हल्ला चलेको छ

 हल्ला चलेको छ

*************

कान्छा!

उसको नाउँ थाहा पाइस?

जतापनि लाने

कहिले हँसाउने

कहिले रुवाउने

मालामाल पनि बनाउने

निमिट्यान्न पनि पार्ने

कहिलेकाँही राँगा जुधेझैँ जुधाउने

भेडा जस्तै एकोहोरो पनि पार्ने

लुतेलाई वीरे

वीरेलाई लुते बनाउने

प्रेम बहादुरलाई स्वर्ग बहादुर बनाउने

गोठालालाई माजन

माजनलाई गोठाला बनाउने

चोरलाई स्वामीजी 

स्वामीलाई डाका बनाउने

कुरा बुझिस् नि कान्छा!

ज्यादा नबोलौं होला

गोठाला जान्ने भए भन्लान्

झिरिप हुन्छ दुनियाँ भन्लान्

बोल्नै नहुने भयो गरीबले! हैट!

पाखुरा दर्हो छ गर्नेको

दल्न सम्म दले

दोहोलो पारे

तर

काम लगाउने रोगी भए

काम गर्ने निरोगी पो भए

परिस्थिति र समयले मीत लगाएको 

खबर आएको छ कान्छा!

थाहा पाईस नि?

को राम्रो ,बलियो भरपर्दो 

कर्म कि भाग्य!हैट!

बोलीसक्नु छैन!

गोठमा पाडा भित्राएर जूनलाई हेरेर सुत कान्छा!

पर्खी, बिहानीको घामलाई

अर्का हरिभक्त कटुवाल

कविता कोर्न

हर्के, वीरे,रामे ,चामे लिएर

मर्तमा जन्म लिएको

हल्ला चलेको छ!

बस् त्यति।

*******

अन्तरे दाहाल

मिरीछपडी

२६/६/२३