हजुर सन्चै हुनुहुन्छ? (शब्द ब्रह्म)

 हजुर सन्चै हुनुहुन्छ?

   (शब्द ब्रह्म)

*************

बनारसको मणिकर्णिका घाटमा

दिनरात अखण्ड जलिरहने लासहरू

देखेर आएपछि

हरिभक्त बाबैले गोठै बेचेर 

गरीबको सेवामा जीवन अर्पण गरे


हो,जीवन क्षणिक हो

सबैलाई थाहा छ

तर

सबैले भुल्ने गर्छन

अजम्बरी ठान्छन् आफैंलाई


शब्द ब्रह्म हो

राम्रो शब्दको प्रयोगले

मानिसको जीवन शैलीनै परिवर्तन हुन सक्छ

योगात्मक सोच ल्याउन सक्छ

निरोगी बनाउन सक्छ

न खर्च नै गर्नु पर्छ, न भारी नै बोक्नु पर्छ

भेट गरेर होस

या

दूरभाषमा होस

बस् भनिदिए भयो

सोधीदिए भयो

प्रभुले शब्दज्ञान र बोली दिएको--

फगत प्राणी मानिस मात्रै त छ सृष्टिमा

हजुर सन्चै हुनुहुन्छ ? भनिदिनु भयो।

धन्यवाद।

हजुर!अब पूर्ण सन्चो हुन्छु भनिठान्छ ऊ 

किनकि

शब्द ब्रह्म हो।

********

पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, असम

२५/७/२०२३