषा सिकाउने देबी गुरु!

बिचरो चरी *******

 बिचरो चरी

*******

एउटा चरी

सिमलको रुखमा मात्र बस्छ

उसको परम्परा नै त्यो

पुर्खौ देखि।


मासियो सिमलको रुख!


ऊ उडेको उडै छ रे

एउटा सिमलको रुखवाट उडे पछि

अर्को सिमलको तरु भेट्न

उडेको घन्टौँ भयो रे रुखको खोजीमा

न भुइँमा बस्छ

न अरू कुनै रुखमा

लखतरान भएको 

समाचार आएको छ कान्छा!


काव्यकारहररूको कुनै सभामा गएर

मर्न चाहन्छ रे ऊ

सन्देश फैलाई दिनु पर्ने रे

उसको बिडम्बनाको 

काव्यकार हरूले!

काव्यकारहरू

काव्य सम्मेलन नै गर्न छोडे

हिजोआज फेरि!भन्दैछ रे ऊ !


इच्छा प्रकट गरेन उसले

कुनै नेताहरूको सभामा झर्न!!!

वाह!

काव्यकारहरूमा विश्वास राख्ने

चरी! कठैबरा!

दानव मान्छे!!

*******

पुरुषोत्तम उपाध्याय दाहाल

हिलागुडी छपडी

धौला सदिया

आसाम

२७/५/३०२३

ठुली गरौं कान्छा! **************

 ठुली गरौं कान्छा!

**************

कान्छा!

पपुवा न्युगिनीको एउटा दृश्य!

हेर हेर!

ठुली गर्दा कोही स्यानो हुँदो रहेनछ

देखिस! ठुला व्यक्तिहरुको व्यक्तित्व!

मन छोएर आउँछ

आँखा रसाएर आउँछ!


अब हामी पनि

ठुला,मान्यजन,बाबु-आमा

सबैलाई ठुली गर्नुपर्छ ल !

गोठमा सबैलाई सुनाई दे कान्छा

यो भव्य समाचार!


हाई,हेल्लो भन्छन नानीहरू

हैट!

बस् त्यति।

********

पुरूषोत्तम उपाध्याय दाहाल

२४/५/२३

म चैतको एउटा हुरी मात्र

 म

**

म चैतको एउटा हुरी मात्र

बस् त्यति,

बिजुलीको 

एक चम्काई मात्र

त्यति।

(स्व.हरिभक्त कटुवाल )


मेरो गोठको बाल्यसखा विर्खै भन्छ:- 


ईश्वर!अर्को हरिभक्त जन्माई देऊ!

************************

ईश्वर!

म तैयार छु

नारी बन्न

तैयार छु आमा बन्न

भ्रूण भित्र्याउन

पाठेघरमा राख्न

नौ नौ मैना गर्भाधान गर्न

मातृ पीडा सहन् 

या

सरोगेट आमा बन्न

तर

एउटा सर्त छ पभु!

जन्माउनु पर्छ तर

अर्को हरिभक्त कटुवाल

जन्माईदेऊ 

काव्यरस फैलाईदेऊ 

विश्व मगमगाई देऊ साहित्यले

बस् त्यति!!!!

*******

पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी,आसाम 

२३/५/३०२३

लुकाउ सरकार लुकाउ! ठुलो नोट लुकाउ

 लुकाउ सरकार लुकाउ!

ठुलो नोट लुकाउ

********

कान्छा!

सुनिस् नि दुई हजारको नोट

अब फेरि बन्द हुन्छ रे!

कति राम्रो है!

गोठमा बसेको बीस वर्ष भयो

सयको नोट सम्म चै छुन र देख्न पाइयो!


माजनले एकदिन हामीलाई

"दुई हजारको नोट यस्तो हुन्छ केटाहो"

भनेर देखाएको तर छुन नदिएको

याद छ कान्छा!!!!

यो नोट पनि कति

कुक्कु हा गरेर लुकामारी खेलेको है!


कान्छा!हिजो रेडियोमा 

देशको विकास

कालो धन निर्मुल 

राम्राे अर्थ व्यवस्था 

प्रगति र समृद्धिको निम्ति

यस्तो गरेको भन्यो है

के भनेको त्यो?

केही बुझिएन!

गोबर गणेशपो भइयो,हैट!गोठमा बसेर

सुनिस् कान्छा!हाम्रो माजनकोनि

थुप्रै दुई हजार टक्के नोट छन् रे

हाम्रो पाउने रकम दिँदैनन्

पाउने पैसा माग्दा-- 

"लोखर्के जस्थो स्यानो भएर आएको थिईस्

अहिले सुँगुर जस्तै पहलमान भइस्"भन्छन

भेटे मज्जा!गज्जब भयो है!

गोठालालाई दुई छाक खान

एकसरो लाउन पाए भयो अब

टन्टा साफ 

कि के कान्छा?

लुकाउ सरकार लुकाउ!

ठुलो नोट लुकाउ!

******

पुरूषोत्तम उपाध्याय दाहाल

मिरि छपडी

धौला- सदिया

आसाम 

२१/५/२०२३

हाम्रो गोठमा हरायो कविता **

 हाम्रो गोठमा हरायो कविता

*********************

कान्छा!

तैंले एउटा कविता लेख्नु न

अन्तरे दाजु!भनेर आग्रह गरिस!!!


हिजोआज कविता नै आउँदैन कान्छा!

रुखो भएको छ मन

लुथ्रुक्क भिजेको छ तन

आँखा रसाई रहन्छन्

कसैको आँखा प्रेमील देख्दिनँ

कविता छैन कान्छा हिजोआज।

बरु खत्री बाको गोठमा गएर

"केही सिलोक भन्नुन बा"भन

सुनेर आइज केही सिलोक

केही तृष्णा मेटिएला तेरो

म सँग हिजोआज

कविता छैन कान्छा!!!

आउँदैन कविता,मेरो भाइ !

रुखो भएको छ मन

उराठ भएको छ वसन्त!

बिरानो भएको छ गोठ!!!!!

****

पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी आसाम

१६/५/२०२३

फोटो सौजन्य:गोठालो कान्छा।

कस्तुरी गाई

 कस्तुरी गाई

*********

कान्छा!लैनो गाई कस्तुरी

राति गोठमा नआउँदा

आमा नसुतेको र रोएको याद छ?

अहिले तिनकोरी वर्ष पछि

बल्ल थाहा लाग्यो

आमा किन रोएकी भनेर

चरन सकिएको थियो

उनी चर्न टाढा गएकी रहेछिन

त्यसैले ढिलो भएको रहेछ।

अहिले न त गोठ छ

न आमा नै हुनुहुन्छ

गाई घरको सबैभन्दा प्यारो

सानामा खाएको त्यो दुधले होला

हड्डी दर्हो छ हाम्रो कान्छा!

कसले बुझ्ने त्यो अनन्त वेदना!

हिँड गोठ जाऊ

कान्छा!

*****

पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, आसाम

हल्ला चलेको छ

 (स्व. हरिभक्त कटुवाललाई स्मरण गर्दै वहाँको छोटो   कविताशैली "बस त्यति"पछ्याउँदै)

                  हल्ला चलेको छ

                  ************

जूनले जुनकिरीलाई "नाथे तेल नभएको टुकी" भनेर भनेको हल्ला चलेको छ

बस् त्यति

जुनकिरीले पनि"नाथे  औँसीमा प्राण नभएको भकुण्डो"

भेनेर भनेको हल्ला चलेको छ

बस् त्यति

*******

पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी

१३/५/२३

হাতৰ আখৰ

 হাতৰ আখৰ

************

"অবন্তি নগৰত এজন ব্ৰাহ্মণ আছিল"

তৃতীয় শ্ৰেণীত পঢ়োঁতে

উপৰোক্ত হাতৰ আখৰ তিনিবাৰকৈ 

লিখিব দিছিল বাইদেউৱে

আৰম্ভ কৰিছিলোঁ লিখিব

বাইদেউৰ বদলি হ'ল

নতুন ছাৰ আহিল

হাতৰ আখৰ লিখিবলৈ জোৰ নিদিলে ছাৰে

জোৰৰ দিলে নেওঁতাত 

পুৰণৰ নেওতা ন ঘৰলৈকে

মুখস্থ লাগে সাত দিনত

নোৱাৰিলে বেতৰ কোব 

খাব লাগিব

যেনে আদেশ তেনে কাম

মই যোগ-বিয়োগৰ লগতে

পুৰণৰ নেওঁতাত পাৰ্গত

কিন্তু হাতৰ আখৰ বেয়া

পিছে এতিয়া লিখিব নালাগে

মোবাইলত লিখিলেই হয়

ধন্য মোৰ শিক্ষাগুৰু

আৰু

মৰমৰ বাইদেউ

মই এতিয়া পাকৈত

আৰু

সুদক্ষ অংক মাষ্টৰ।

*****

পুৰুষোত্তম উপাধ্যায়

গুৱাহাটী

১৩/৫/২০২৩


स्वहस्ताक्षर

*********

"अबन्ति नगरमा एकजना ब्राह्मण थिए"

