गुलेली


 









( यो चित्र रचनात्मक / सांकेतिक मात्र हो। प्राणी हत्या प्रोत्साहन गर्न खोजिएको हैन। )

प्रभु को गुलेली तैयार छ साथी

मटेङ्गग्रा पनि निकै होलान है माथि

कहिले आउने हो या लाग्ने हो प्वाक्कै

थाहा छैन कसैलाई , लाग्ला है ट्वाकै

लेखौँ अविरल, पस्किउँ  तातो तातो

रहने छ यहिमात्र जीवनको साटो !


गुलेली अनेकौं प्रकार को छन् रे

घाइते ,अधमरो , पिण्डरोग र ठहरै

कस्को कुन दिन ,कतिबेर हो जाने 

एकैछिन को मेला कस्ले भनिदिने

लेखौँ अविरल, पस्किउँ तातो तातो।

रहने छ  यहिमात्र जीवन को साटो।


सानोमा हामीले खेलौं गुलेली

मार्यौ होला ढुकुर भँगेरा जुरेली

एक मटेङ्ग्रो एक शिकार हुन्थ्यो

अब उस्को पालो, थापौ लौ मुन्टो 

लेखौँ अविरल, पस्किउँ तातो तातो।

रहने छ यहिमात्र जीवन को साटो।


हाम्रो गुलेली थिएँन त्यो दरो 

फुत्किए निकै उडेर आकाशमा चरो

उनिका गुलेली सारै नै पक्का

फुत्किन्नन कोई लाग्ने छ छक्का

लेखौँ अविरल, पस्किउँ तातो तातो।

रहने छ यहिमात्र जीवन को साटो।


यो के लेख्छ निकै को हुँ भन्छ

मानिसले यस्तै ठट्टा पो गर्छ

भन्नेले भन्छ लेख्ने ले लेख्छ

अनन्त आनन्द पढ्ने ले भेट्छ।


लेखौँ अविरल, पस्किउँ तातो तातो।

रहने छ यहिमात्र जीवन को साटो।



पुरुषोत्तम उपाध्याय

बेलतला

गुवाहाटी।

15/6/21