मैले लेखेको कविताको हर हरफमा
तिम्रो नाउँ थियो
तिम्रो मायाको वर्णन थियो
तिम्रो निस्वार्थ प्रेम को उल्लेख थियो
तिम्रो नयन को भाखा थियो
प्रकाशित भए पछि कसरी तिम्रो नाउँ मेटियो?
आँफै त मेटिएन पकै
कस्ले टुनामुना गर्यो कि कसो?
कि लागो लाग्यो हाम्रो प्रेम मा
कसरी तिम्रो नाउँ नै मेटियो ।
कित मैले पाइलो पछि सारेको हुनुपर्छ
या तिमीले,
त्यसो भएको त होइन पक्का
के विमोहक पर्यो त?
नाउँ किन ओझेल भयो अचानक
मन फर्केको त होइन नि?
कसरी तिम्रो नाउँ नै हरायो।
हेर त तिमी पनि
तिम्रो त्यो कवितामा
कतै मेरो नाउँ पनि हराएको त छैन ?
के बिछित्र यो
किन आएन तिम्रो नाउँ
मेरो कविताको हरफमा
कसरी तिम्रो नाउँ नै पुछियो।
भयो प्रिये!
अब काव्य वाट हाम्रो प्रेम याचना
नहुने लक्षण देखियो
तिमी ,तिमी नै छौ भनि
म, म नै छु भनि
होला सफल अवश्य।
म हावा भएर आउँछु
तिमी आकाश भएर चिन्नु
कवितामा नाउँ नाखोजौ अब
कसरी हाम्रो नाउँ नै
अन्तर्ध्यान भयो
सखाप नै पो भयो
एक अर्काको कवितामा!
सायद अदृश्य शत्रुको नजर पर्यो होला
हाम्रो यो सजीव प्रेम मा
हाम्रो प्रेम त अजातशत्रु थियो!
पुरुषोत्तम उपाध्याय दाहाल
गुवाहाटी।
25/7/21