तीन कक्षामा हुँदा

उपरोक्त वाक्य तीनपटक लेख्न

गुरुमाले दिनुभएको सम्झना आयो

लेख्न प्रारम्भ गरेको मात्रै थियौँ

गुरुमाको सरुवा भयो

नयाँ गुरुबा आउनु भयो

स्वहस्ताक्षर लेख्न दिनु भएन गुरुबाले

पहाडा कण्ठस्थ गर्न भन्नु भयो

नौ अङ्क सम्मको गुणा

सात दिनमा कण्ठस्थ गर्नु पर्ने

नसके लौरो खानु पर्ने

जस्तो आदेश त्यस्तै काम

म जोड़- घटाउ साथै

गुणाको पहाडामा पारङ्गत 

तर हस्ताक्षर सारै नराम्रो 

हिजो-आज लेख्नै पर्दैन

मोबाइलमा लेखे भयो

धन्य मेरो शिक्षागुरु

साथै

गुरुमा

अहिले म प्रखर

सुदक्ष गणित शिक्षक

***

हार्दिक आभार:

गुरुवर: देबीचरण सेडाँई 

गुरुवर:अतुल चन्द्र शर्मा


पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, आसाम

13/5/2023

ব্যাধ

 ব্যাধ

*****

আমাৰ এখন সৰু নাও আছিল

প্ৰকাণ্ড বিলৰ ওচৰত ঘৰ

মেটেকা আৰু এৰালি বন

পাতি হাঁহ আৰু ৰামকাং চৰাই

জাকে জাকে আহে প্ৰতিবছৰে

খৰালি কালত

আহে বাগানৰ ব্ৰিটিছ চাহাব

আৰু ডিব্ৰুগড়ৰ বহু ডাক্তৰ।

জীপ গাড়ীৰে আহিছিল

মোক কিছু টকা দিছিল

লজেন খাবলৈ

মই নাও বাইছিলো!


এটা গুলীৰ শব্দ

মৰিল কিছু চৰাই

আৰু কিছু হৈ গ'ল ঘূণীয়া।

মায়ে মোক মানা কৰিছিল

নাও বাবলৈ আৰু

চিকাৰত সংগ দিবলৈ!


টোপনি নাহে এতিয়া

বিগতৰ স্মৃতি নিথৰ হৈ ৰ'ল।

মোক শাও দিলে চাগে

প্ৰতেক প্ৰাণীয়ে

সম্ভৱতঃ মোৰ নাম ৰৈ গ'ল চাগে

ব্যাধ!


পুৰুষোত্তম উপাধ্যায়

গুৱাহাটী।

১০/৫/২০২৩

হেৰাল কৱিতা

 হেৰাল কৱিতা

   ************


কবিতাক পুহি ৰাখিছিলো 

সময়ে সময়ে আহিবি বুলি

তোৰ লগত নাহো  বুলি ক'লে

আজি অকস্মাত!

একোৱেই নাই লিখিবলৈ 

ৰিক্ত ম‌ই।

মাথোঁ সিমানেই

*******

পুৰুষোত্তম উপাধ্যায় 

গুৱাহাটী

অসমীয়া অনুবাদ: পূজা ভৰদ্বাজ

9/05/2023


हरायो कविता!!

*********""*"

कवितालाई पालेर राखेको थिएँ

समय समयमा आउनु भनेर

तँ सँग आउँदिन पो रे

आज अचानक!

छैन केही कोर्न

रित्तो छु म।

बस् त्यति।


पुरुषोत्तम उपाध्याय दाहाल 

गुवाहाटी

09/05/2023

मे डे

 मे डे

****

हाम्री आमाले जीवनभर

श्रमिक जस्तै भएर

हामीलाई हुर्किईन

सेवा गरिन् 

अहरह अतिथी आप्यायण गरिन्

मूल्य दिएनन त्यो समयमा

कतिहो कति भनाइ खाइन् !


दिदीले आफैं नपढी

भाइबैनी हेर्न 

जीवन उत्सर्ग गरिन्

बुझेन राष्ट्रले र जनताले

मूल्य विहिन भइन् हाम्री दिदी!


साइँलो दाजु अरूको गोठमा बसे

घर चल्यो त्यही कमाईले

पढ्न पाएन उसले

बिहे भएन उसको

बुढो भयो ऊ

राखेनन् गोठमा!


कुन श्रमिकको कुरा गरेको हजुर!

यो बिथोलिएको घरको

या

मजदुरहरूको!!!

आज छुट्टी छ रे सबै कार्यालय

सम्झिन्छु

आमा

दिदी

साइँलो दाइ

बस त्यति।

****

पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी

1/5/2023

बस त्यति ७

 1.हामी एउटा हल्लिने कोक्रो

बस त्यति

ईश्वर लैलै ला गर्छन

बस त्यति




****

पुरूषोत्तम उपाध्याय दाहाल 

26/4/23


2.हुटिट्याउँ खुट्टा उत्तानो पारेर सुत्छ

आकाश झर्ने डरले

बस त्यति।

उसले आज बुझ्यो अब आकाश झर्दैन

तर मान्छे तमाम झर्छ नैतिकतामा

बस त्यति।

*******

पुरूषोत्तम उपाध्याय दाहाल

27/4/23


3.स्व.हरिभक्त कटुवालको कविता याद गर्दै उही लयमा:


 जीवन एक ठुलो हुण्डरी जस्तै

  बस त्यति

  बज्रले हानेर सखाप पारेको रूख जस्तै

  बस त्यति

**

पुरूषोत्तम उपाध्याय दाहाल

24/4/23



4.ऊ मञ्चवाट मेरै कथा भन्छ

बस त्यति 

म भुइँमा बसेर मेरै कथा सुन्छु

बस त्यति 

***

पुरूषोत्तम उपाध्याय दाहाल

23/4/23


स्व.हरिभक्त कटुवालको कविता याद गर्दै उही लयमा:


5.उसले नयाँ मोटर गाड़ी ऋणमा किनेको छ

    बस त्यति

    आमा  हिंडेर बजार जान्छिन् ऊ कारमा बजार जान्छ

    बस त्यति

    *****

    पुरूषोत्तम उपाध्याय दाहाल 

    28/4/23

    

            बकुल्लो।    (पर्या कविता:)

            बस त्यति!

         ****************

म बकुल्लो माछा खाने जात परें

बस त्यति

दिनभरि नदीमा कुरेर बस्छु,भेटिँदैन माछा

बस त्यति

किरा फटेंग्रा खाएर गुजारा गर्थेँ,त्यो पनि भेटिदैन

बस त्यति

मेरो पनि त प्राण छ,जमीन मेरो भागमा दिएका छन् प्रभुले

बस यति

तिमीहरू रमाएर घरभित्र मिठो मिठो खान्छौ, म भोकै

बस त्यति

मलाई पनि अब पीजा,बर्गर खान देऊ,प्राण त चलोस 

बस त्यति।

तिमीहरूको दुर्दिन आउने जोखना देखें

बस त्यति

सावधान! मानव !

बस यति

****

पुरुषोत्तम उपाध्याय दाहाल 

गुवाहाटी, आसाम

1/5/2023

(स्व. हरिभक्त कटुवाललाई स्मरण गर्दै वहाँको छोटो कविताशैली "बस त्यति"पछ्याउँदै)




बस्  त्यत्ति

---------------- भरत गुरागाईँ बर्बरिक


यो गोठमा मैले खोजेको

केही गाई र गोठालाहरु हो

बस्  त्यत्ति हो,

भातमा मुछ्न 

एक चिम्टी नुन र अलिकति मही होस् 

बस्  त्यत्ति हो ।

(स्व. हरिभक्त कटुवाललाई स्मरण गर्दै वहाँको छोटो कविताशैली "बस त्यति"पछ्याउँदै)


आधार कार्ड छ,तर मेरो आधार हराएको देख्छु

बस् त्यति

भोटर कार्ड छ तर भोट दिने असल व्यक्ति हराएको देख्छु

बस् त्यति


अन्तरे दाहाल

३/५/२०२३

६.


