उनी नछुने भएकी कि नहेर्ने भएकी ?


श्रीमती को आवाज आयो

हजुर भित्र जानुत कोठामा

बाहिर फूल को गमलामा जल छर्किंदै थिएँ 

म छक्क परें,अचानक हुकुम जारी,

छोरी नगर्ने भई ,हजुरले  हुँदैन हेर्न।


विरोध गरिन ,छोरीलाई घर निकाला गरे

टेरेनन् मलाई,हजुर चुप्प लाग्नु,नबोल्नु ज्यादा भने

 फुपुघर पठाए  पराल र भुइँ मा सुताए रे


याद आयो 

ऊ जन्मिँदा नर्सले मलाई देखाएको

मेरो र सानी छोरीको नजर जुधेको

मेरो हर्षले अस्रुनयण बगेको

म बाबु भएँ भनेर फुर्केको।


म टोलाई रहें हप्तादिनभरि, विरोध गरें

टेरेनन्,विद्यालय पनि जान दिएनन छोरीलाई

अँध्यारो मा बसी रहि उ

यौवन् यस्तै हो भनेर ठानी होला सायद।


उ आई हप्तादिन पछि 

म घरको पिँढीमा बसिरहेका थिएँ

आमाले के भनि जान्दिन

उ मलाई नहेरी घरभित्र पसि।


छक्क पर्नु


उनी पर सरेकि कि,हात बन भएको कि,

रजस्वला भएकि कि, नगर्ने भएकि कि

नछुने भएकि कि

नहेर्ने भएकि?

बढी बिचित्र र कडा पो रहेछ

यो छोरीहरूको यौवन भनि ठानेँ !


मलाई नहेरि घरभित्र पसि छोरी

उनी नछुने भएकी कि नहेर्ने भएकी ?


पुरुषोत्तम उपाध्याय दाहाल

सोलङ तेजपुर

3/7/21