राम्ररी दाउन हालेर पकाएको सेलरोटी
बिदामा खुवाउन राखेको ढक्क जामेको दही
सानो हर्लिक्स को बोतल साँचेर राखिएको धिउ
जाड़ो मा खुवाउन साँची राखेको मह
घानी मा पेलेको तोरी को तेल
खल्पी र तामा को अचार
पाइँदैन हिजोआज कठै !
किनकि आमा हुनुहुन्न आज!
पुरुषोत्तम उपाध्याय दाहाल
बेलतला, गुवाहाटी
19/7/21