भाकल


आज एउटा नया र हाम्रो गृहस्थी ग्राम्य जीवन मा प्रयोग

गरि आएको "भाकल"।गोठ मा गाई-भैसी हराउँदा या अचानक केहि प्रियजन को बिरामि ,आफत आउदाँ या मनोकामना पूर्ण नहुँदा प्रभू पुकारि (डांगरे को भाकल भन्ने चलन थियो) यो पूर्ण भए हजुर को दर्सन गर्छु भन्ने इच्छा जाहिर गरेको नै भाकल।


हामी सानो हुँदा माताजी ले भाकल गरेको याद छ।त्यसमा एउटा चै "सबै छोरा छोरी ले मैट्रिक पास गरे पछि घरमा रुद्री लाउने भाकल।"मन मनै अरु कति भाकल गर्नु भयो होला छोरा छोरी को कल्याण को लागि थाहा लागेन तर "सबै छोरा छोरी ले मैट्रिक पास गरे पछि घरमा रुद्री लाउने "चै मैले सुनेको र दाजु बिरामी हुँदा (जंगली ले भेटेको भन्थे)पनि केहि भाकल माताजी ले गरे झै लाग्छ।


आमा वाट सुरु भएको क्रम म मा चै जारी छ ,तर अति संकट मा।कुनै चीज ले मनमा शांति दिने र डिप्रेशन/anxity कम गर्छ भनि प्रयोग गर्ने मा के हर्जा?मनको शान्ति नै त सबै काम को सफलता को अस्त्र हो।


सानी (डोना) लगभग क्लास नौ मा पुग्दा पनि स्यानो जिउ भएको ले होला महिनामारी भएको थिएन।स्कूल मा साथीहरुले हिजड़ा भनेर जिसकाउछन भनेर म संग रुन्थि।म उसलाई सम्झाउथे। हाम्रो 2013 को परिबारिक केदारनाथ यात्रा मा केदारनाथ पुगे पछि मैले प्रभू लाई तेहि बिन्ति गर्ने आयो।प्रायः6 दिन पछि दिल्ली एयरपोर्ट पुग्दा सानी ले "बाबु म नगर्ने भएँ"भनेर फोन गरि।म पुनर 2018 मा केदारनाथ प्रभू लाई धन्यवाद दिन श्रीमती संग र साथै धिराज ढुंगाना लाई पनि लिएर पुगेँ। 2013 हादसा पछि को केदारनाथ को दर्सन पुनर भयो।यो के संजोग होस या भाकल को परिणाम हो पाठक समक्ष प्रश्न रह्यो।


अब मेरो श्रीमती को कुरो गरौ।बिनय भांजा  र उषा लाई अमृतसर को टूर मा जांदा बगलामुखी (हिमाचल को प्रसिद्ध तांत्रिक होम हुने मंदिर)र  वैष्णो देबी लाने।नाति -नातिन माग्ने उसको भित्री इच्छा।पुगियो पनि।अब लामो समय बिनय र उषा को  नाति-नातिनि नभएको या इच्छा नगरेको मैले जान्न कोशिश पनि गरिन।काम सफल भयो।उनको माइजू शीला लगायत सबै परिवार खुश। अगर दर्सन गरेर नै सफल भएको हो भनि फेरि भेट गरे भयो।नत्र दर्सन को फल सोचे भयो। बिचित्र र रोचक छन ई अनुभव हरू।


म बिरामी हुँदा गरेका भाकल ,दीदी,सासुआमा, शीला लगायत सबैले प्रभु पुकार अवश्य गरे।कुनै दिन ईच्छा र भाकल गरेको प्रभू दर्सन को आनन्द नै अर्को हुन्छ।भाकल ले कहिले कंहि हामीलाई सकारात्मक प्रभाव नै दिन्छ जस्तो लाग्छ।भाकल गरेर  चिताएको कुरा पूर्ण  नभए के न बिग्रन्छ र??मनको एउटा अनुभुति न हो।आखिर प्राण त कस्ले रोक्न सक्ने? 


अब परिवार को सबै सदश्य हरू वाट यश बिसय मा केहि मनको कुरा लेखन अनुरोध रह्यो।रोचक छ यो बिसश।भाकल क कस्ले गरेको छ जान्न पाँउ।


पोहोर दाजु र म पासीघाट जांदा चन्दन भांजा ले डांगरे बाबा को मन्दिर वाट नै यात्रा सुरु गरे जून मन्दिर दाजु ,दीदी ,भिनाजु को शिक्षा समय देखी नै प्रसिद्ध र सबै थरी का मनिश जान्छन दर्सन गर्ने।भाकल खूब गर्छन 

डांगरे बाबा को।

पुरु

बेलतला

5/11/20