आनन्द
******
कान्छा!
भर्खर खुलाल साइँला डाक्टरवाट
अवसादको औसघी लिएर आएको छ
निद्रा छैन रे निकै दिनवाट
मन लाग्दैन रे काम गर्न
संसार क्षणिक जस्तो लाग्छ रे
जगत मिथ्या जस्तो लाग्छ भन्छ ऊ
सारै दुब्लो पनि भएको छ ऊ।
घर फर्किंदा देख्छ ऊ मस्त सुतेको यो भैरवलाई
न खानाको टुंगो
न सुत्नको
"बाटाको कुकुर "भन्छन सबै उसलाई
तर ऊ मग्न छ निद्रामा
शरीर पनि पुष्ट छ उसको
मन प्रसन्न देखिन्छ
सोध्न खोज्छ आनन्दको सुत्र उसलाई
बोल्दैन भैरव, मौन छ ऊ!
जिन्दगी जिउने पनि कला पो रहेछ कान्छा!
एउटै बस्तु रहेछ आफ्नो स्वामित्वमा
यस्तै ठान्छ खुलाल साइँला अहिले
दर्हो पार्छ ऊ त्यो वस्तु
आनन्दमा छ अहिले ऊ
"मनलाई" एकाग्र पार्नु पर्दो रहेछ कान्छा!
मन र शरीरको
युगलबन्दीमा
रमाएको छ ऊ आज !
आनन्दै आनन्द छ अहिले।
*******
पुरुषोत्तम उपाध्याय दाहाल
गुवाहाटी आसाम
१९/२/२३