(स्व. हरिभक्त कटुवाललाई स्मरण गर्दै वहाँको छोटो कविताशैली "बस त्यति"पछ्याउँदै)

          ग्रहण

         *****

ग्रहणले घाम ढाक्यो, रमाए प्रेमीक केहीबेर 

बस् त्यति

ग्रहणले चन्द्रमा ढाक्यो रमाए प्रेमीक निकैबेर

बस् त्यति

चन्द्र-सूर्यले हाम्रो कथा भन्न खोजे सबै उदाङ्गो पार्न सक्छन्

बस् त्यति

*****

पुरुषोत्तम उपाध्याय दाहाल

४/५/२०२३


(स्व. हरिभक्त कटुवाललाई स्मरण गर्दै वहाँको छोटो कविताशैली "बस त्यति"पछ्याउँदै)

                    बुद्ध हे!

                    ***** 

बुद्धको वाणी मनन् नगरेर सखाप हुँदैछ दुनियाँ

बस् त्यति

सेतो परेवा उडाएर शान्तिका दूत हौ हामी भन्छन

बस् त्यति।


पुरुषोत्तम उपाध्याय दाहाल

5/5/2023



(स्व. हरिभक्त कटुवाललाई स्मरण गर्दै वहाँको छोटो   कविताशैली "बस त्यति"पछ्याउँदै)

                  गोठ हिँड कान्छा!

                  *************

साहित्यमा राजनीति पस्यो भन्ने हल्ला चलेको छ कान्छा!

बस् त्यति

अब गोठैमा आनन्द छ,हिँड उतै,गोठाले गीत गाएर बसौं

बस् त्यति

***

अन्तरे गोठालो

6/5/2023




(स्व. हरिभक्त कटुवाललाई स्मरण गर्दै वहाँको छोटो   कविताशैली "बस त्यति"पछ्याउँदै)

             रमाउन नजान्ने मान्छे

             ****************

पासपोर्ट र भिसा पाउँदा मात्रै सारै रमाउँछ ऊ

बस् त्यति

आफ्नो देशमा रमाउने संस्कार नै पाएन उसले

बस् त्यति

*****

पुरूषोत्तम उपाध्याय दाहाल

११/५/२०२३






(स्व. हरिभक्त कटुवाललाई स्मरण गर्दै वहाँको छोटो   कविताशैली "बस त्यति"पछ्याउँदै)

                  हल्ला चलेको छ

                  ************

जूनले जुनकिरीलाई "नाथे तेल नभएको टुकी" भनेर भनेको हल्ला चलेको छ। बस् त्यति।

जुनकिरीले पनि"नाथे  औँसीमा प्राण नभएको भकुण्डो"

भेनेर भनेको हल्ला चलेको छ।बस् यति।


पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी

१३/५/२३

बस त्यति (पर्या कविता:)

 बस त्यति (पर्या कविता:)

         ***********

म बकुल्लो माछा खाने जात परें

बस त्यति

दिनभरि नदीमा कुरेर बस्छु,भेटिँदैन माछा

बस त्यति

किरा फटेंग्रा खाएर गुजारा गर्थेँ,त्यो पनि भेटिदैन

बस त्यति

मेरो प्राण छ,जमीन मेरो भागमा पनि दिएका छन् प्रभुले

बस यति

तिमीहरू रमाएर घरभित्र मिठो मिठो खान्छौ, म भोकै

बस त्यति

मलाई पनि अब पीजा,बर्गर खान देऊ,प्राण त चलोस मेरो

बस त्यति।

तिमीहरूको दुर्दिन आउने जोखना देखें

बस त्यति

सावधान! मानव !

बस त्यति

****

पुरुषोत्तम उपाध्याय दाहाल 

गुवाहाटी, आसाम

1/5/2023

(स्व. हरिभक्त कटुवाललाई स्मरण गर्दै वहाँको छोटो कविताशैली "बस त्यति"पछ्याउँदै)

বুঢ়ী

 पूजा बैनीलाई मेरो हार्दिक धन्यवाद।उनी कटन विश्वविद्यालयमा हाल नेपाली डिप्लोमामा अध्ययन गर्दै हुनुहुन्छ।उज्जल भविष्यको कामना गरेँ बुनु।


বুঢ়ী


ত‌ইতো গুছি গ'লি 

এচলু গৰম পানী দিয়াও কোনো নাই

ভালেই হ'ল নিচিনাই লগা হৈছে

দুখবোৰ লুকাই থাকিল তোৰ।


ল'ৰা অফলাইনত

ছোৱালী অনলাইনত 

বোৰাৱী নিৰ্বাচনত ব্যস্ত

নাতি নাতিনী ভিডিঅ'গেমত 

ম‌ই বিচনাত।

এচলু গৰম পানী দিয়া কোনো নাই বুঢ়ী।


তোৰ ইচ্ছাই আছিল

সৌভাগ্যৱতী হোৱাৰ

বগা সাজযোৰ পিন্ধিবলগীয়া নহ‌ওঁক বুলি।

মই ৰঙীন সাজযোৰ পিন্ধি‌ও অন্ধকাৰ

কোনো নাই শুনা আৰু কোৱা মোৰ কথাবোৰ

তোৰ কথাবোৰে বাৰুকৈয়ে আহে মনলৈ।

কাকাকুলৰ দৰেই হৈছো ম‌ই

এচলু গৰম পানী দিয়াও কোনো নাই বুঢ়ী।


তোক ম‌ই মুক্ত কৰি দিয়াৰ দৰে লাগে

কাম ক্ৰিয়া, শ্ৰাদ্ধ পিণ্ডদান

সকলো কৰাই দিলোঁ

বৈকুণ্ঠত আছ চাগে

এই ফালে নাচাবি দেই।

চোৱাৰ প্ৰয়াসো নকৰিবি দেই

মোৰ কাপোৰ ৰং বিৰঙি হ'লেও

বহুত ডাৱৰীয়া মোৰ মন

এচলু গৰম পানী দিয়া কোনো নাই বুঢ়ী।


চৰিয়াৰ ভৰত প্ৰস্বাৱ

চাৰি ভৰিৰ সহায়ত শৌচ যাব লাগে।

কাঁহ আৰু খকাৰৰ শব্দত 

ঘৰত ভূমিকম্প আহে

মন বান্ধি লৈছোঁ

চকুপানী নুটুকো

পিয়াঁহ লাগিলে তোলৈ মনত পেলাও

হেৰাই যায় পিয়াহবোৰ

এচলু গৰম পানী দিয়া কোনো নাই বুঢ়ী ।


দহদান আৰু আতুৰীদানো

কৰি দিলে গুৰুৱে মোৰ

ছোৱালীজনী আহিছিল

ছোৱালীয়ে গৰম পানী খোৱা 

থাৰ্মচ্ আনি দিছে।

হাত খৰচো দি গৈছে

কি কৰিম এই প‌ইচাৰে

ওপৰলৈ যোৱাৰ প্ৰাথনাই কৰোঁ।

বাকী প্ৰভূৰ ইচ্ছা 

এচলু গৰম পানী দিয়া কোনো নাই বুঢ়ী।


আমাৰ বিয়াত জুৱা খেলুতেও

ত‌ইয়ে জিকিছিলি

দৈ খুৱাওতেও ত‌ইয়ে জিকা মনত পৰে।

জীৱন যুদ্ধতো ত‌ইয়ে জিকিলি

একো দুঃখ নোপোৱাকৈ ত‌ইতো গ'লি

বেদনাবোৰ কাক শুনাও

মোক ত‌ই তেল লগাই দিয়া সেই বাটিটো

বেকাহৈ নাতি নাতিনীবোৰে ধূলি মাটিত

ভাত ভাত খেলে

চাই থাকোঁ ম‌ই খিৰিকিৰে

এচলু গৰম পানী দিয়া কোনো নাই বুঢ়ী।


                 মূল নেপালী কবিতা- বুঢ়ী

                 কবি- পুৰুষোত্তম উপাধ্যায় দাহাল

                অনুবাদক - পূজা ভাৰদ্বাজ


बुढी!

******

तँ त गई हालिस 

एक मुठी तातो पानी दिने कोही छैनन् 

ठिकै भयो जस्तो पो लाग्न थाल्यो 

दुखै लुक्यो तेरो!

