मैले
लगभग तेत्तीस वर्ष अघि
मेरो जागीरको अन्तरवार्तामा
एउटा नेपाली कविता गाउँनुहोस भन्दा
"यति धेरै मानिसका यति धेरै आँखा
मलाई भनि तिम्रै आँखा रोजुँ -रोजुँ लाग्छ है"
बिस्तारै सुनाएँ,
जानेको त्यहि थियो
सायद सजिलो मीठो र प्रेममय कविता भएर होला,
कविता को भावार्थ पनि सोध्नुभयो
भनि दिएँ,रोमाञ्चित हुनुभयो उनीहरू
म चयन भएँ, उत्तरोत्तर प्रगति भयो
भुल्न सकिन उनीलाई
जीवनको पहिलो खुड्किलो मा पनि उनी
निरन्तर मेरो भावना उनी
मेरो कविताको स्रोतनै उनी।
सारा नेपालीको हृदय उनी।
वहाँको जन्मोत्सवमा
स्वर्गीय कविवरलाई
अँजुलीमा पुष्प लिएर
हार्दिक श्रद्धाञ्जली।
पुरुषोत्तम उपाध्याय दाहाल
धौला, सैखोवाघाट, तिनसुकिया