नारी दिवस

 नारी दिवस

*********

कुनै दिवसनै नजान्ने हाम्री आमा

आधाकोरी छोराछोरी हुरकाउँदा हुकाउँदै

समय र अनुमति नै नपाउने

माइत जान र घुम्न।


एकदिन बाबुले माइत जान

अनुमति दिँदा

टाढा रहेको त्यो माइती

लगभग मैना दिन बसेर

आउँदाको खुसी र मुस्कानको मुहार

अहिले एक थुप्रो दिएको

त्यो फूलको गुच्छा भरी शुभकामना

साथै हिजोआज श्रीमानले दिएको एटीएम कार्ड भन्दा

हजारौ गुणा

भव्य हुन्थ्यो

केही दिन मुक्त हुन पाउँदा।

कठै! मेरी दिवङ्गत आमा!


(अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना साथै नारी शक्तिलाई नमन्।


पुरुषोत्तम उपाध्याय दाहाल

८/३/२३