छोरो अफ लाइनमा

छोरी अनलाईनमा

बुहारी चुनाव मा व्यस्त

नाति नतिना भिडियो गेममा

म ओच्छानमा!

एक मुठी तातो पानी दिने कोही छैनन् बुढी।


तेरो इच्छा नै थियो 

आयुष्मती हुने, सेतो वस्त्र लाउनु नपरोस भन्ने

म रङ्गीन वस्त्र लगाएर पनि सुस्त छ मन्

कोही छैन बोल्ने र सुन्ने मेरो कुरा

तेरो यादले सारै सताउँछ बुढी!

काकाकुल झैं भएको छु

एक मुठी तातो पानी दिने कोही छैनन् बुढी!


तलाई मैले तारी दिएँ जस्तो लाग्छ

काम क्रिया, श्राद्ध पिण्डदान

सबै गराइदिएँ 

वैकुण्ठमा हौली सायद

यता नहेर ल!

हेर्ने कोशिश पनि नगरे है

मेरो लुगा रङ्गी बिरङ्गी भए पनि

सारै मैलो छ मन्

एक मुठी तातो पानी दिने कोही छैनन् बुढी!


चुठुवाको भरमा पिसाब

चारपाउ टेकेर शौच जानु पर्छ

खोकी र खकारको शब्दले 

घरमा भूकम्प आउँछ

दर्हो मन् पारेको छु

आँशु झार्दिन म

तिर्खा लागे तँ सम्झिन्छु

मेटिन्छ प्यास निकै

एक मुठी तातो पानी दिने कोही छैनन् बुढी।


दस दान र आतुरी दान पनि

गरी दिए गुरुले मेरो

छोरी आएकी थिई

छोरीले तातो पानी खाने

थर्सस ल्याई दिएकी छे

हात खर्च पनि दिएर गई

के गर्नु यो पैसाले

माथि नै जाने प्रार्थना गर्छु!

बाकी प्रभु इच्छा

एक मुठी तातो पानी दिने कोई छैनन् बुढी!


हाम्रो बिहेमा जुवा खेल्दा पनि 

तैँले जितेको र

दही खुवाउँदा पनि तैँले नै जितेको याद आउँछ

जीवन युद्धमा पनि तैँले नै बाजी जितिस

दुखै नपाई तँ त गईस

दुःख कस्लाई सुनाउँ

मलाई तैंले चिल्लो लाउने बोटुको

कुच्चिएर नानीहरूले धूलो माटोमा

भात भात खेल्छन,हेरि रहन्छु म झ्यालबाट

एक मुठी तातो पानी दिने कोही छैनन् बुढी!


पुरुषोत्तम उपाध्याय दाहाल

बेलतला, गुवाहाटी

२९/९/२१

आमाको बजारे लुर्कना

 https://www.setopati.com/literature/300226


आमाको बजारे लुर्कना

*****************

आमाले प्वावा पैसाले किनेर लगाएको

बजारे सुनौलो रंगको त्यो  लुर्कना

जति जति रंग गएर सेतो हुँदै गयो लुर्कनाको 

त्यती त्यती  उज्याली देखिदै गइन् हाम्री आमा।

कति राम्री हाम्री आमा  है !कान्छा!


बाबुले चाँदीको लुर्कना आमालाई दिउँला भनेको

सानै देखि सुनेथ्यौं है कान्छा ,हामीले

आमाको कान निकै दिन बुच्चै थियो

आमाको कानको लोती समातेर

त्यो स्यानो छिँडवाट  

मैले तँलाई

तैंले मलाई

हेर्ने गथ्यौं है! कान्छा!

कुक्कु!हा! गरेको याद छ कान्छा?

आमा रमाउनु हुन्थ्यो।

जति जति रंग गएर सेतो हुँदै गयो लुर्कनाको

त्यती त्यती हाम्री आमा उज्याली देखिदै गइन्।


पहिले आमाको कानमा बाँसको सिनका लाग्यो

आमा गोहु गोरी देखिन थालिन्

आमाको कान पाक्यो सिनकाले होला सायद

तेल फुकेर ल्याउनु हुन्थ्यो

जन्तरे बाको घरवाट

हामीले आमाको कानको अनेकौ रूप

देखौ है कान्छा!

जति जति रंग गएर सेतो हुँदै गयो लुर्कनाको

त्यती त्यती हाम्री आमा उज्याली देखिदै गइन्।


फ्याँक्यो  सूर्यले किरण एकाबिहानै

झन् टल्कियो आमाको लुर्कना

फुर्कियौं हामी

कति तेजिलो है हाम्री आमा!कान्छा!

पूर्णिमाको रातमा आमाको लुर्कना टल्कियो

जून लुक्यो लाजले 

आमाको लुर्कना झन् तेजिलो जून भन्दा

बादलले छोप्याे जूनलाई

जति जति रंग गएर सेतो हुँदै गयो लुर्कना 

त्यती त्याती हाम्री आमा उज्याली देखिदै गइन्।


देखिनु थाल्नु भयो हाम्री आमा हीरा जस्ती 

लगाएको त्यो बजारे लुर्कनालेनै

झन् सुनको लुर्कनना भए त!

बर्मामा रहेका मावलाका हजुरबाले

सुनको लुर्कना दिनु हुन्छ भन्नु हुन्थ्यौ आमा!

कसले बनाइदिने पासपोर्ट

कसले देला भीसा

यता हामी

बर्मामा मावला!

लु जा अन्तरे र कान्छा मावला!

कता वाट आवोस सुनको लुर्कना

हाई!हाम्री आमा!

मेरो माइती! मेरो माइती! भन्दै गइन् हाम्री आमा!

थिएन कुनै प्यावा पैसा आमाको।

जति जति रंग गएर सेतो हुँदै गयो त्यो बजारे लुर्कना 

त्यती त्यती हाम्री आमा उज्याली देखिदै गइन्।


पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, आसाम,भारत

२२/४/२३

कस्तो लाग्छ!कान्छा

 कस्तो लाग्छ!कान्छा!

****************

बिहानीको पहेँलो घाम देख्दा

कस्तो लाग्छ 

तँलाई कान्छा?

मलाई त 

आमाले लगाएको

निधारको गोलो सिन्दुर 

जस्तो पो लाग्छ।l!

आमा सधैँ घाम भन्दा उज्याली

हावा भन्दा तेज

जून भन्दा शीतल!


बिहानीको पहेँलो घाम देख्दा

कस्तो लाग्छ 

तँलाई कान्छा?

मलाई त 

आमाले लगाएको

निधारको गोलो सिन्दुर 

जस्तो पो लाग्छ।l!

*******

पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, आसाम

२८/१/२३


उदाएको सूर्य फोटो सौजन्य:श्रीमान वासुदेव उपाध्याय ढुंगाना

दिब्रुगड, आसाम

रिलेशनशिपमा छु भन्छ ।

 रिलेशनशिपमा छु भन्छ ।

********************

कान्छा!हाम्रो ठुले बैंगलोर गएको 

पाँच वर्ष भयो

आएको छैन

भैंशी बेचेर पो पढाएको उसलाई

पैसा साँचेको छु भन्छ

आइज बिहे गर भन्दा

म "रिलेशनशिपमा छु" भन्छ

क्या हो त्यो भनेको कान्छा!

बिहेको कुरा गर्यो त्यही पो भन्छ।


हरिभक्त बाले नातिनि दिन्छु भनेका छन्

राम्री छे मञ्जरी,सबै काम जान्दछे

गाउँकै सुबानी केटी

यतै आएर बिहे गरि 

घर गोठ सम्भाले राम्रो हुन्थ्यो

बिहेको कुरा गर्यो

"रिलेशनशिपमा छु" भन्छ

के भनेको होला त्यो!कान्छा!

सोध न कोही पढेको मान्छेलाई?

यो लठुवालाई एउटी झुण्डाईदिन सके

टन्टा साफ हुने थियो।


भोलि गोठमा खत्रीबा छोरा उक्कील कान्छा

आउने रे,

निकै अङ्ग्रेजी पढेका छन् उनी

सोध्नु त,त्यो भनेको क्या हो!

केही दुःखमा त परेन हौ हाम्रो ठुले?

कतै मुद्दा त लागेन हौ

सारै चिन्ता लाग्छ

आइज बिहे गर भन्यो

"रिलेशनशिपमा छु" भन्छ।


बाबु आमाको घिडघिडो नै छ

बुहारी नदेखी जाने परियो भनेर

भोलि सहर जा कान्छा!

