एक अवलोकन कविता संकलन ,,"शब्दहरु मेरा घाम हुन्" अनुपमा कट्टेल

 एक अवलोकन कविता संकलन ,,"शब्दहरु मेरा घाम हुन्"

अनुपमा कट्टेल


यो लकडाउनमा केहि समय पाएर पूर्वयण प्रकाशनका भान्जा ड.अमृत कुमार उपाध्याय समक्ष अध्ययनको निम्ति केहि पुस्तक पठाई दिन आग्रह गरें।वहाँले मलाई दसवोटा नेपाली पुस्तकहरू तुरन्तै पठाई दिनु भयो। असमेली लेखक का उपन्यास र कविता।

मैले प्रारम्भ नै कवयित्री अनुपमा कट्टेलका "शब्दहरू मेरा धाम हुन" प्रारम्भ गरें।अरु मान्यवर लेखक हरुले अघिनै कविता बारे लेख्नु भयेको छ। म चै हाम्रा विदेशमा रहेका मेरा निकै आफन्त पाठक (कनाडा, युके,अमेरिका, अष्ट्रेलिया) र विशेष गरि बर्मा मा रहेका साहित्यप्रेमी हरूको विचार प्रकट गर्न गई रहेको छु।उदाहरण स्वरूप" ब्रह्मपुत्र "कवितामा लेखिएको हाम्रा गुरु र गायक शब्द जस्तै शङ्कर र माधव,ज्योति र विष्णु लगायत

सुधाकण्ठका गीतहरू आदि बारे तल स्यानो नोट दिएर केहि विस्तार जानकारी दिए प्रवासी पाठकहरुले अझै आनन्द साथै जानकारी पनि पाउने थिए।कविताको परिधि सारा विश्वमानै हुन्छ जब यो जानकारी जरुरी ठानेँ।

किनहो कुन्नि हिजो आज छन्द कविताको पनि पाठकहरुले निकै मांग गरेको देखिन्छ र दुई एक त्यस्ता कविता पनि संग्लन गर्न सके अझै उत्तम हुन्थ्यो कि?भविष्यमा त्यो इच्छा पनि पूर्ण गरिदिए संकलन अझै स्वास्थ्यवान हुने थियो होला।आग्रह गरियो।


तेत्तीसवटा कविताको यो संकलनको पुस्तकमा भएका सबै कविता एक एक पूर्ण अव्यक्त कथाझैँ पो लाग्यो मलाई त।काकाकुल वाट प्रारम्भ भएको पहिलो कवितानै तीन पटक पढेर पूर्ण आनन्द आयो।कविता" ऐना" "मान्छे,","आगो"र अन्तिम कविता "अन्त्य,लगायत सबै कविता अब्बल छन्।


आधुनिक कवितामा यति कम उमेरमा यस्तो परिपक्क कविता हाम्रो ढिकुटीमा भरिनु गौरव को कुरा हो।एक अमूल्य सम्पद।

मैले कवयित्रीलाई व्यक्तिगत रूपमा नचिने पनि कविताले परिचय गराई दियो। मन भरेर आयो कविता पढेर।मन मस्तिष्क ले राम्रो खोराक पायो ।


अन्तमा कवियत्री को सु- स्वास्थ दीर्घायु र उत्तरोत्तर प्रगति को कामना गरें।जयतु भाषा जननी।


पुरुषोत्तम उपाध्याय दाहाल

वरिष्ठ प्रवन्धक,पंजाब नेशनल बैंक

वेलतला, गुवाहाटी

4/7/2021