शिवानी

 आज शिवानी सँग आइतबारे भेटघाट

*****************************

गत अंग्रेजी 11 जुलाई मा रप्तार मा गएको गाडीले दुर्घटना गरेर आघात प्राप्त भयेकि शिवानी लाई भेटेर आनन्द आयो।

कुनै बाटा को कुकुर आघात प्राप्त भए पछि उसलाई सेल्टर होम मा लाने साथै उनीहरुको नाम राख्ने प्रचलन छ।उनीको नाम शिवानी राखिएको थियो।

म सेल्टर मा पुग्ने साथ उनीले मलाई चिनिन। दुर्घटना को दिन मैले अटो मा निकै कष्ट ले लगेको सम्झना आयो।उनीले सायद बुझेको थिइन् त्यो दिन मैले सुम्सुम्याउँदै लगेको उपचार को निम्ति। न त टोकिन न त नङ्ग्राइन,सारै ज्ञानी।


मीठो मीठो खाने बानी पो रहेछ उनीको। बाटोके होटल छेउको बस्ने उनीको मसालादार सब्जी खाने बानी रहेछ।उनीको लागि सेल्टर होममा अलगै सब्जी बनाउनु पर्ने रे अनि मतै उनी भोजन गर्ने सूचना दिए मलाई।


जस्ले लग्यो उस्ले नै खर्च बेहोर्ने चलन छ।उनीको शरीरको सबै जुम्राहरू मारेर औषधी प्रयोग गरे पछि चिटिक्क भएकि रहिछिन् । म सँग खेलिन् निकैबेर। भाँचिएको गोड़ा पनि निकै राम्रो भएछ।निको भए पछि कुनै भद्र व्यक्तिले लान खोजे दिने चलन छ।


उनी चाँड़ै निको हुन्छिन र हामी कन्यादान गर्छौ। त्यस पछि

उनीसँग को हाम्रो नाता सधैँ को लागि रहन्छ।गन्ध ले नै हामीलाई चिन्छिन उनीले।


शीर्षक देखेर शिवानी प्रेमिका भनि ठान्नु भयो होला सायद बल्ल थाहा लाग्यो होला उनी प्रेमिका नभएर छोरी हुन् भन्ने।

गजब को छ यो आनन्द पनि।उनी कहिलै पनि विश्वासघात गर्दिनन् मानिस जस्तो,हामीलाई बाँचून्जेल सम्म आभार व्यक्त गर्छिन हामीले बिर्सिए पनि।

"परोपकार्थम इदम् शरीरम"