जति गर्न छ गरि हालिस,तथानाम गरिस
चित्कार सुनाईस, घर पनि उजाड़ पारिस निकैको
हाहाकार पारिस ,तमाम गरिस
म अब निर्विज भएँ, आइज फेरि युद्ध गर
नाथे के गर्छस तैँले गर
के खालो सार्छस सार।
म मास्क लगाउँछु,सेनिटाईजर घँस्छु, भेक्सिन लिन्छु
दूरी कायम गर्छु,तर लखेट्छु तँलाई
काढा खान्छु, कसरत् गर्छु,
भाप लिन्छु ,गार्गुल गर्छु, टिक्न दिन्न तँलाई
नाथे के गर्छस तैँले गर
के खालो सार्छस सार।
मैले सिकेंथेँ सबै कलाहरू
आर्ट अफ लिभिङ,तैँले सिकाइस
आर्ट अफ डाइङ ,भुत्रो गर्छस् अब
आइज अब तैयार म ,देखाई दिन्छु तिरिमिरि झ्याइँ
नाथे के गर्छस तैँले गर
के खालो सार्छस सार।
बसेँ त म तीस दिन अस्पतालमा
दुई मैना त घरैमा
युद्ध गरेँ, लाखौं खर्च पनि गराईस
इस् लान सकिस, म त अब गोर्खे बीर
नाथे के गर्छस तैँले गर
के खालो सार्छस सार।
अब कार्यालय पनि जान्छु
लकडाउन मा कथा कविता पढ्छु
गीता र महाभारत पढ्छु
सिक्छु युद्ध गर्ने तरिका ,लखेट्छु तँलाई
नाथे के गर्छस तैँले गर
के खालो सार्छस सार।
तैँले रूप फेर्छस रे, म पनि फेर्छु
तैँले फोक्सो खान्छस रे
भयो जति खाइस खाइस्, म निष्प्राण हुन्न अब
भोगैँ, देखेँ सिकेँ अनि अब के लछारपाटो लाउँछस
कालजयी भएँ म अब,जा तँ अब तेरै मुलुकमा
निस्तार छैन अब, म तैयार छु खेल्छस लाप्पा?
ल तैयार र तर्खर गर,पामर ,पाङ्दुरे, सिल्लड
तँ जस्ता यहाँ कति आये कति गए,
नाथे के गर्छस तैँले गर
के खालो सार्छस सार।
पुरुषोत्तम उपाध्याय दाहाल
बेलतला गुवाहाटी
6/7/21