भेलेंनटाईन डे
***********
माया गर्छु भनेर भन्नु पर्ने रे
उपहारले स्वागत गर्नु पर्ने रे!
डल्लीको चुल्ठोमानै मक्ख परेर
बिर्खेले प्रेम याचना गरेको,भन्छिन् डल्ली!
आज भातमा एउटा कपाल भेट्दा
रिसले आँखा देख्दैन बिर्खे,
डल्लीलाई अझै झलझली याद छ त्यो दिन
भेलेनटाइनमा बिर्खेले दामी गुलाव र उपहार दिएको
हुदैन होला देखावटी प्रेम सारै दिगो ,कान्छा!
भए त बेस नभए गुनासो अनेक।
आमा बाबु र आफन्तलाई नै
वधू हेर्न भन कान्छा!!
एकदिको कुरा पनि त हैन
प्रेम अनन्त हुनुपर्छ भन्छन्
प्रेम गर्न जानिएन कान्छा,के गर्छस्?
आमा बाबु र आफन्तलाई नै
वधू हेर्न भन कान्छा!!
टन्टा साफ।कि के कान्छा?
************
गोठालो अन्तरे (पुरुषोत्तम उपाध्याय दाहाल)
नागपुर,भारत।
१४/२/२३