ऊनीहरूलाई एनलार्ज गरेर त हेर


पर वाट सायद हजुरहरूले

झोले बा देख्नु भयो होला

झोला अनि एकभारी पुस्तक!


हजुरहरुको नजर धुमैलो भएको होला

नत्र किन त्यस्तो देख्नु हुन्छ

जचाउँन समय भएको रहेछ सायद

हराएको भाषा

हुत्तिएको समाज

रित्तिएको माया

च्यातिएको मन्

बिग्रिएको भावना

आत्तिएको दृष्टि हरूको समाधान

सबै हुन्छन् त्यो झोलामा

ऊनीलाई  एनलार्ज गरेर हेर मात्रे!


उनीहरू देखेको कुरा लेख्छन्

देखाई दिन्छन बाटो

हजुरले झोला हेरे पो!

सबै भकाई दिन्छन उनीहरू

पसीना चुहाएर 

हजुरहरुको निम्ति नै

बोकेको हो त्यो भारी

ऊनीलाई  एनलार्ज गरेर त हेर!


घरमा के सजाएर राख्नु हुन्छ?

त्यही कृतिम फूलदानी

खेली रहेको माछा

विभिन्न रङ्गको भित्ता

रङ्गी विरङ्गी फोटा!

राखि दिनुहोस त केहि पुस्तक?

अनि हेर्नुहोस चमत्कार!

उनीलाई  एनलार्ज गरेर त हेर!


काव्य लेखि 

छपाई अनि पस्कि

निकै कमाए ठान्नु भयो होला

कमाउनको साटो

गुमाउँछन् निकै अर्थ उनीहरू

छोरा नाति हरूले हाई डेड, मम

भन्न थाले भनेर पछि गुनासो नगरे है प्रभु!

झोले बा को झोला मा नभेटिने

तत्व छ 

उनीलाई  एनलार्ज गरेर त हेर!

**

पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी