बुढी कविता

 https://www.facebook.com/share/p/Ue3vJqrTg6TF887X/

थमन कोइराला

 https://www.facebook.com/share/v/VLvr5TjkDY8T7vmt/

गोठको खत्रिनी आमैलाई पीएचडी डिग्री

 गोठको खत्रिनी आमैलाई पीएचडी डिग्री 

     *********************

खत्रीनी आमै:उमेर ८६ !भैँसी गोठमा जन्मिएर गोठैमा अझसम्म बसिरहनुभएकोअनुभव!भैँसी ब्याउने बित्तिकै पाडा आमासँग १५ दिन जङ्गलमै बस्छन्।बीच बीचमा गोठमा आउँछन्,निमक चाट्न।त्यसपछि पाडालाई १५ दिनपछि समात्नुपर्छ।पाडा समात्दा भैँसी झम्टिन्छन्।लौरो,दाम्लो लिएर गोठालाहरूले पाडा समातेर टाट्नमा बाँध्नुपर्छ।अत्यन्त दु:साहासिक काम।घाँटीमा बाँधेको दाम्लोले पाडालाई घाउ पनि हुनसक्छ।अल्झिएर मर्न पनि सक्छ।माउ भैसीले अलिकदिन चित्कार गर्छ।त्यसपछि बिस्तारै बिस्तारै टाट्नोमा बाँधेर राख्दा आफन्त हुन्छन्।भैंसी दुहुन सुरु हुन्छ।गोठाला माजन सबै रमाउँछन्।डांग्रेको पूजा पनि हुन्छ।


पाडा टाट्नमा रहन्छन्।भैँसी चर्न जङ्गल जान्छन्।जङ्गलमा बाघ पनि लाग्छन्।बिहान बेलुकी माउ भैँसी गोठ आउने गर्छन्।केही कारण माउ भैँसी गोठ आएनन् भने कतै अभर पऱ्योकि भनेर गोठाला खोज्न जान्छन्।कहिलेकाहीँ माउभैँसी दुई तीन दिनमा फर्केर आउँदा भैँसीको फाँँचो दुधले रन्किएको हुन्छ।कति दूध दुहुने कति पाडालाई दिने।यो सबैको निर्णय गर्ने अनुभव छ गोठकी खत्रीनी आमैको।चुर्ना परेको हुनाले पाडालाई तुथो खुवाउनुपर्छ।तुथोको मात्रा कति हुनुपर्छ, तोरीको गेडा जति,या मकैको गेडा जति,खत्रिनी आमैलाई नसोधी निर्णय लिन सक्दैनन् गोठालाहरू।पाडाको शरीर गठन हेरेर तुथो दिनुपर्छ।मात्रा तलमाथि भए पाडालाई असर हुनसक्छ।पाडाको मृत्यु पनि हुनसक्छ।


यस्तो अगाध अदम्य अनुभव भएकी खत्रिनी आमैलाई गोठालो विश्वविद्यालयले पीएचडी डिग्री दिन गइरहेको छ रे।न कुनै थेसिस न कुनै गाइड।एक सिङ्गो अनुभव लगभग ८० वर्षको कार्य हेरेरनै त्यो डिग्री दिने रे। त्यसपछि विदेशबाट आएका पशु विज्ञानीले उनीलाई लिएर आफ्नो देशमा केही शोधकार्य गर्न लाने रे।आमैले "म यो उमेरमा कतै जान्न"भनेर भनेको हल्ला चलेको छ।त्यो विदेशको "बाघे टापु" विश्वविद्यालयका रे।


वरिष्ठ प्रोफेसर ड.कर्णधार सापकोटा पनि अनुष्ठानमा सामेल हुने हल्ला चलेको छ। खत्रीनी आमैले हलसारो भैँसी कसरी दुहुने, थुनमा थुनेलो हुँदा के उपाय गर्ने,अर्ना भैँसीले आक्रमण गर्न आउँदा डन्ठाले कुन ठाउँमा प्रहार गर्दा ठाउँको ठाउँ भैंसी लड्छ त्यो विद्या पनि हासिल गरेकी छिन् ।खोऱ्यात लाग्दा र दुध लुकाउने भैँसीलाई के उपाय गर्दा पग्रिन्छ त्यो विद्यामा पनि कसैले सक्दैनन् उनीलाई। कुनैकुनै गाई भैँसीले ब्याउने बित्तिकै बाछो नलिँदा के गर्नुपर्छ त्यसको तन्त्र विद्या साथै प्राकृतिक औषधि जान्दैनन् अरुले।थुरु खत्रिनी आमैकहाँ आउँछन्।अम्रो नझर्दा कुन रुखको पात कति मात्रामा दिँदा एक घण्टाको भित्रमा झर्ने ग्यारेन्टी पनि दिन्छिन् उनी।"खत्रिनी आमै आफैं एक सिङ्गो विश्वविद्यालय हुन" भनेर जानु भएछ जेठा तामाङ दाईका मित प्रख्यात कथावाचक घनश्याम काफ्ले गुरुले।


कोल छपडी, भीम छपडी, सुर्के छपडी, माथानी, सिंहासन टापु, बोगे टापु, देबु टापु सबै छपडीबाट गोठालाहरु भेला हुनेछन्।यो अनुभवको डिग्रीलाई समर्थन गर्ने बागे टापु विश्वविद्यालयका वरिष्ठ प्रोफेसर ड.कर्णधार सापकोटा एउटा विदेशी टोलीको साथनै आउने रे।


उनीको भनाइ अनुसार" कुनै थेसिसनै नभए कसरी पीएचडी डिग्री दिन्छन् भन्ने दिनकाल गयो" रे।खोइ थेसिस?खै गाइड? खै तथ्य सम्बन्धित फोटोहरू!यस्ता प्रश्नहरूको जवाफ उनीसँग छ भनेर खबरी कागजमा निस्किएको पनि छ रे।उनीले गर्ने प्रत्येक प्रश्नको जवाफ खत्रिनी आमैले ठाउँको ठाउँ दिन्छिन् रे।उहिलेइ एकपल्ट यो तथ्य प्रमाण डाक्टर सापकोटाले गरेर जानुभएका रे।


ड.कर्णधार सापकोटाले विदेशबाट एकजना अब्बल पशु विज्ञानी पनि लिएर आउने रे।ऊ अङ्ग्रेजी मात्र बोल्न जान्दछन् रे।एउटा गोठालालाई गोठाले गीत पनि गाउन गोठालो अन्तरेले तयार गरेर राखेको छ भन्छन्।लेख्ने गोठालो अन्तरे,गाउने गोठालो कान्छो, नाच्ने भद्रे, थारु जेठो, मुक्तान माइलो, सिपाही ठुले, चस्मे कान्छा, ठुलो भाइ, काली दिदी, मञ्जरी, बस्नेत जेठा र गोठका पुरेत बा।


विदेशबाट आएका पशु विज्ञानीले अङ्ग्रेजी मात्रै बोल्न जान्दछन् भन्दा खत्रिने आमै यसो भन्नुहुन्छ:भाषा एउटा माध्यम न हो।अनुभव एउटा धुरी खाँबो।


भैँसीको माउले र पाडाले खत्रिनी आमैलाई लात्ती हान्दा शरीरको विभिन्न ठाउँमा रहेको दाग देखाउने छिन्।६ पुस्ता एउटै परिवारका भैंसी ,जस्तै रामकली - श्यामकली-कुसुम कली- हरि कली- सीता कली - राधा काली!सबै पुस्ताहरुको कथा एकएक गरेर विस्तार गर्न सक्नुहुन्छ खत्रीनी आमैले सासै नफेरी। यसरी प्रत्येक पुस्ताको अनुसार अलगअलग नाम राख्ने चलन कुनै देशमा छैन भनेर भनेर गए रे सहरमा बस्ने निकै पढेको गोठका वकिल बाबैको नाति खम्बु सिंह दाहालले।


थेसिस लेखेर,रात रात अनिदो बसेर,गुरु चेला परम्परा बहाल राखेर,आर्टिकल छपाएर डिग्री लिँदालिँदै बिहे गर्ने उमेर नै कटिसकेका पशु चिकित्सक ड.कर्णधार सापकोटाले आफूले पाएको पीएचडी डिग्री पनि उहाँलाईनै अर्पण गरिदिन्छु भनेर भनेको सुन्ने खुद गोदार कान्छो।"मेरो पढाइले आमैको अनुभवको एकछेउ पनि पुग्न सक्दैन"भनेर भनेको हल्ला पनि चलेको छ।"डिग्री र अनुभवमा तफाक छ" भनेर भन्नुहुन्छ जन्तरे गुरुबा।जन्तरे गुरुबा उहिले संस्कृत टोलमा पढ्नु भएको व्याकरण शास्त्री।कसैले अङ्ग्रेजी बोल्छन् ,कसैले संस्कृत बोल्छन्,कसैले प्रान्तीय भाषा बोल्छन्।"अंग्रेजी बोल्दैमा कोही ठूलो मान्छे हुँदैन", भनेर थर्काए रे!गोठको ५० वर्षे अविवाहित लाटो माइलाले मुखले नबोले पनि सबै भैँसी गोठको एकएक अनुभव हासिल गरेको छ।उस्लाई पनि "गोठ रत्न"भन्ने डिग्री दिने भनेर भनेको सुन्ने खुद खोलाघरे आमै।