दिदीलाई भनेर आइज

उसको कुरापो सुन्छ कि?

किन घर आउँदैन 

बिहे गर्न पटक्कै मान्दैन

संकटमा परेको त छैन हौ!

घर आइज ,बिहे गर भन्दा

"रिलेशनशिपमा छु "भन्छ।


पाँचै वर्षमा आफ्नो भाषा बिर्सेर

अङ्ग्रेजी शब्द प्रयोग गर्छ,नाथे!

के भनेको हो,स्पष्ट भन्नु नि

कस्लाई के भनेको हो,यो ठुलेले!

उमेर बित्न थाल्यो

बिहे गर भन्दा 

"रिलेशनशिपमा छु" भन्छ।

कस्तो दिनकाल देख्नु परेको

हैट!!

********

पुरूषोत्तम उपाध्याय दाहाल

मिरि छपडी गोठ

धौला सदिया , तिनसुकिया

हाल:गुवाहाटी,आसाम 

१७/४/२०२३

বিহু আহিলেই

 বিহু আহিলেই

বৰ মনত পৰে

আমাৰ বিগত দিনবোৰ

কিমান আত্মীয়তা আছিল

যেন একেখন ঘৰৰে আমি সকলো


বতাহে মৰম বিস্তাৰ কৰক

কচুপাতৰ পানীৰ দৰে জীৱন

প্ৰতিপল প্ৰতিদিন

আমাৰ স্পন্দন

কপৌফুল খোপাত

কিমান যে ধুনীয়া

নহয় নহয় তুমি প্ৰেমিকা

উগুল-থুগুল মনৰ

তুমি নেপথ্যৰ ঝংকাৰ ।

*******

পুৰুষোত্তম উপাধ্যায়

Today (World Poetry Day) विश्व कविता दिवस कवि र कविता (नेपाली)

 Today  (World Poetry Day) विश्व कविता दिवस

कवि र कविता (नेपाली)

***********

युद्ध विजय गर्न सक्छ कविताले

भुमण्डलमा गर्जिन सक्छ कविता

प्रेम प्रगाढ गर्न सक्छ कविताले

प्रकृति सँग कुरा गर्न सक्छ

राष्ट्रले कविको मर्ज्यादा गरे

राम राज्य बन्न सक्छ राष्ट्र

के गर्न सक्दैन कविताले!!!

हे कवि!हार्दिक प्रणाम।


पुरुषोत्तम उपाध्याय दाहाल

२१/३/२०२३


কবি আৰু কৱিতা (असमिया)

****************

যুদ্ধ জিকাব পাৰে কৱিতাই

ই ভূমণ্ডলত গৰ্জন আনিব পাৰে 

প্ৰেম প্ৰগাঢ় কৰিব পাৰে

কথা পাতিব পাৰে প্ৰকৃতিৰ স'তে

ৰাষ্ট্ৰই কবিৰ মৰ্যাদা জানিলে

নদন বদন হব পাৰে ৰাষ্ট্ৰ

কি কৰিব নোৱাৰে কৱিতাই!

হে কবি!প্ৰণাম তোমাক।

********

পুৰুষোত্তম উপাধ্যায় 

গুৱাহাটী

২১/৩/২০২৩

(आज विश्व कविता दिवसको उपलक्षमा सम्पूर्ण पाठक साथै

काव्यकार हरूलाई हार्दिक नमन।)

अङ्ग्रेजी***

Wars can be won

Earth can be shaken

Love expressed

Nature be spoken to

By a poem.

Poets can shape

The morals of a nation.

What can't a poem do?

O poet! Blessed are you!

Blessed is your poem!

*****"

(Translated to English by Dr.Vinay

 Upadhyay)

हिन्दी***

युद्ध जीता सकता है कविता

भूमण्डल में गर्जन ला सकता है कविता

प्रेम प्रगाढ़ कर सकता है कविता 

प्रकृति से संवाद कर सकता है कविता

राष्ट्र कविका मान रखे तो

राम राज्य होगा राष्ट्र

क्या कर नहीं सकता कविता!

हे कवि!तुझे प्रणाम

****

(हिन्दी अनुवाद श्री सुमित कश्यप)

Bengoli ***


যুদ্ধ বিজয় কৰতে পাৰে কৱিতা

ভূমণ্ডললে আন্দোলন কৰতে পাৰে কৱিতা

প্ৰেম প্ৰাগাঢ় কৰতে পাৰে কৱিতা

কথা বলতে পাৰে প্ৰকৃতিৰ সাথে

দেশ কবিৰ মৰ্যাদা জানলে

ফলবে ফুলবে ৰাষ্ট্ৰ

হে কবি!প্ৰণাম তোমাই।

(বাংলা অনুবাদ শ্ৰী কেশৱ দত্ত)

भेलेंनटाईन डे

 भेलेंनटाईन डे 

***********

माया गर्छु भनेर भन्नु पर्ने रे

उपहारले स्वागत गर्नु पर्ने रे!

डल्लीको  चुल्ठोमानै मक्ख परेर

बिर्खेले प्रेम याचना गरेको,भन्छिन् डल्ली!

आज भातमा एउटा कपाल भेट्दा 

रिसले आँखा देख्दैन बिर्खे,

डल्लीलाई अझै झलझली याद छ त्यो दिन

भेलेनटाइनमा बिर्खेले दामी गुलाव र उपहार दिएको

हुदैन होला देखावटी प्रेम सारै दिगो ,कान्छा!

भए त बेस नभए गुनासो अनेक।

आमा बाबु र आफन्तलाई नै

वधू हेर्न भन कान्छा!!

एकदिको कुरा पनि त हैन

प्रेम अनन्त हुनुपर्छ भन्छन्

प्रेम गर्न जानिएन कान्छा,के गर्छस्?

आमा बाबु र आफन्तलाई नै

वधू हेर्न भन कान्छा!!

टन्टा साफ।कि के कान्छा?


************

गोठालो अन्तरे (पुरुषोत्तम उपाध्याय दाहाल)

नागपुर,भारत।

१४/२/२३

जब सम्म हजुरबा हुनुहुथ्यो,तब सम्म वर पिपल सुरक्षित थिए

 जब सम्म हजुरबा हुनुहुथ्यो,तब सम्म वर पिपल सुरक्षित थिए

हजुरबा खसेपछि ,बुबाको पालोमा त्यसको हाँगा मात्रै चिमल्लिए 

मेरो पालोमा सेप भयो भनेर दुवै वर पिपलको डालनै काटिए

छोराको पालोमा दुवै रूखनै वैद्युततिक  आराले गर्लम्म ढालिए।

P

नातिहरूले त्यहाँ सुन्दर अट्टालिका बनाउन थाले


चराहरू रुख नपाएर कसैको घरैमा गुँड लाउन थाले 

बिरालोले घरको गुँडमा बच्चा सहजै पाउन चाल चाले

नानी केटा केटीहरू हिजोआज चरा चुरुंगी देख्न नै छाडे कान्छा!

सृष्टिको विनाश गर्ने मान्छेले सृष्टिकै गीत गाउन  थाले।


फागु

 फागु

****

बांँसको पिचकारी,

कराईको कालो मोसो,

दुधको तरमा मोलेर

फागु खेलोको,याद छ तिमीलाई?

तिमीले त चौलानी पानीलेनै काम चलाएउ,

म बयेरको ररूखमाथि चडेँथे,सकिनौ तिमीले छेप्न

पिचकारीले माथिबाट फ्याँकेथेँ गुलाबी रंग मैले

रुखमाथिबाट हेरि रहें तिमीलाई

तिम्रा दुई गाजलु नयनयुगल

सूर्य किरणमा टल्किएको

डन्डीफोर पाकेको गाला

तिमीले पनि हेरी रह्यौ मेरो दुई प्रेमील आँखा

कहाँ गए ति दिन र कहाँ छौ तिमी?

यादहरूले सारै सताउँछ कान्छी!

बाडुली लागेर मेरो याद आए ,

तलको नंबरमा फ़ोन गर ल!

चिनेउ मलाई ? म तिम्रो बाल्य सखा,

अन्तरे दाहाल

गोठालो अन्तरे!

