ममनोमा गरे जस्तै नदीमा गएर
साथीहरु संग यो गर्मी को मौसम मा
नाङ्गै हामफाललेर नुहाउन
मन लाग्यो।
दाँत फुकालेर, गोबर मा लपेटेर
घरको छानामा फ्याँकी
ओइ मुसा "पुरानो दाँत लैजा
नयाँ दाँत दे" भनेर चिच्याउन
मन लाग्यो।
गाडा गोरु को त्यो काठको चक्का मा
दुई तीन जना मिलेर तेलपाटा
लगाएर चक्का फनफनी घुमाउन
मन लाग्यो।
आमा सँग रिस उठ्दा आमालाई
ओइ आमा-सामा भनि
जिब्रो देखाएर दगुर्दै भाग्न
मन लाग्यो।
बैंसमा साथीहरु संग जन्ती जाँदा
राति बेहुलीको घरमा तिर्खा नलागे पनि
"बैनी पानी देउन "भनि ,पानी दिँदा
च्वास्स केटी को हात छोई साथीहरूलाई
"देखिस मैले छोई दिएँ त "भनिदिन पो
मन लाग्यो।
स्कूल मा सानो मा कक्षा मा हुँदा
झगडा गरेर," सार ई मुक चिमटिसे"भन्न
मन लाग्यो।
कति छन् कति कुराहरु भन्न मन लाग्ने
लहरै आउँछन् यादहरु
विरक्ति हुन्छ यो मन सम्झेर
अन्तमा
आमाको काखमा सुति सुति
सु सु गरि गरि स्यानो बालख यो
आमा बुबु खाएर मस्त निदाउन पो
मन लाग्यो।
पुरुषोत्तम उपाध्याय दाहाल
बेलतला, गुवाहाटी
21/7/21