पुरुषोत्तम उपाध्याय दाहाल
ऊ
भित्र
गएर
सुटुक्क त्यो
डक्टर सँग
काने फुसी गर्छ
साथै धर्मपत्नी लौ
चनाखो ऊ देखिन्छिन्
तिनै जना टोलाउँछन
भित्र बाहिर चकमन्न छ
कुन्नि के भन्यो डाक्टरले
पर्सी फेरि आउनु है
मेरो चेम्बरमा ल
खलास गरौला
कन्या भ्रुणको
खित्का छोडी
काल त्यो
हाँस्यो
लौ।
13/8/21