लुकाउ सरकार लुकाउ!
ठुलो नोट लुकाउ
********
कान्छा!
सुनिस् नि दुई हजारको नोट
अब फेरि बन्द हुन्छ रे!
कति राम्रो है!
गोठमा बसेको बीस वर्ष भयो
सयको नोट सम्म चै छुन र देख्न पाइयो!
माजनले एकदिन हामीलाई
"दुई हजारको नोट यस्तो हुन्छ केटाहो"
भनेर देखाएको तर छुन नदिएको
याद छ कान्छा!!!!
यो नोट पनि कति
कुक्कु हा गरेर लुकामारी खेलेको है!
कान्छा!हिजो रेडियोमा
देशको विकास
कालो धन निर्मुल
राम्राे अर्थ व्यवस्था
प्रगति र समृद्धिको निम्ति
यस्तो गरेको भन्यो है
के भनेको त्यो?
केही बुझिएन!
गोबर गणेशपो भइयो,हैट!गोठमा बसेर
सुनिस् कान्छा!हाम्रो माजनकोनि
थुप्रै दुई हजार टक्के नोट छन् रे
हाम्रो पाउने रकम दिँदैनन्
पाउने पैसा माग्दा--
"लोखर्के जस्थो स्यानो भएर आएको थिईस्
अहिले सुँगुर जस्तै पहलमान भइस्"भन्छन
भेटे मज्जा!गज्जब भयो है!
गोठालालाई दुई छाक खान
एकसरो लाउन पाए भयो अब
टन्टा साफ
कि के कान्छा?
लुकाउ सरकार लुकाउ!
ठुलो नोट लुकाउ!
******
पुरूषोत्तम उपाध्याय दाहाल
मिरि छपडी
धौला- सदिया
आसाम
२१/५/२०२३