किताबको ज्ञान, पढेको ज्ञान र अनुभवको ज्ञान सबै मिलेर सहकार्य गरे अब्बल हुने थियो भनेर गए रे धामी कान्छा।देश र जनताले दुःख पाएको कारणनै डिग्रीले हो भनेर गए रे ९० वर्ष उमेरका एउटै पनि दाँत नझरेका हरिभक्त बाबैले।अझै ठेट्ना मकै राम्ररी चबाउनु हुन्छ हरिभक्त बा।


लामो टुप्पी पालेका भर्खर बनारसबाट आएका बाहुन नानीले 

पाँच वर्ष गोठमा बसेर अनुभव लिएर मात्रै निर्वाचनमा लड्न सक्ने कानुन बनाउनुपर्छ देशमा भनेर औँलो ठड्याएर गए भन्ने घुइ घुइती हल्ला चलेको छ।"नेताले देश सखाप पारे"भनेर भनिन् रे बृन्दावनवाट आएकी बाल विधवा नरमाया दासीजीले। जाए जन्म भएन भनेर श्रीमानले अर्की बिहे गरेपछि उनी वृन्दावनतिर लागेकी हुन्। हाल गोठैमा आएर एउटा कुटी बनाएर बसेकी छिन्।


अशोकाष्ठ अष्टमीको दिन, मङ्गलबार,अंग्रेजी सन् २७ अक्टोबर २०२४ मा हुने यो अनुष्ठानमा सबै गोठाला महाजन साथै गोठ मन पराउने,अनुभव मन पराउने,तमाम व्यक्तिहरुलाई गोठालो सम्मेलनले सामेल भएर आमैलाई पीएचडी डिग्री प्रदान गर्न पुष्पमाला लिएर आउन हुन अनुरोध गर्दछ।खत्रीनी आमैको जीवन्त कथा सुन्ने र क्यामेरामा कैद गर्ने एउटा टोली पनि आउने हल्ला चलेको छ। टोलीले नगद रकम पनि केही दिन्छन् भनेको सुन्ने बित्तिकै निकै दिन हराएको खत्रीनी आमैको कान्छो नाति पनि आएको छ रे। गुरुबाले झाँको झारेछन्। लवस्तरो,धन्धुकारी पनि भने रे। रम नभई हुँदैन रे उसलाई। "गोठालाहरूको दिन अब राम्रो आउँछ जस्तो जोखाना आयो"भनेर गए रे कम्युनिस्ट पार्टीको नेता मुग्धबोध चापागाईंले।दुईजना कमरेड पनि लिएर आएका थिए रे।

*******

*कृपया महिलाहरूले पनि यसैलाई निमन्त्रण ठानिदिनुहुन गोठाला सम्मेलनले अनुरोध गर्यो।

जय गोठ,जय गोठाला;

गोठालो अन्तरे 

मिरीछपडी

गोठालो भगीरथलाई "गोठ रत्न"पुरस्कार

 गोठालो भगीरथलाई "गोठ रत्न"पुरस्कार

 ********************

अमेरिकाको मोरङ्गे विश्वविद्यालयले भगीरथलाई गोठरत्न पुरस्कार दिने निर्णय गर्यो गऱ्यो।त्यो के पुरस्कार हो,के वस्तु हो,पाए के हुन्छ, भगीरथलाई केही थाहा छैन्। चाँजो मिलाउने हाल दिल्ली बस्ने गोठको उक्कील बाको नाति बिस्ने थपलिया। गोठैमा हुर्किएको।


भगीरथले बाँसुरी बजाएर बेलुकी गाई गोठमा बोलाउन सक्छ।बाँसुरी बज्यो कि सबै गाई वस्तु गोठ फर्किन्छन्।त्यो धुन उसैले रचेको।त्यो धुन बारे मोरङ्गे विश्वविद्यालयले सोध गऱ्यो।छक्क परे उनीहरू।"रिएली भगीरथ दा ग्रेट" भने!


