सुनौलो बचपन

 


सानामा हुँदा जाड़ोको रसिलो त्यो दिन 

बित्थ्यो आराम ले पलपल र छिन् छिन्

दाने गाम्छा को मफ़लर लगाई

दाने कपड़ा को कौपीन सवैलाई

फ़ूलालैन को गरम लुगा नै लगाई

सबैलाई एकनासो हुन्थ्यो भलाई

बेलुकी बिहान भात र ओलन

थियो सामान्य सात्विक भोजन

गुटुमुटु भएर दाजु भाई सुत्यो

जाड़ो यसरी आराम लें बित्यो

हालै किनेको दुईजोड़ी लुगा,

सारै गरम रे अति जाड़ो हुँदा

जाँदैन जाड़ो रत्तिभर मेरो 

केभको हरे यो शरीरको घेरो!

चूर्णा र जुका खरानी पानी ले

चिलाउने हराउँथ्यो गौमूत्र नै ले

पिनास जान्थ्यो मित बा ले फुक्दा

हावा बतासै गोठ धुप गर्दा।

जन्तरे बा ले बोलाएको सातो,

बा नै गए स्वर्ग फेरि गएन सातो 

गोले झाँक्री ले फुकेको त्यो चामल

सिराने मुनि लौ रहन्थ्यो  अनमोल,

आमा को काख नै थियो सारै न्यानो

बाबु को अर्ती भयो है बिरानो!

गाड़ी र घोड़ा लहरै छ घरमा,

लुगा गरम का भयेभर सम्म

र पनि छैन परित्राण अहिले

कसलाई  सोधौँ लौ कारण मैले ?

आज को ब्यथ्या यतिनै सुनाएँ

सुनौलो बच्चपन कसरी गुमाएँ!


पुरुषोत्तम उपाध्याय दाहाल

बेलतला, गुवाहाटी

14/7/21

(पुरानो डायरी वाट)

केहि शब्दहरु आसाम को जनजीवन मा चलेको हुनाले

प्रयोग भएको हुन सक्छ, भूल भए क्षमा प्रार्थी।