गरीबलाई एकै छाक सादा भोजनले
डकार आउँछ,अघाउँछ ऊ
अन्न दातालाई धन्यवाद दिन्छ।
भरपेट भएको ,डकारले आभास दिन्छ।
धनीलाई सायद कहिलेइ आउँदैन डकार
जति कमाए पनि,
बारमा गएर जति घिचे पनि
जति धोके पनि, आउँदैन डकार
बरु उल्टी गर्ला सायद !
नेताहरुलाई कहिल्यै हुँदैन मोहभङ्ग त्यो
राजसत्ताको सुख
कुर्सी च्यातिए पनि आउँदैन डकार
जति साँचे पनि अघाउँदैनन उनीहरू
पञ्चतन्त्रको त्यो" स्याल र साँढेको"
कथा जस्तै
जति जति साँढे दौडन्छ
त्यतिनै उस्को अण्डकोष हल्लिन्छ
झर्ने अनि खाने आशामा स्याल
पछि पछि दगुर्छ
नत त्यो झर्छ न त खान नै पाउँछ,
हामी त्यस्तै भयौं जनता
नेताहरुको भनाइमा
एक मुठी नमेटिने आशा सँधै।
कवि साहित्यिकहरू माथि जनताको
निकै नजर,पुस्तक प्रकाशन गर्छन
बेच्न आउँछन्!
किन उनीहरू डकारदैनन्?
पठन पाठन नगर्नेहरू
प्रश्न गर्छन्
अनि जिज्ञासा राख्छन कतिपय
किन न अघाएका साहित्यिकहरु!
प्रभु, साहित्यिकहरु तब डकारछन्
जब पाठकले काव्य पढी दिन्छन
यो डकार तृष्णा र धनको हुँदैन
बेईमान र बेइज्जतको पनि हुँदैन
ए बाबा ठाकुरे!
समाजले काव्य पढीदिए
पुस्तकहरु मन् पराइदिए
अध्ययनको वातावरण बनाए
अध्ययन गर्ने बानी गरे
पाठक हरुको डिप्रेसन दूर हुन्छ !
सर्जकलाई साहित्य सँधै रित्तो?
उनीहरूको शब्दकोषमा
डकार शब्द नै छैन।
सृष्टि निरन्तर रअविरल हुन्छ
पाठक र समाजको निम्ति।
अन्तिम श्वास रहे सम्म
सिर्जना गर्छ ऊ।
साहित्य र साहित्यिकलाई
डकार आए
भाषा र समाज सुप्त हुन्छ!
_________
पुरुषोत्तम उपाध्याय दाहाल
बेलतला, गुवाहाटी।
22/8/21