जस्तै पनि दुध लुकाउने गाईलाई गीत गाएर पघार्न सक्छ भगीरथ।त्यो गाउने गीतको बोल स्यानो स्वरमा हुन्छ,अरूले बुझ्न सक्दैनन्।जस्तै - हाम्री गौरी आमा लै लै ला।

    अब दुध देऊ

     नुन चाटी लेऊ

     हरिमाया भागिन्

     मेची पारी लागिन् 

     तिहारमा माला

     के हो तिम्रो चाला।

यसमा गीतको शब्दको भन्दा गाउने तरिकाले नै गाई मुग्ध भएर दुध दिन थाल्छन।अरु कुनै गोठालाले यो गाई पघार्ने किटिप सिक्न सकेनन्।छन्द , लय र वेशभूषाले गाई वस्तुलाई बोलाउने कला जान्ने भगीरथलाई "गोठ रत्न पुरस्कार"दिन अमेरिकाको मोरङ्गे विश्वविद्यालवाट चारवटी पशु विज्ञानीलाई हेर्ने सारै रहर गोठाला र महाजनहरुको।सबै इंग्लिश बोल्ने।हैट!भन्यो गोठालो गोरे कान्छाले।


गोदारनी आमैले सबै गोठाला र महजनहरूलाई नम्र भएर उत्ताउलो नहुन,विदेशी केटीहरुको आँखामा हेरी न रहन,बार बार आँखामा नहेर्न आदि प्रशिक्षण दिँदै हुनुहुन्छ।गोठाला प्राय सबै अविवाहित छन् र प्रेम लहरी गाउन जान्दछन्।एउटा प्रेम लहरी र बाँसुरीको धुन भगीरथलेनै गाउने निर्णय भयो।स्वर उस्को सारै राम्रो।मुसुक्क हाँस्दा आँखा चिम्रो हुन्छ। दाँत मोती जस्ता।सुर्ती खाँदैन।बेला बखत गोठैमा उम्रिएर सुकाएको गाँजा तानेर हाँसेको हाँसै गर्छन मिलेर सबै।


पाख्रिङ झाँक्री बाबैले एउटा धामी पोसाकमा काम्दै फलाकेको दृश्य पनि अनुष्ठानमा छ तर थान नबनाई उनी ढेंग्रो बजाउँदैनन्।धुपौरे थारु कान्छो।एउटा गोठालाले ढेंग्रो साथै काँसको थाल पनि बजाउनु पर्ने।"दिउँसो धामी कामदैनन्, हैट"भनेर गयो ठूलो भाईले।


सबै भन्दा आकर्षण पहलमान देखिने खबतरी साइँलाले एक वर्षको कथुरे बहर काँधमा बोकेर गोठ घुमाउँछ।सानै देखि बोक्ने बानी गरेको हुँनाले आज कथुरे बहर र खबतरी साइँलाको दोस्ती छ।बहरलाई अघिल्लो दिन नदीमा लगेर नुहाउने काम गोठालो कन्ठे,जनके र निरौला बाहुन दाई।यो दृश्यले पक्कै पनि अतिथिहरू रमाउने छन्।


सबै गोठालाहरुलाई आ - आफ्नो माजनहरुले नयाँ लुगा,बुटजुत्ता, कम्बरको पेटी र गोठालाकाे सरीरवाट गोबरको गन्ध नआवोस भनेर राम्रो अत्तर पनि जीउमा छर्ने काम काली दिदीको।काली दिदीले बेरेर तान्ने सुर्तीको तलतल भएको खण्डमा एउटा पोकोमा लङ्ग र इलाईचि बोक्ने सल्लाह दिनुभयो वृन्दावननी आमैले।


मोरङ्गे विश्वविद्यालयले पुरस्कार तैयारीको निम्ति अग्रिम रकम भा.रु एक लाख दिएको र त्यो रकमको ३०,०००/ उक्कील बाको नाति बिस्नेले झ्याप पारेको भन्ने हल्ला चलेको छ।बिस्नेले सबैको अगाडी एउटा कसम खाएर रिसाई दिए सब ठण्डा हुन्छन् भनेर भन्नुभयो उजुरे बाबैले।बिस्नेको भएर बोल्ने ४ जना गोठको माजनहरूलाई भनेर रम चार बोतल दुईदिन अघिनै बिस्नेको माध्यमवाट गोठ पुगेको कुरा गरिन् फयरमान बाबैका कान्छी सिरिमतीले।हक्की छिन् उनी।


यो गोठ रत्न"पुरस्कारमा भ्रष्टचारको बक्रपथ पक्कै चलेको छ भनेर गए श्रीमान भीम बहादुर सुतार कार्की बाबैले।


यो अनुष्ठानमा सबैलाई निम्तो रहेपनि ब्रह्मपुत्र खोला तर्नु परेको हुनाले नदी तर्न डराउने, हाते डुङ्गामा चड्न डराउने व्यक्ति कृपया न आउन हुन अनुरोध गर्दछौँ।अङ्ग्रेजी २ जनवरी २०२५ मा हुने अनुष्ठानमा सबैलाई निम्तो रह्यो।


