गोठाले आँखाको भाका

 गोठाले  आँखाको भाका 

*******************

आँखाले आँखालाई हेरे पछि

आँखाको भाखा बुझ्छन् कान्छा र अन्तरे ।

कसैको प्रेमील आँखा

कसैको मासुम आँखा

कसैका रातो आँखा

कसैको पिलपिल आँखा

आँखाले आँखालाई हेरे पछि

आँखाको भाका बुझ्छन् कान्छा र अन्तरे ।


आँखाको आँसु निकै रित्याएको छन्

दुई दाजु भाइले

तर

झर्न दिएको छैनन् आँसु भुइँमा 

आफैं बोक्ने भएका छन् आफ्नो भार

धरतीलाई किन बोझ बोक्न दिनु ,भन्छ कान्छा!

आँखाले आँखालाई हेरे पछि

आँखाको भाका बुझ्छन् कान्छा र अन्तरे ।


उनीकोहरूको प्रेमील आँखा

कहिलेई जुधेनन कठै! हामीमा  

कसैले भन्छन गोठाले आँखा

कसैले भन्छन निस्तेज आँखा

बेनाम र बेकामे भएको छ हाम्रो आँखा यो बजारमा कान्छा!

नाम नै नाम कमाउने त धनीको मात्रै आँखा!

बरै!हाम्रो फुस्रे आँखा।तथाकथित डेढे आँखा 

कठै!हाम्रो रुखो आँखा?

आँखाले आँखालाई हेरे पछि

आँखाको भाका बुझ्छन् कान्छा र अन्तरे ।


गाई र बाछा भोकाएको देखने यी हाम्रा आँखा!

डाले घाँस परैबाट देखने यी हाम्रा गोठाले आँखा

अरूको दुःख देख्न नसक्ने यी दुई आँखा

डढेको भात र माम्रीलाई पुष्ट देख्छ यी आँखा

दूर दूर सम्म देखने यी आँखाले 

भेटेनन् कुनै प्रेमील आँखा

चिम्रे आँखा पो भन्छन कोही कोही त, हैट!

दूरबिन झैँ यी हाम्रो आँखा

बुझेनन् कसैले हाम्रो आँखाको भाका!


आँखाले आँखालाई हेरे पछि

आँखाको भाका बुझ्छन् कान्छा र अन्तरे ।


पुरुषोत्तम उपाध्याय दाहाल

मिरिछपडी

धौला

25/12/2