पुरुषोत्तम दाहाल
लौ
अब
प्रारम्भ
भयो हाम्रो
यात्रा प्रभु!
मिल्ने छन् अब ती
दुई धार नदीका
सँधै को निम्ति मायाले
ब्रह्मपुत्र र ऐरावती
भेटिने छन् सायद आफन्त
युद्ध मा विथोलिएका ती
महान पवित्र आत्मा
वर्मा र आसाम का
रम्बास् को माध्यम,
काव्य ले पार्छ,
सबै कथा
सजीव
अब
लौ !
8/7/21
ऐरावती:वर्मा (म्यानमार)
को मुख्य नदी।