आउनुहोस,एउटा यस्तो एक विश्वप्रसिद्ध,होनहार गोठाला भगीरथको

गोठ रत्न"पुरस्कार अनुष्ठान सफल बनाएर हाम्रो पुर्खाको गोठ पालन दस्तावेज विश्व दरबारमा लिएर जाउँ।साथै "गोठ"शब्द पनि गोर्खालीले पेटेन्ट र ट्रेडमार्क भनेर सबैलाई ज्ञात गराउँ।

जय गोठ ।जय गोठाला।

**

गोठ उन्नयन समितिको भएर

गोठालो अन्तरे र बाहुन नानी

माइला माज र ढुंगाना माजन

काली दिदी र श्रीप्रसादनी आमै

**

वि:द्र: सुगरको बीमार रहेका महानुभाव हरुलाई बिना चिनीको ढकने र खीरको व्यवस्था पनि छ।कृपया अग्रिम सूचना दिन अनुरोध गरियो।जाडोको मौसम हुनाले ओड्ने कम्बल या चादर पनि पनि लिएर आउन अनुरोध गरियो।

फोटो सौजन्य:कवि श्रीमान भीम धमला।

गोठको कविता

 https://www.facebook.com/share/p/pZYG6sXkXksyuY3k/

लीलबादुर सरको अन्तर्वार्ता

 https://www.facebook.com/share/v/UPdAhFgSXdMw9GPv/

 https://www.facebook.com/share/v/GZQNbwSunfNw9j59/

गजल

 प्रेम शरीर,माया आत्मासँग जोडीएको हुन्छ भन्नुहुन्थ्यो गुरुबा

परिभाषा नबुझ्नेहरुकोविबाह तोडिएकोहो भन्नुहुन्थ्यो गुरुबा



विषय चिन्तन नगरी डेटिङ फेटिंग गरेर माया गर्छु भन्नेहरु परे खाडलमा कठै

त्यसैले त जीन्दगी पल पलमा मोडीएको भन्नुहुन्थ्यो गुरुबा।


हामी रुक्मिणी र श्रीकृष्ण जस्तै युग युग प्रेम गर्छु भन्नेहरु

गहन अध्ययन नै नहुँदा जोडी फोडीदएको भन्नु हुन्थ्यो गुरुबा


चखेवा र ढुकुर जोडी जस्तै हामी,भनेर बजार बजार हिँड्नेहरु

अहिले आफ्नै आफ्नै घरमा एक्लै छोडीएको भन्नुहुन्थ्यो गुरुबा


हेर,निकैको त मायाजोडी युगयुग निरन्तर चलिरहेको छ अन्तरे

त्यो प्रेम र मायालाईनै पक्का गोडीएको माया भन्नुहुन्थ्यो

 गुरुबा

 

बसाँईको कथाले छाएका

 बसाँईको कथाले छाएका हाम्रा प्यारा गुरु

अतृप्तको कथाले रमाएका हाम्रा न्यारा गुरु

ब्रह्मपुत्रको छेउछाउ लेखेर साहित्य सम्मान पाउने उनी

सदा जीवी सदा सुखी रहुन् हाम्रा प्यारा गुरु।


तीन दशक र बीस अभिव्यक्ति कथा लेख्नुभयो

प्रतिध्वनिहरु विस्मृतिका ब्यथा छेक्नु भयो

रेडियो नाटक लेखेर नदी झै किनार छोई छोई 

निबन्ध सिमलको भुवामा सबै देख्नु भयो।


पुरस्कारको कथा भनेर सायद सकिँदैन होला

भानु,मदन र जगदम्बा गनेर सकिँदैन होला

आसाम सरकारको साहित्यिक पेन्सनले पनि विभूषित

प्रभु ईश्वर गुरुलाई आफ्नो ठानेर सुस्वाथ्य राख्नु होला।


हज्जारौं चन्द्रमाको ज्योतिले उज्यालो पारी दियोस्

पारिजात जस्तो सुगन्धले मगमग छरी दियोस् 

सबैको कामना नै यस्तै छ हे प्यारा गुरुबर!

हरेक पाइलामा कोमल स्थान विधाताले गरी दिओस

कान्छाको गुनासो *************

 कान्छाको गुनासो

*************

"केही नलेखी केही नगरी मरीदैन होला",भन्छ भाइ

केही गाउनु पर्छ दाजु, लेख गीत,बरु खाइ नखाई

यस्तो भन्दै काव्य साधना गर्ने,रहर पालेको छ उस्ले 

गाउँछ कान्छोले गोठाले गीत अब ,लेख्ने उसैको दाइ !!

