सासू र बुहारी सारै नै मिल्ने
माया एक अर्काको कति हो कति
गाँउघर मा हल्ला चल्यो है आज
के हो यो यस्तो अनौठो रीति ।
मेला र पाखा,पूजा र पाठ
दुवैनै जान्छन् मिलेर साथ
पुराना खाले आमै हरु लौ
भन्छन उनीलाई सारै नै टाठा।
हाँस्छन दुवै लौ खित्का नै छोडी
बजारै जान्छन चढेर गाडी
आमा र छोरी जस्तै छन् दुवै
किनेर ल्याउँछन लुगा है कत्ति।
सासू र बुहारी सारै नै मिल्ने
माया एक अर्काको कति हो कति
गाँउघर मा हल्ला चल्यो है आज
के हो यो यस्तो अनौठो रीति ।
बिहे बटुलो गाउँमा भएमा
चिटिक्क परि जान्छन लौ दुवै
सँगै नै बस्छन सँगै नै खान्छन
छक्क नै पर्छन गाउँले ति सबै।
कसैले भने बुहारी हरु
बसुन पकै खटन मा बरु
सासू त कडा हुनुनै पर्छ
खटन मा बुहारी चल्न नै पर्छ।
सासू र बुहारी सारै नै मिल्ने
माया एक अर्काको कति हो कति
गाँउघर मा हल्ला चल्यो है आज
के हो यो यस्तो अनौठो रीति ।
भान्सा मा कहिले सासू नै आमा
बुहारी पनि बनाउँछिन खाना
लोटाइ- पोताइ सासुले गर्ने
आज बुहारी फिलिम पो हेर्ने।
पुराना पाका छक्क है परे
सासू बुहारी ले गाउँ पो बिगारे
मिलेर बस्नु पचेन कोहिलाइ
कस्तो हो सोचाइ भनु कस -कसलाई!
सासू र बुहारी सारै नै मिल्ने
माया एक अर्काको कति हो कति
गाँउघर मा हल्ला चल्यो है आज
के हो यो यस्तो अनौठो रीति।
कथामा कथा कुरामा कुरा
सासूले झटारो हानेका लोटा
पुरानो कथा सुनाउने गर्थे
गए ति अहिले कता हो कता।
पुरानो समय छैन लौ अब
छोरी झैं बुहारी हिजो है आज
सासू र आमा एउटै हो रूप
मिलेर बस्छन दुःख या सुख।
सासू र बुहारी सारै नै मिल्ने
माया एक अर्काको कति हो कति
गाँउघर मा हल्ला चल्यो है आज
के हो यो यस्तो अनौठो रीति।
पुरुषोत्तम उपाध्याय दाहाल
गुवाहाटी।
13/7/21
(पुरानो गाँउ को परिवेश मा लेखिएको पुरानो डायरी वाट! कसैलाई हेय प्रतिपन्न गर्न लेखिएको कविता हैन,भूल भए क्षमा प्रार्थी)