म घाम पानी पनि झेल्न सक्छु

 म घाम पानी पनि झेल्न सक्छु

म जहाँ पनि हिँड्न सक्छु

म मेहनत पनि गर्न सक्छु

म देश को एक प्रगतिशील नारी,

म हात नफैलाई कर्म गरेर खान सक्छु

कति दिन हिड्नु यस्तो बाटो मा म

म मेरो ताकत देखाई दिन सक्छु

बाटो बनाई दिने अनुराेध गरें हजुर

गोर्खाली हुँ हजुर ठेउला उठुन्जेल

काम गर्न सक्छु।