*******

गोठाले गीत

*********

कुन खोलाको पानी पिउँछौ कुन खोलाको पानी 

मुहार तिम्रो साह्रै फटिक ,सारै राम्रो बानी 

*****

गोठालो अन्तरे 

मिरी छपडी

नियति

 नियति

*****

भित्री गाउँ

बादलले ढाकेको जुनेली रात

परवाट छायाँ देखियो--

दुईवटी महिला

एउटी कुमारी केटी

एकजना वृद्ध

आएजस्तो,लुखुरलुखुर 

पछिपछि एउटा कुकुर पनि छ

अँध्यारोमा छिमेकीको घरको

तगारो खोलिएको आवाज आयो।


पाहुना हुन या छिमेकी 

थाहा पाइएन परवाट !!

सुन्दैछु

गोदार बाको नाति ड्रग खाएर

सधैँ घरमा उत्पात गर्छ रे

फेरि सुन्दैछु

आज गर्ल फ्रेन्ड लिएर घर भित्रिएको छ रे!

रिलेसनसिप भन्ने वस्तुसँग थियो रे!!

कतै छिमेकीमा

बास माग्न आएका त हैनन् उनीहरू।!!!!!

***

पुरुषोत्तम उपाध्याय दाहाल 

गुवाहाटी ,असम 

25/05/2024

केही/कोही टुट्छ जब शक्ति उत्पन्न हुन्छ

 केही/कोही टुट्छ जब शक्ति उत्पन्न हुन्छ

*********************

टुटेको राम्रो 

फुटेको झन् राम्रो 

हुत्तिएको मनले पुनः

हौसला दिन्छ

किनकि-

जब कुनै चीज टुट्छ त्यहाँ शक्ति उत्पन्न हुन्छ

टुटेँ भनेर दुःख नगरौँ भन्छ ,गोठाले कान्छा

महाशक्तिमा शक्ति परिवर्तित हुन्छ

जतिजति कसैले 

अपमान र अन्याय गर्छ

त्यति त्यति भीमकाय हुन्छ हेपिने मनुवा!

ऊ ईश्वर बन्छ।

बिर्खे भन्छ:

शक्तिले धमनी तेज गर्छ

असत्य र असुरलाई 

पराजित गर्छ।

हर्के भन्छ:गोठको गोठालाको फर्मुलानै

यही हो-

अन्यायले बनाएको सुनको महल पनि

शक्ति र सत्यमा ढल्न सक्छ।

गोठालो रने आएर प्याच्च भन्यो:

"सत्यमेव जयते"!

सुनेर भगवान बुद्ध मुसुक्क हाँसे!!!

अरु भिक्षुहरूले

६-अक्षरको मन्त्र

"ॐ मणि पद्मे हूँ "जपे

अंगुलिमाल डाकू

बुद्ध बने !

केही शत्रु र डाका पनि

बुद्ध बने।

कोही हराए।कोही भागे

न अस्त्र चल्यो न युद्ध भयो!!!

भ्रष्टाचारले डाडाँ काट्यो

जनता रमाए!

देख्दा देख्दै सत्यले शंखनाद गऱ्यो

सबै गोठालाले गोठमा डाङ्गग्रे भाके

कीर्तन पनि गरे।

खुब रमाए।

******

पुरूषोत्तम उपाध्याय दाहाल 

गुवाहाटी

31/5/2024

एक सिङ्गो इतिहास बोकेर हिड्ने व्यक्तित्वको स्वर्गारोहण। हार्दिक श्रद्धाञ्जली

 एक सिङ्गो इतिहास बोकेर हिड्ने व्यक्तित्वको स्वर्गारोहण।

                      हार्दिक श्रद्धाञ्जली 

******************************************

सन् 1989 मा मेरो उमेर लगभग 22 वर्ष।पहिलो जागीर असमको तिनसुकिया जिल्लाको उदयपुर भन्ने ठाउँमा भयो।बैंकको एउटा स्यानो शाखा थियो।निकै परीक्षाहरू दिएर बैंकमा जागीर भेटेको।आमा बुबा दुवै सारै खुशी हुनुभयो।


जागीर गर्न रवना हुनेदिन आमाले भन्नुभयो"त्यहाँ उदयपुरमा फाम्फेका दुलालको घर छ,अभर परे अलिक दिन उतै बसे हुन्छ।हामी बर्मामा सँगै थियौँ।"एउटा प्रेमले बाँधिएको अगाध सम्मन्ध।

