बस त्यति ७

 1.हामी एउटा हल्लिने कोक्रो

बस त्यति

ईश्वर लैलै ला गर्छन

बस त्यति




****

पुरूषोत्तम उपाध्याय दाहाल 

26/4/23


2.हुटिट्याउँ खुट्टा उत्तानो पारेर सुत्छ

आकाश झर्ने डरले

बस त्यति।

उसले आज बुझ्यो अब आकाश झर्दैन

तर मान्छे तमाम झर्छ नैतिकतामा

बस त्यति।

*******

पुरूषोत्तम उपाध्याय दाहाल

27/4/23


3.स्व.हरिभक्त कटुवालको कविता याद गर्दै उही लयमा:


 जीवन एक ठुलो हुण्डरी जस्तै

  बस त्यति

  बज्रले हानेर सखाप पारेको रूख जस्तै

  बस त्यति

**

पुरूषोत्तम उपाध्याय दाहाल

24/4/23



4.ऊ मञ्चवाट मेरै कथा भन्छ

बस त्यति 

म भुइँमा बसेर मेरै कथा सुन्छु

बस त्यति 

***

पुरूषोत्तम उपाध्याय दाहाल

23/4/23


स्व.हरिभक्त कटुवालको कविता याद गर्दै उही लयमा:


5.उसले नयाँ मोटर गाड़ी ऋणमा किनेको छ

    बस त्यति

    आमा  हिंडेर बजार जान्छिन् ऊ कारमा बजार जान्छ

    बस त्यति

    *****

    पुरूषोत्तम उपाध्याय दाहाल 

    28/4/23

    

            बकुल्लो।    (पर्या कविता:)

            बस त्यति!

         ****************

म बकुल्लो माछा खाने जात परें

बस त्यति

दिनभरि नदीमा कुरेर बस्छु,भेटिँदैन माछा

बस त्यति

किरा फटेंग्रा खाएर गुजारा गर्थेँ,त्यो पनि भेटिदैन

बस त्यति

मेरो पनि त प्राण छ,जमीन मेरो भागमा दिएका छन् प्रभुले

बस यति

तिमीहरू रमाएर घरभित्र मिठो मिठो खान्छौ, म भोकै

बस त्यति

मलाई पनि अब पीजा,बर्गर खान देऊ,प्राण त चलोस 

बस त्यति।

तिमीहरूको दुर्दिन आउने जोखना देखें

बस त्यति

सावधान! मानव !

बस यति

****

पुरुषोत्तम उपाध्याय दाहाल 

गुवाहाटी, आसाम

1/5/2023

(स्व. हरिभक्त कटुवाललाई स्मरण गर्दै वहाँको छोटो कविताशैली "बस त्यति"पछ्याउँदै)




बस्  त्यत्ति

---------------- भरत गुरागाईँ बर्बरिक


यो गोठमा मैले खोजेको

केही गाई र गोठालाहरु हो

बस्  त्यत्ति हो,

भातमा मुछ्न 

एक चिम्टी नुन र अलिकति मही होस् 

बस्  त्यत्ति हो ।

(स्व. हरिभक्त कटुवाललाई स्मरण गर्दै वहाँको छोटो कविताशैली "बस त्यति"पछ्याउँदै)


आधार कार्ड छ,तर मेरो आधार हराएको देख्छु

बस् त्यति

भोटर कार्ड छ तर भोट दिने असल व्यक्ति हराएको देख्छु

बस् त्यति


अन्तरे दाहाल

३/५/२०२३

६.


(स्व. हरिभक्त कटुवाललाई स्मरण गर्दै वहाँको छोटो कविताशैली "बस त्यति"पछ्याउँदै)

          ग्रहण

         *****

ग्रहणले घाम ढाक्यो, रमाए प्रेमीक केहीबेर 

बस् त्यति

ग्रहणले चन्द्रमा ढाक्यो रमाए प्रेमीक निकैबेर

बस् त्यति

चन्द्र-सूर्यले हाम्रो कथा भन्न खोजे सबै उदाङ्गो पार्न सक्छन्

बस् त्यति

*****

पुरुषोत्तम उपाध्याय दाहाल

४/५/२०२३


(स्व. हरिभक्त कटुवाललाई स्मरण गर्दै वहाँको छोटो कविताशैली "बस त्यति"पछ्याउँदै)

                    बुद्ध हे!

                    ***** 

बुद्धको वाणी मनन् नगरेर सखाप हुँदैछ दुनियाँ

बस् त्यति

सेतो परेवा उडाएर शान्तिका दूत हौ हामी भन्छन

बस् त्यति।


पुरुषोत्तम उपाध्याय दाहाल

5/5/2023



(स्व. हरिभक्त कटुवाललाई स्मरण गर्दै वहाँको छोटो   कविताशैली "बस त्यति"पछ्याउँदै)

                  गोठ हिँड कान्छा!

                  *************

साहित्यमा राजनीति पस्यो भन्ने हल्ला चलेको छ कान्छा!

बस् त्यति

अब गोठैमा आनन्द छ,हिँड उतै,गोठाले गीत गाएर बसौं

बस् त्यति

***

अन्तरे गोठालो

6/5/2023




(स्व. हरिभक्त कटुवाललाई स्मरण गर्दै वहाँको छोटो   कविताशैली "बस त्यति"पछ्याउँदै)

             रमाउन नजान्ने मान्छे

             ****************

पासपोर्ट र भिसा पाउँदा मात्रै सारै रमाउँछ ऊ

बस् त्यति

आफ्नो देशमा रमाउने संस्कार नै पाएन उसले

बस् त्यति

*****

पुरूषोत्तम उपाध्याय दाहाल

११/५/२०२३






(स्व. हरिभक्त कटुवाललाई स्मरण गर्दै वहाँको छोटो   कविताशैली "बस त्यति"पछ्याउँदै)

                  हल्ला चलेको छ

                  ************

जूनले जुनकिरीलाई "नाथे तेल नभएको टुकी" भनेर भनेको हल्ला चलेको छ। बस् त्यति।

जुनकिरीले पनि"नाथे  औँसीमा प्राण नभएको भकुण्डो"

भेनेर भनेको हल्ला चलेको छ।बस् यति।


पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी

१३/५/२३