धर्मपत्नी

म आभार व्यक्त गर्न चाहन्छु उनिहरुलाई
मानौं एउटा पृथ्वी को भार उनिहरूमा
वाराहा ले धरती थामे झैँ
माइत छोरेड आए वाट नै कम्बर कसी
गोत्र र थर तिलाञ्जली दी कर्मठ उनिहरू।

म सँधै लगाउने पेन्ट को पछि को जेब मा
केही रकम जानेर राखि दिन्छु
कपडा धुँदा उनि भेटेर थन्काउँछिन सायद
भन्दिन्नन मलाई, किन्दिन्नन  कुनै चुरा र अत्तर
एकदिन म कार्यालय जाने बेलामा भन्छिन
"अलिकति रकम छ हजुरको खाता राख्नु ल?
कहाँ भेटेऊ त रकम?थियो मसँग भन्छिन्
म रकम लिएर त जान्छु तर भित्रि मन रुँन्छ
कति विशाल हृदय ?
माइत मा भाई ,आमा ,भदा र  बैनी हरुलाई
केहि दिनु परे आग्रह गर्छिन मलाई
मेरो भित्रि मन भकालिन्छ,सर्वस्व छोडेर आएकी उनि।
उनिले प्रत्येक दिन गरेको कर्म को हिसाब
जीडीपी को मापदण्ड मा पनि  आउँदैन
छक्क पर्नु कस्तो यो देश को अर्थिक आँकलन?

देखिँदैन घरको खुजुरे काम
नानीहरू,सासु ,ससुरा देवर ,जेठाजु, आमाजु, नन्द
सबैको ख्याल राख्नु पर्ने,चार हात 'भए पनि त हुन्थ्यो?
विवाह,पूजा, दुना- टपरी ,जन्मदिन,दुःख बीमार
सबै आलिङ्गन गर्छिन उनि हाँसी हाँसी
शरीर मा आइरन र केल्सियमहरु को कमी
कतई महसुस गर्दिनन् उनी
नाति नातिना ल्याई दिनु पर्ने फेरि घर परिवार मा हरे!

निकै दिन भयो माइत नगएको
आमा बिरामी, हेरेर आउने मन 
यता छोरी को जाँच र पढाई
फोनै मा रुन्छन् आमा छोरी
कसैले सुन्ने र देख्ने डर, हृदयभरि वेदना।

आज छत मा जेतुका लगाएर बसेकि छिन उनि
माइत वाट ऑमा र बुबा आउनु भएको दिन
साथै सासु ससुरा र देवर पनि,वरिपरि नानीहरू
श्रीमान को कार्यालय छुट्टी छ आज
सबै सँगै गफ गरेर केहि आदान प्रदान गर्दै
मैले आजीवन सायद जानि नजानि गरेको
सबै दुःख र वेदना अँगाल्ने मेरी/ हाम्री धर्मपत्नी

यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः
सय मा सय नम्बर उनिलाई ।


पुरुषोत्तम दाहाल
गुवाहाटी
12/6/21

जीडीपी: GDP:"gross domestic product"
+++++++++++++++++++++++++++++++