बस त्यति (पर्या कविता:)
***********
म बकुल्लो माछा खाने जात परें
बस त्यति
दिनभरि नदीमा कुरेर बस्छु,भेटिँदैन माछा
बस त्यति
किरा फटेंग्रा खाएर गुजारा गर्थेँ,त्यो पनि भेटिदैन
बस त्यति
मेरो प्राण छ,जमीन मेरो भागमा पनि दिएका छन् प्रभुले
बस यति
तिमीहरू रमाएर घरभित्र मिठो मिठो खान्छौ, म भोकै
बस त्यति
मलाई पनि अब पीजा,बर्गर खान देऊ,प्राण त चलोस मेरो
बस त्यति।
तिमीहरूको दुर्दिन आउने जोखना देखें
बस त्यति
सावधान! मानव !
बस त्यति
****
पुरुषोत्तम उपाध्याय दाहाल
गुवाहाटी, आसाम
1/5/2023
(स्व. हरिभक्त कटुवाललाई स्मरण गर्दै वहाँको छोटो कविताशैली "बस त्यति"पछ्याउँदै)