प्रिये! म अमरनाथमा छु
तर तिमी छैनौ साथमा,
शिव ले पार्वतीलाई
अमर कथा सुनाएको ठाउँ रे!
तिमी हुरी भएर आउनु
म आँधी भएर भेट्छु,
सँगै बसौला केहीवेर
म मेरो अमर कथा सुनाउँछु तिमीलाई
तिमी तिम्रो अमर कथा सुनाउनु मलाई!