युद्ध

 युद्ध

****

हाम्रो बाबुले, बर्मामा 

दोस्रो विश्वयुद्धको परिणाम भोगेको र देखेको

किंवदन्ती नभएर सत्य कथा

प्रतक्ष्य बोलेको छ

प्रत्येक हरफमा।


सबै बिथोलिन्छ प्रभु!

प्रकितिको पुकार,मानवको पीडा

दुईटा विश्वयुद्धमा देखि सकेको छु मैले हजुर!

भन्नु हुन्थ्यो बुबा!


किन आतुर हजुरहरू?

सम्झेर रुनु हुन्थ्यो बुबा!

अहिले पनि हाम्रा आफन्त

विछोडिएका नै छन् 

युद्धको परिणामले।


हे राष्ट्रप्रधानहरू! समय छ

नहुत्तियाउ बम्,नगर युद्ध

बरु लाप्पा खेल बिना बारुदको

अर्को हिरोसिमा र नागासाकी

नबनाऊ हजुर!

भयो युद्ध चाहिँदैन

युद्ध चाहिँदैन!

नाङ्गो ज्व्यान जोगाएर 

मैनाभर पैदल हिंडेर

जयामय लेखपानी आए जस्तै

आएको हुँ

भन्नु हुन्थ्यो बुबा।

भयो युद्ध चाहिँदैन।


पुरूषोत्तम उपाध्याय दाहाल

२/३/२२