म प्राय:जाने गर्थेँ वहाँहरुको घरमा।मलाई देख्ने साथै दुलाननी आमा मेरो गाला सुम्सुम्याउन आउने।हाम्रो परिवार र वहाँहरुको परिवार बर्मामा वल्लो गाउँ पल्लो गाँउ भएता पनि हाम्री आमा र दुलालनी आमै सँगै ओइरावति नदीमा पौडी खेलेका भन्नु हुन्थ्यो।वहाँहरू अलिक पछि भारत आउनु भयो।हाम्रा बुबाहरू दोस्रो विश्वयुद्ध ताक आउनु भयो।


"सारै दुःखले दिन कट्यो बर्मावाट आएपछि"निकैदिन मकै खाएर गुजारा गरौँ"भन्नु हुन्थ्यो दिवङ्गत नारायण प्रसाद दुलाल बुबा।नानी केटाकेटी जन्मिए।परिवार बढ्यो तर संघर्ष घटेन्।छोराहरू जागीर गर्ने भए।मसँग भेट हुँदा सधैँ विगतको इतिहास भन्नु हुन्थ्यो।हाम्री आमा पनि कहिले काँही उदयपुर आउँदा दुलालबाकोमा बसेर युद्ध र विगतको कथा याद गर्नु हुन्थ्यो।


प्रेम निरन्तर सरेर जाने गर्दो रहेछ।हामीलाई सबैले बर्मेली भन्ने गर्थे। हाम्रो निरंतर माया देखेर सबै छक्क पर्थे।बृद्ध पेन्सन लिन बैंक जानु हुन्थ्यो दुलाल बुबा।मलाई नदेखे फर्केर आउने।


अचानक सन् 2022 मा "वर पिपल" रम्बास कविताको जसमा भारत लगायत विभिन्न देशमा रहेका लगभग ९४ कविवर्गको कविता सङ्कलनको प्रकाशक हुन हामी दुई दाजुभाइलाई इच्छा जाग्यो।हामीमा पछि पुस्तक लिएर बर्मा आफन्त भेट्न जाने पनि सल्लाह भयो।पुस्तकको सम्पादना गुरुवर देवीचरण सेडाईँ र वरिष्ठ कवि श्रीमान मिलन बोहोराज्यूले गर्नुभयो।लोकार्पण पनि उदयपुरमा गर्ने सल्लाह भयो।खडानन्द दाजुले केही ईच्छा जाहीर गरे म हुन्छ भन्ने र मैले केही भने वहाँ नाई नभन्ने।हाम्रो प्रेम निरन्तर छ।


नेपाल सिक्किम, पश्चिम बंगाल लगायत आसामका विभिन्न प्रान्तका कवि काव्यकारहरू भेला भएर लगभग १४ वटा पुस्तकको लोकार्पण भयो।बस्ने,सुत्ने, खाने प्राय: सबै कुरा खडानन्द दुलालज्यूको घरमै गरिने सल्लाह भयो। दुलाल परिवार साथै त्यहाँको समाजले मन खोलेर अतिथिको आतिथ्य गरे।स्वर्गीय स्व:हरिभक्त कटुवाल पनि दुलालजीकै घरकै छेउमा उहिले शिक्षाकता गर्दा बसेको हुनाले उहाँको पनि स्मृति तर्पण गरियो।कविता वाचन गरियो,वहाँको गीत पनि गाइयो।दुलाल बुबावाट निकैले युद्धको र बर्मा र भारत यात्राको कथा सुनेँ।दुलाल्नी आमा खसेको लगभग दुई वर्ष भएको थियो।दुलाल बुबाले एक्लो भएको महसुस गर्नुभएन। वरिपरि छोरा छोरी,नाति नातिना बुहारी, एक सुन्दर परिवेश।म पनि परिवार लिएर उदयपुर पुगेँ।


दुई दिने एक भव्य अनुष्ठान। सबै रमायौँ।आतिथ्यको एक नमुना प्रदर्शन गर्नुभयो दुलाल परिवारले।


आज नारायण प्रसाद दुलालको बैकुण्ठ यात्राको खबर सुनेपछि हामी सबै मर्माहत भएका छौं। उहाँको बैकुण्ठमा बास होस् भन्ने हामी ईश्वरलाई प्रार्थना गर्छौं। यो दुःखद घडीमा दुःख सहन गर्ने शक्ति प्रभुले समस्त दुलाल परिवारलाई प्रदान गरून्। 