गुरूबाको छोरो हौ।


(होली को पावन अवसरमा मङ्गलमयl शुभकामना सबैलाई)


पुरुषोत्तम उपाध्याय दाहाल

बोकापथार ,धौला

तिनसुकिया

७/३/२३

https://fb.watch/jmIEQuLN1U/

 https://fb.watch/jmIEQuLN1U/

धरतीको पुकार (पर्या कविता)

 धरतीको पुकार (पर्या कविता)

***********

कान्छा!

त्यहाँ एउटा ठुलो टापु थियो

तमाम जङ्गल, रूख र घाँस थियो

त्यो बीचमा मान्छे पस्न नसक्ने

एउटा डुबान थियो

बाघ, बनढाडे,उद बिरालो र

अनेकौ चरा चुरुंगीहरू थियो

सोल माछाको बथान थियो

पर पर गोले बा,बस्नेत दाइ

भगीरथ, भँगेरे बाहुन लगायत

लगभग सयवटा 

गाई र भैंसी गोठ थियो

तर केमेरा थिएन् हामीसँग

झुठो कथाहो भन्छन अहिले नानीहरू

नेताहरू

प्रमाण देखाउ भन्छन

के प्रमाण दिनु कान्छा!

देखने तँ र म।

एक्लो बृहस्पति झुठो!


अहिले गाउँ भएको छ त्यो टापु

हाम्रो गाईगोठ भएको ठाउँ

ठम्याउन सकिन मैले, कान्छा!

जङ्गल, डुबान, रूख सबै सखाप भए।


हाम्रो देश

हाम्रो धरती

हाम्रो पर्यावरण उन्नत भएको भनेर

विश्व बैंकले अनुदान पो दिँदै छ रे कान्छा!


हिजोआज मलाई निद्रा लाग्दैन, कान्छा!

हात्तीले ,बाघले मान्छे मारेको कथा

सधैँ सुनिन्छ।

उनीहरू बेघर भएको कथा

कस्लाई भन्नु, कसले भन्ने, कान्छा!

मान्छे विद्वान भएकै हो त,कान्छा!

****

पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी

१२/३/२३

ब्याज सयकडा पाँच ****************

 ब्याज सयकडा पाँच

****************

कान्छा!

गरिबी साथै बीमारी

एकैचोटी आए पछि

के उपाय लाग्दो रहेछ र हाई!

बाबुले सयकडा पाँच बियाजमा

घोरसाने महाजनवाट लिएको त्यो ऋण

ब्याज चुलीले गर्दा

कहिलेइ सकिएको थिएन त्यो रकम

न बीमार नै राम्रो भयो न ऋणनै सकियो

बाबु शोकले जानु भयो

आमा विधवा भइन्

न ब्याजदर नै कम भयो।

न दुःख कम्यो।

लैनो गाई गयो

आफ्नो भएको त्यो घडेरी पनि गयो

हलगोरु गयो 

हामी पनि आमासँगै मावोला बसाई सर्यौं 

उतै हुर्कियौ।

मावोलाको हजुरबा खसे पछि

फेरि आफत आयो

मामाको पनि दुःख दुःख नै थियो

म हरिभक्त महाजनको गोठमा गोठालो भएँ

तँ बलभद्र महाजनको घरमा हली भइस् 

हाम्रो राम्रो दिन आयो

निर्ब्याजी रकम दिए दुवै महाजनहरूले 

गाई भयो,घर भयो,बुहारी आए

आमा रमाईन

हरिभक्त र बलभद्र महाजन 

देवता तुल्य भए हाम्रो निम्ति।


आमा सँग बुबाको गयाश्राद्ध गर्न जाँदा

आमाले हरिभक्त र बलभद्र बालाई पनि

पिण्ड र तर्पण दिन लाउनु भयो।


सुन्दैछु!घोरसानेबाका छोराहरू सहरमा

अट्टालिकामा बस्छन रे

बा गाउँमा नै बस्छन रे!एक्लै

सुनिन्छ बाबु छोराको कुरा 

पटक्कै मिल्दैन रे।


कान्छा!

ब्याज सयकडा पाँच लिने

दुःखमा निर्ब्याजी रकम दिनेहरूलाई 

प्रभुले हेर्दा रहेछन भन्नु हुन्थ्यो आमा!

हो रछ है!

*****

***ब्याज सयकडा पाँच : सय रुपियाँको पाँच रुपियाँ

                                    प्रति महिना।६०% वार्षिक।

पुरुषोत्तम उपाध्याय दाहाल 

गुवाहाटी, आसाम

१५/३/२३

खै!प्रेमील कविता!!

 खै!प्रेमील कविता!!

*************


गोठमा, त्यो पनि औंसीको रात

एक्लै म 

थिइन् एउटी नेपथ्य प्रिया 

प्रेमील कविता कोर्ने प्रखर ईच्छा थियो

भगीरथको गोठमा गएर सबै गोठालाहरूलाई 

सुनाउने रहर

निकै टाढा थियो उसको गोठ!!

पल्लो टापुमा।


जुनकिरी वरिपरि,सुनसान रात

राँकेभूत पनि हुन्छ भन्छन

चुडेल प्रेमिकाको रूप धारण गरेर

आउँछन् भन्ने हल्ला छ गोठालाहरूमा 

खै के लेखौँ कविता!हैट! डरमर्दों छ रात।


भगीरथको भैंसीगोठ जाँदा

बाटोमा फेरि ठुलो पिपलको रुख

मसान र पिशाच बस्छन रे त्यहाँ!

रुख हल्लिन्छ रे राति

नाङ्ले भूत पनि बस्छ भन्छन

भूतको बाटो पनि काटेको रे ,गोले झाँक्रीले उहिले!


यस्तै छ हजुर!

मेरो प्रेम 

प्रेमील कविता!!!


पुरुषोत्तम उपाध्याय दाहाल

मिरिछपडी

८/१/२०२३

आज बोले भैरव

 आज बोले भैरव

*************

आज बोले भैरव

मैले सोधें ,कस्तो छ खबर?

सुटुक्क भने सबैले

"हामीलाई एकछाक खान

न्यानो मायाँ भए हुन्छ

उमेरमा हामीलाई खुब मायाँ गर्ने

प्रहरी भन्ने!

बुढो भएपछि बाटामा लगेर छोड्ने 

मानव जस्तो तमाम 

असीमित ईच्छा र सपना

छैन हाम्रो!!!"

म केही खाने बस्तु दिएर

फर्किएँ, सेल्टर वाट ,किनकि!!

मेरो तमाम अपुरो सपना पुरा गर्ने हतार छ।

*******

पुरुषोत्तम उपाध्याय दाहाल

"अभिनव प्रयास" सेल्टर होम

चन्द्रपुर ,गुवाहाटी, आसाम

१५/१/२०२२

गोठालाको शरीरको

 गोठालाको  शरीरको विक्षिप्त पसिना

वास्पित हुन्छ प्रतेक सूर्यको तापमा!

गोबरमा मिथेन हुन्छ रे!

जब सूर्यको किरण गोबर छोएर

गोठालाको शरीर छुन्छ

गोठालो झन् शक्तिशाली बन्छ।


पुरुषोत्तम उपाध्याय दाहाल

२७/१/२३

कस्तो लाग्छ!कान्छा!

 कस्तो लाग्छ!कान्छा!

****************

बिहानीको पहेँलो घाम देख्दा

कस्तो लाग्छ 

तँलाई कान्छा?

मलाई त 

आमाले लगाएको

निधारको गोलो सिन्दुर 

जस्तो पो लाग्छ।l!

आमा सधैँ घाम भन्दा उज्याली

हावा भन्दा तेज

जून भन्दा शीतल!


बिहानीको पहेँलो घाम देख्दा

कस्तो लाग्छ 

तँलाई कान्छा?

मलाई त 

आमाले लगाएको

निधारको गोलो सिन्दुर 

जस्तो पो लाग्छ।l!

*******

पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, आसाम

२८/१/२३


उदाएको सूर्य फोटो सौजन्य:श्रीमान वासुदेव उपाध्याय ढुंगाना

दिब्रुगड, आसाम

भेलेंनटाईन डे

 भेलेंनटाईन डे 

***********

माया गर्छु भनेर भन्नु पर्ने रे

उपहारले स्वागत गर्नु पर्ने रे!

डल्लीको  चुल्ठोमानै मक्ख परेर

बिर्खेले प्रेम याचना गरेको,भन्छिन् डल्ली!

