कथा त सामान्य नै हो,
केटी कम पढ़ेकी
केटो निकै विद्वान रे,
प्रेम प्रसंग चलेछ,
थाहा लाग्यो केटो को घरमा
हाहाकार भो आफन्तै मा,
घरमा तमाम कुरुक्षेत्र भो।
बीरे ले चुनाउ जितेपछि,
"मलाई भोटै दिनस तँईले हर्के", भन्नेसाथ,
जनता तमाम भेला भए,
हाथापाई मत्रै कहाँ हो र
तमाम कुरुक्षेत्र भो।
प्रेमी हुनाले मानसिंग ले,
उसको तथाकथित प्रेमिकालाई,
एकादशी को कीर्तन मा,
"आई लभ ईउ"भन्यो भनेर
हल्ला फिँजिए पछि,
तमाम कुरुक्षेत्र भो।
तल्लो घरको बाख्रा ले,
वोल्लो घर को बाली खाँदा,
तथानाम फलाकिन वोल्लोघरे आमै ले,
बोक्सी भनिन तल्लो घरे आमैलाई,
लाठो -मुंग्रो मत्तै कहाँ,
तमाम कुरुक्षेत्र भो।
पुरुषोत्तम उपाध्याय दाहाल
कुरुक्षेत्र
हरियाणा
3-5-2019
(पुरानो डायरी वाट)