जब सम्म हजुरबा हुनुहुथ्यो,तब सम्म वर पिपल सुरक्षित थिए
हजुरबा खसेपछि ,बुबाको पालोमा त्यसको हाँगा मात्रै चिमल्लिए
मेरो पालोमा सेप भयो भनेर दुवै वर पिपलको डालनै काटिए
छोराको पालोमा दुवै रूखनै वैद्युततिक आराले गर्लम्म ढालिए।
P
नातिहरूले त्यहाँ सुन्दर अट्टालिका बनाउन थाले
चराहरू रुख नपाएर कसैको घरैमा गुँड लाउन थाले
बिरालोले घरको गुँडमा बच्चा सहजै पाउन चाल चाले
नानी केटा केटीहरू हिजोआज चरा चुरुंगी देख्न नै छाडे कान्छा!
सृष्टिको विनाश गर्ने मान्छेले सृष्टिकै गीत गाउन थाले।