आज भातमा एउटा कपाल भेट्दा 

रिसले आँखा देख्दैन बिर्खे,

डल्लीलाई अझै झलझली याद छ त्यो दिन

भेलेनटाइनमा बिर्खेले दामी गुलाव र उपहार दिएको

हुदैन होला देखावटी प्रेम सारै दिगो ,कान्छा!

भए त बेस नभए गुनासो अनेक।

आमा बाबु र आफन्तलाई नै

वधू हेर्न भन कान्छा!!

एकदिको कुरा पनि त हैन

प्रेम अनन्त हुनुपर्छ भन्छन्

प्रेम गर्न जानिएन कान्छा,के गर्छस्?

आमा बाबु र आफन्तलाई नै

वधू हेर्न भन कान्छा!!

टन्टा साफ।कि के कान्छा?


************

गोठालो अन्तरे (पुरुषोत्तम उपाध्याय दाहाल)

नागपुर,भारत।

१४/२/२३

आनन्द

 आनन्द

******

कान्छा!

भर्खर खुलाल साइँला डाक्टरवाट

अवसादको औसघी लिएर आएको छ

निद्रा छैन रे निकै दिनवाट

मन लाग्दैन रे काम गर्न

संसार क्षणिक जस्तो लाग्छ रे

जगत मिथ्या जस्तो लाग्छ भन्छ ऊ

सारै दुब्लो पनि भएको छ ऊ।


घर फर्किंदा देख्छ ऊ मस्त सुतेको यो भैरवलाई

न खानाको टुंगो

न सुत्नको

"बाटाको कुकुर "भन्छन सबै उसलाई

तर ऊ मग्न छ निद्रामा

शरीर पनि पुष्ट छ उसको

मन प्रसन्न देखिन्छ

सोध्न खोज्छ आनन्दको सुत्र उसलाई

बोल्दैन भैरव, मौन छ ऊ!


जिन्दगी जिउने पनि कला पो रहेछ कान्छा!

एउटै बस्तु रहेछ आफ्नो स्वामित्वमा

यस्तै ठान्छ खुलाल साइँला अहिले

दर्हो पार्छ ऊ त्यो वस्तु

आनन्दमा छ अहिले ऊ

"मनलाई" एकाग्र पार्नु पर्दो रहेछ कान्छा!

मन र शरीरको

युगलबन्दीमा

रमाएको छ ऊ आज !

आनन्दै आनन्द छ अहिले।

*******

पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी आसाम

१९/२/२३

चुरा र आमा

 संगीत दिएर सुमधुर पारिदिने प्रकाश बुढाथोकी भाइलाई हार्दिक आभार।


चुरा र आमा

*********

कान्छा!तँलाई थाहा छ!

सानोमा एकदिन आमाले

तँलाई र मलाई हटिया लिएर जानु भएको!

काँचको चुरा किन्न।


बुबा हुनुहुन्थेन घरमा

सुटुक्क जानु भएको

फर्सी र खसी बेचेको पैसाले

रातो, नीलो चुरा हातभरी लगाएर

हामीलाई पापा खुवाएर

फर्किनु भएको।

बुबालाई नभन्नु भन्नु हुन्थ्यो!


बेलुकी चुराको आवाजले धर रमाएको

बुबाले थाहा पाउनु भयो

कसले पैसा दिएर गईस ?

को सँग गईस भन्दा,हामी रोएको

आमा रुनु भएको याद पो आयो,कान्छा!

तँ सानो थिईस,याद छ?


हाई! हाम्री आमा!

कस्तो थियो जमाना

आमाहरू न कतै जानु, न कतै रमाउनु

मात्र घर रुँगेर बस्नु!

कान्छा!तँलाई थाहा छ!

सानोमा एकदिन आमाले

तँलाई र मलाई हटिया लिएर जानु भएको!

काँचको चुरा किन्न।


रहर नै रहर थियो आमाको चुरा लाउने

छ छ भाइ छोरा र एउटी छोरी हुँदा पनि

आमा पराधीन नै हुनुहुन्थ्यो

पाखुरा दर्हो थिए हाम्री आमाको

बाख्रा र साग सब्जीको आम्दानी

किन नरूचेको होला बुबालाई!

कान्छा!तँलाई थाहा छ!

सानोमा एकदिन आमाले

तँलाई र मलाई हटिया लिएर जानु भएको!

काँचको चुरा किन्न।


कसैले सक्ला बोलाउन

दिवङ्गत मेरी आमालाई!

म चुरा किनिदिने थिएँ

लगाई दिने थिएँ

रमाउने थिएँ।

फर्किने थिएँ विगतमा

बुबालाई सोध्ने थिएँ!

किन जानु दिन हुन्थेन आमालाई!

कान्छा!तँलाई थाहा छ!

सानोमा एकदिन आमाले

तँलाई र मलाई हटिया लिएर जानु भएको!

काँचको चुरा किन्न!


पोते,चुरा,सिन्दुर र रातो साडी लिएर

मन्दिर जाउँ हिँड कान्छा!

चढाई दिउँ देवीको मन्दिरमा

रमाउँ केही बेर

अनन्त भावना,अनन्त कथा

कसलाई भन्नु ,कहाँ लेख्नु कान्छा!


कान्छा!तँलाई थाहा छ!

सानोमा एकदिन आमाले

तँलाई र मलाई हटिया लिएर जानु भएको!

काँचको चुरा किन्न!


पुरुषोत्तम उपाध्याय दाहाल

नागपुर,भारत

१५/२/२०२३

युद्ध

 युद्ध

****

हाम्रो बाबुले, बर्मामा 

दोस्रो विश्वयुद्धको परिणाम भोगेको र देखेको

किंवदन्ती नभएर सत्य कथा

प्रतक्ष्य बोलेको छ

प्रत्येक हरफमा।


सबै बिथोलिन्छ प्रभु!

प्रकितिको पुकार,मानवको पीडा

दुईटा विश्वयुद्धमा देखि सकेको छु मैले हजुर!

भन्नु हुन्थ्यो बुबा!


किन आतुर हजुरहरू?

सम्झेर रुनु हुन्थ्यो बुबा!

अहिले पनि हाम्रा आफन्त

विछोडिएका नै छन् 

युद्धको परिणामले।


हे राष्ट्रप्रधानहरू! समय छ

नहुत्तियाउ बम्,नगर युद्ध

बरु लाप्पा खेल बिना बारुदको

अर्को हिरोसिमा र नागासाकी

नबनाऊ हजुर!

भयो युद्ध चाहिँदैन

युद्ध चाहिँदैन!

नाङ्गो ज्व्यान जोगाएर 

मैनाभर पैदल हिंडेर

जयामय लेखपानी आए जस्तै

आएको हुँ

भन्नु हुन्थ्यो बुबा।

भयो युद्ध चाहिँदैन।


पुरूषोत्तम उपाध्याय दाहाल

२/३/२२

फागु

 फागु

****

बांँसको पिचकारी,

कराईको कालो मोसो,

दुधको तरमा मोलेर

फागु खेलोको,याद छ तिमीलाई?

तिमीले त चौलानी पानीलेनै काम चलाएउ,

म बयेरको ररूखमाथि चडेँथे,सकिनौ तिमीले छेप्न

पिचकारीले माथिबाट फ्याँकेथेँ गुलाबी रंग मैले

रुखमाथिबाट हेरि रहें तिमीलाई

तिम्रा दुई गाजलु नयनयुगल

सूर्य किरणमा टल्किएको

डन्डीफोर पाकेको गाला

तिमीले पनि हेरी रह्यौ मेरो दुई प्रेमील आँखा

कहाँ गए ति दिन र कहाँ छौ तिमी?

यादहरूले सारै सताउँछ कान्छी!

बाडुली लागेर मेरो याद आए ,

तलको नंबरमा फ़ोन गर ल!

चिनेउ मलाई ? म तिम्रो बाल्य सखा,

अन्तरे दाहाल

गोठालो अन्तरे!

गुरूबाको छोरो हौ।


(होली को पावन अवसरमा मङ्गलमयl शुभकामना सबैलाई)


पुरुषोत्तम उपाध्याय दाहाल

बोकापथार ,धौला

तिनसुकिया

७/३/२३

नारी दिवस

 नारी दिवस

*********

कुनै दिवसनै नजान्ने हाम्री आमा

आधाकोरी छोराछोरी हुरकाउँदा हुकाउँदै

समय र अनुमति नै नपाउने

माइत जान र घुम्न।


एकदिन बाबुले माइत जान

अनुमति दिँदा

टाढा रहेको त्यो माइती

लगभग मैना दिन बसेर

आउँदाको खुसी र मुस्कानको मुहार

अहिले एक थुप्रो दिएको

त्यो फूलको गुच्छा भरी शुभकामना

साथै हिजोआज श्रीमानले दिएको एटीएम कार्ड भन्दा

हजारौ गुणा

भव्य हुन्थ्यो

केही दिन मुक्त हुन पाउँदा।

कठै! मेरी दिवङ्गत आमा!


(अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना साथै नारी शक्तिलाई नमन्।


पुरुषोत्तम उपाध्याय दाहाल

८/३/२३

गोठाले आँखाको भाका

 गोठाले  आँखाको भाका 

*******************

आँखाले आँखालाई हेरे पछि

आँखाको भाखा बुझ्छन् कान्छा र अन्तरे ।

कसैको प्रेमील आँखा

कसैको मासुम आँखा

कसैका रातो आँखा

कसैको पिलपिल आँखा

आँखाले आँखालाई हेरे पछि

आँखाको भाका बुझ्छन् कान्छा र अन्तरे ।


आँखाको आँसु निकै रित्याएको छन्

दुई दाजु भाइले

तर

झर्न दिएको छैनन् आँसु भुइँमा 

आफैं बोक्ने भएका छन् आफ्नो भार

धरतीलाई किन बोझ बोक्न दिनु ,भन्छ कान्छा!

आँखाले आँखालाई हेरे पछि

आँखाको भाका बुझ्छन् कान्छा र अन्तरे ।


उनीकोहरूको प्रेमील आँखा

कहिलेई जुधेनन कठै! हामीमा  

कसैले भन्छन गोठाले आँखा

कसैले भन्छन निस्तेज आँखा

बेनाम र बेकामे भएको छ हाम्रो आँखा यो बजारमा कान्छा!

नाम नै नाम कमाउने त धनीको मात्रै आँखा!

बरै!हाम्रो फुस्रे आँखा।तथाकथित डेढे आँखा 

कठै!हाम्रो रुखो आँखा?

आँखाले आँखालाई हेरे पछि

आँखाको भाका बुझ्छन् कान्छा र अन्तरे ।


गाई र बाछा भोकाएको देखने यी हाम्रा आँखा!

डाले घाँस परैबाट देखने यी हाम्रा गोठाले आँखा

अरूको दुःख देख्न नसक्ने यी दुई आँखा

डढेको भात र माम्रीलाई पुष्ट देख्छ यी आँखा

दूर दूर सम्म देखने यी आँखाले 

भेटेनन् कुनै प्रेमील आँखा

चिम्रे आँखा पो भन्छन कोही कोही त, हैट!

दूरबिन झैँ यी हाम्रो आँखा

बुझेनन् कसैले हाम्रो आँखाको भाका!


आँखाले आँखालाई हेरे पछि

आँखाको भाका बुझ्छन् कान्छा र अन्तरे ।


पुरुषोत्तम उपाध्याय दाहाल

मिरिछपडी

धौला

25/12/2

फेसबुकको बिहे

 फेसबुकको बिहे

***********

उनी नदी पारि

ऊ नदी वारी

चिनजान फेसबुकमा

मित्रता सारै गहन भयो

यसले भन्न्यो ,तिमी नदी वारी आउ

उनीले भनिन् ,आउँछु

ऊ ,मोटर साइकल लिएर गयो

उनी, डुङ्गामा वारी आइन्

ल्यायो यसले आफ्नो भित्रि त्यो गाउँमा

बाइकमा चडाएर

छक्क परे सबै,को हो उनी भने!!!

बुहारी ल्याएँ भन्यो ।

कुटुम्ब हो कि हैन भन्दा फेसबुकमा प्रफाइल हेरेको भन्यो

गोत्र ,थर र मावली बारेर ल्याएको भन्यो।

गरिदिए टिको टालो।

न जन्तनै जानु पर्यो

न भत्खौरुले दुःख पाए

न सिलोके, न जनैसुपारी, न कुनै  पत्र लाउने

न कुनै बाजा, न कुनै जन्ते बाख्रो 

खाँड़ो जगाउने बलबहादुर सारै दुःखित भए।

सिलिके हाँक्ने खत्री माइलो सारै रिसायो

हजुरबा,आमै बाबु र आमा सारै निस्ताए

ठिटा केटाकेटीहरू खुब रमाए

मोर्डन बिहे, छोटोमिठो भने

न हनिमुन न दुरान फर्काईको टन्टा


आधुनिक बिहे सकियो।

बहूभतेर पनि खुवाउन परेन

आज बिहानै हिजोको बेहुला बेहुली

उखु गोड्न उखु बारीतिर लागे।

बाबु गोरु नारेर खेततिर लागे

हजुरबुबा लौरो लिएर गोठतर्फ लागे

मावली र आफन्तहरू नबोल्ने भए।

सानो दस वर्षको भतिजाले

काकाले काकी ल्याउनु भयो भनेर

सारा गाउँ फुक्यो

आमाले हप्काईन,मानेन ऊ

कसैले त, कस्ती केटी कमसेकम 

हातमा मेहंदी लगाएर त भाग्नु पर्थ्यो भने

गाउँ प्रमुख आएर 

जमाना नयाँ आयो है बलभद्र बा भन्दै

दुध नहालेको रातो चिया खाएर फर्किए।


पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी

५/१२/२०२२

माम्री र दुध,मही र मकै खाएको मजानै अर्को

 माम्री र दुध,मही र मकै खाएको मजानै अर्को

*********************************

माम्री र दुध,मही र मकै खाएको मजानै अर्को

"अल्छे ले पो माम्रीभात खान्छ"

भन्नु हुन्थ्यो आमा

अल्छेनै सही

माम्री र दुध मही र मकै खाएको  मजानै अर्को


धिउमा भुटेका फर्सीको मुन्टा

गुन्द्रुक र सिन्कीको अचार

गोलभेडाँको चटनी

तामाको आचार

तिलको अचार र सेलरोटी जति खाए पनि

माम्री र दुध मही र मकै खाएको मजानै अर्को।


सोल्लर र पाकेको फर्सीको स्वाद

ह्वाम्म ह्वाम्म खान्थ्यो अन्तरे

"भोक मिठो कि भोजन मिठो"

भन्नु हुन्थ्यो हजुरबुबा

मासको दालमा अदुवा हालेको

तर जति जे भने पनि

माम्री र दुध,मही र मकै खाएको मजानै अर्को।


आज धिउ खारेको दिन

नौनी धिउ र खारेको घिउ 

रोजेर खान पाइन्छ यता

तर बाछालाई डाले घाँस काट्न पर्छ नि?

घिउ र भात जति खाए पनि

माम्री र दुध,मही र मकै खाएको मजानै अर्को।


ढकने पाक्यो लौ

टन्न खाएर बाख्रा चराउन जान्छ कान्छो

दिनभरि भोकनै लाग्दैन अब

अलिकति चिउरा पनि लिएर जान्छ

दही चिउरा जति खाए पनि

माम्री र दुध,मोही र मकै खाएको मजानै अर्को।


आँप र मुलाको थेबे,रायको साग,निगुरो र बेतको टुसाको

स्वादनै अर्को

तिता फूलको अचार

भेकुर गुटिको चटनी

औटेँगाको झोल जति खाए पनि

माम्री र दुध,मही र मकै खाएको मजानै अर्को।


मकै मात्रै खाएर जिउँदो रहेको उदाहरण छ गोर्खालीको

काम गर्छ,गरेर खान्छ,माग्दैन भिक्षा

जंगलमा पाउने नानाथरी खान जान्दछ ऊ

थोरैमा रमाउँछ ,सबैको प्यारो बन्छ

जिउने कला तमाम जान्दछ 

थोरै खान्छ,घेरै गर्छ

माम्री र दुध, मही र मकै खाएको मजानै अर्को।


 


पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी , आसाम

10/11/22


तिता फूल:आसाममा खाने चलन भएको एउटा बोटको रातो  फूल।अलिक तिती हुन्छ

बेतको टुसा:यता पाइने बेतको टुसा तितो तर सारै मिठो।पोलेर र भुटेर खाइन्छ।

औटेंगा: ठुलो रुखमा फल्ने गोलो आकृतिको अमिलो/टर्रो 

स्वादको।

भेकुर गुटी:स्यानो गोल मरिच भन्दा अलिक ठुलो।सारै तितो

           (  पूर्व आसाममा)अचार खाइन्छ ।