खै!प्रेमील कविता!!
*************
गोठमा, त्यो पनि औंसीको रात
एक्लै म
थिइन् एउटी नेपथ्य प्रिया
प्रेमील कविता कोर्ने प्रखर ईच्छा थियो
भगीरथको गोठमा गएर सबै गोठालाहरूलाई
सुनाउने रहर
निकै टाढा थियो उसको गोठ!!
पल्लो टापुमा।
जुनकिरी वरिपरि,सुनसान रात
राँकेभूत पनि हुन्छ भन्छन
चुडेल प्रेमिकाको रूप धारण गरेर
आउँछन् भन्ने हल्ला छ गोठालाहरूमा
खै के लेखौँ कविता!हैट! डरमर्दों छ रात।
भगीरथको भैंसीगोठ जाँदा
बाटोमा फेरि ठुलो पिपलको रुख
मसान र पिशाच बस्छन रे त्यहाँ!
रुख हल्लिन्छ रे राति
नाङ्ले भूत पनि बस्छ भन्छन
भूतको बाटो पनि काटेको रे ,गोले झाँक्रीले उहिले!
यस्तै छ हजुर!
मेरो प्रेम
र
प्रेमील कविता!!!
पुरुषोत्तम उपाध्याय दाहाल
मिरिछपडी
८/१/२०२३