आज संसारी पूजा।ठूलो बयेरको फेदमा ब्रह्मपुत्रको छेउमा।प्रति गोठ रु पाँच गरेर चन्दा दिएको पौडेल बा लाई।
हामी गाई र भैंसी गोठ मिलाएर बीसवटा गोठ।सबै तैयार। दुध दुई दुई लिटर र अरु चामल प्रसाद लिएर जान तैयारी।
मलाई पखाला चलेको।घिसिङ कान्छाले तोरीको गेडा जत्रो कानि खाउ वाहुननानी च्वाट्ट हुन्छ भने। खाएँ निको पनि भयो।
नेत्रे, काँइला,थारुदाई, रुद्र,गोदार कान्छा हामी पार्टनर।तास खेल्न होस या जङ्गल जान होस।संसारी पूजामा कानि र भाङ चढाए।कानि खानेमा पौडेल बाबु छोरा,कोइराला बा,काँइला प्रायः सबैले खाए।मलाई पनि बाहुन नानी हिजो- आज त "डिसीले पनि कानि खान्छन"भनेर एक सर्को प्रसादको रूप मा तान्न भने।मानिन म। म आठ कक्षा को विद्यार्थि।आसाम आन्दोलन ले छैन स्कूल।गोठ मेरो जिम्मा। गोठ मा नै मज्जा।
म पढेको भनेर सबै डराउँछन्।
ललिता लैनो गाईलाई चरचरे बीमारले भेट्यो।लडाएर अक्सीटेकलिन बेजी हानियो।बाँच्ने आशा छैन।सानो बाछो छ।भैंसीगोठ वाट भगीरथ आएको थियो।दुई अमल मिठातेल पैँचो लग्यो।फेरि खत्री कान्छाले पनि चामले टोक्री को झुसी झुसी चीनी एक टोकरी पैँचो लग्यो। धौलावाट ग्वालाले गोठको समान पठाएकै छैनन।
ठुलोभाई बेलुका मलाई कुरि रहेको।अलिक पर लगेर मलाई एउटा चिठी असमियामा लेखिदिन भन्यो। ग्याला जेठा को छोरीलाई मन पराएको रे।ग्वाला जेठाको दुईनले बन्दुक छ मार्लान नि भनेँ।मलाई चारमीनार सिगरेट को एउटा पेकेट दिने रे लेखीदिए बाबद । भोलि बेलुकि लेखी दिन्छु भनें। उ गए पछि डर डर पनि लाग्यो।लेख्नेलाई थाहा पाएर धूलो काढे भनि त कुरो खतम।
दुध केम्पको बाहुनदाईको केम्प वाटनै दिउँसो कसैले एक तोला कानि चोरेछ।उनी कानि बेच्ने गर्छन।थिङ कान्छोले लगेको प्रमाण पाएर बाहुनदाईले मीटिंग राखे।मीटिंगको मुखिया म र साथी विष्णु।विष्णु पनि हिजो गोठ आएको। हामी संगै पढ्छौ।
थिङ कान्छाले होई काड्यो।एक हप्ता भित्र तिर्ने भो।मैले कागज लेखी दिएँ उसके सइन गर्यो। साक्षी तीनजनाले पनि सइन गरे।कागज लेखे बाबाद रु दुई मलाई दिए।बाहुन दाईले विष्णु र मलाई कुखुरा खुवाए बेलुका केम्पमा।रु एक एक विष्णु र मैले भाग गरौ।
अब नेत्रको गोठमा तास खेल्ने राति।मैले दहल खाने तास खेल सिकें।राति भैंसीको दुधमा चियापत्ति हालेर घण्टा घण्टा मा चिया दिने काम थारुदाई को।चिलिम हाम्रो गोठाला काँइलाले बनाउँछ। गाँजा खाएर हाँसी रहन्छन् अनि केटीको कुरा गर्छन उनीहरू।दुध पिउनेलाई भाङको धुवाँले केहि बिगार गर्दैन,एक सर्को तान भन्यो नेत्र ले।
म मानिन। राति बारबजे तिर आफ्नो गोठमा सुत्न काँइला र म आएको एउटा ठूलो दुले गोईले(गोहोरो) दुधको डाडु माटाको दुलो मुनि लगेछ। भोलि तिर धनुक बनाएर कुरेर मार्छु भन्छ काँइलो ! करिव दुई किलो जातिको गोई छ भन्यो काँईलाले।
गोबरको घुर चार पाँच थुप्रो जलाएको थियो। छेउमा गाई बाछा
मजाले बसी रहेका रहेंछन।ललिता गाई मरेछ।बाछालाई बोतल वाट दुध खुवाउनु पर्ने भोलि।काँइलाले त्यो स्यानो बाछो खाटमुनि बोरा ओछ्याएर राख्यो।काँइला र म मग्न भएर सुतियो।ब्रह्मपुत्रको चिसो हावाले गर्दा गुटुमुटु सुताई।
पुरु
मिरीचपडी
१/३/१९७९
(वि: द्र: यो गोठाले कलम । हिज्जेहरु र भाषा मा ध्यान दिन पाइदैन ल )सररर पढ्ने आनन्द लिने।