मे डे

 मे डे

****

हाम्री आमाले जीवनभर

श्रमिक जस्तै भएर

हामीलाई हुर्किईन

सेवा गरिन् 

अहरह अतिथी आप्यायण गरिन्

मूल्य दिएनन त्यो समयमा

कतिहो कति भनाइ खाइन् !


दिदीले आफैं नपढी

भाइबैनी हेर्न 

जीवन उत्सर्ग गरिन्

बुझेन राष्ट्रले र जनताले

मूल्य विहिन भइन् हाम्री दिदी!


साइँलो दाजु अरूको गोठमा बसे

घर चल्यो त्यही कमाईले

पढ्न पाएन उसले

बिहे भएन उसको

बुढो भयो ऊ

राखेनन् गोठमा!


कुन श्रमिकको कुरा गरेको हजुर!

यो बिथोलिएको घरको

या

मजदुरहरूको!!!

आज छुट्टी छ रे सबै कार्यालय

सम्झिन्छु

आमा

दिदी

साइँलो दाइ

बस त्यति।

****

पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी

1/5/2023