एक सिङ्गो इतिहास हुनुहुन्थ्यो नारायणप्रसाद दुलाल।कतिले इतिहास पढे म जान्दिन मैले चाहिँ उहाँको इतिहास साह्रै नजिकबाट पढेको छु र अब लेख्ने पनि प्रयास गर्ने छु। पुनःदिवङ्गत आत्मालाई हार्दिक श्रद्धाञ्जली। 


हामी दुई भाइको बर्माको राजनैतिक परिस्थिति साम्य भए पछि 8/10 जना साहित्यकारको टोली लिएर बर्मा जाने निर्णय कायम छ।बर्मामा "श्याम लक्ष्मी फाउन्डेसन"ले सम्पूर्ण बर्मामा भएका गोर्खाली टोल घुमाउने र आतिथ्यको निमन्त्रणको कमण्डलु पठाई सक्नु भएको छ।

*******

पुरुषोत्तम उपाध्याय दाहाल 

साथै सम्पूर्ण दाहाल परिवार।

हाल बेलतोला ,गुवाहाटी, असम।

3/6/2024

हे कलि!धपक्क बलि"

 हे कलि!धपक्क बलि"

***************

"शान्त बसेर हेर

नबोल,

सानो हौ,

चुप्प लागेर रमिता हेर"

भनेर गयो खत्री कान्छा!!!

"अब

रमिता हेर्ने दिन छ 

प्रभुले निर्णय गर्छन"

भनेर गए ढुङ्गाना जेठा।

"म" भन्ने शब्द खतरा हो 

विनाश गर्छ यस्ले"

भनेर गईन काली दिदी।

"विनाश काले विपरीत बुद्धि"

भनेर जानुभयो गुरुबा।

"यो धरती कस्ले बनायो

कलको पानी रक्सी गनायो"

भनेर गए मुक्तान जेठा।


अङ्ग्रेजीमा" हु आर यू " भनेर गए

माजन जेठा।

"गाउँमा सबै ज्ञानी भएका छन् 

तर

सकेनन् कसैले दुष्कर्म पचाउन"

भनेर गईन खत्रिनी आमै"!

"सुनारेको सय चोट 

लुहारेको एक चोट "

भनेर गए गोले बा।

गाउँमा भागवत पुराण चल्दैछ रे!

कृष्ण भए निरोला माइला 

रुक्मिणी भइन् मञ्जरी 

विबाह उत्सव मनाए!

नयाँ र ताजा समाचार भाइरल भई रहेको छ गाउँमा!

निरोला माइला र मञ्जरी

भागेर

वृन्दावन पुगे रे!

कसैले

हल्ला चलेको भने!

कसैले"ओरिजिनल विबाह नै पो श्रीकृष्ण र रुक्मिणीको"

साक्षात् देखियो" भनेर खुसुक्क भने।

"तै चुप मै चुप" भने दाहाल बाबैले।

तर

"दुवै गाउँमा छैनन 

दुवैको मोबाइल स्विच अफ छ "

भन्ने खबर ल्यायो

दोकाने काइँला ले!

राधे कृष्ण 

राधे कृष्ण,भने

सबै गाउँका मान्छेले।

बेलुकी कथाको महात्म भनेनन् गुरुले!

"कठै! हाम्रो समाज!

कठै! यो जनता,मेरो कथा ब्यर्थै गयो "भन्दै

गुरुले "हे कलि धपक्क बलि"

भन्नुभयो भन्ने हल्ला चलेको छ!

"महाभारत अर्जुनको गीता 

हेर हेर घरगाउँको रमिता"

गाना बज्यो भगीरथको मोबाइलको रिङटनमा!!!

****

पुरुषोत्तम उपाध्याय दाहाल 

गुवाहाटी

31/5/2024

विधिसम्मत जानकारी

 विधिसम्मत जानकारी

****************

(काव्य पढ्न/सुन्न स्वास्थ्यको निम्ति लाभदायक छ)

*********************************

लेख्ने काव्यकार,पढ्ने पाठक

मन रमाउँछ,आनन्द आउँछ,भुल्लिन्छन केहीपल

अन्तरङ्ग आलाप हुन्छ

मिठो निन्द्रा लाग्छ

भोक पनि लाग्छ,भन्नुहुन्छ गोठको गिरी बाबै

काव्य पढ्न/सुन्न स्वास्थ्यको निम्ति लाभदायक छ।


गोठको गोठालो जनकेले गीत गाएर

केटी फकायो,सिन्दुर पोते गऱ्यो केटाले।

कान्छाले गजल गायो 

केटी आँफै गोठमा आईन,मायालु भन्दै।

बुढेस कालमा बालन गाउँने माइला माजन 

दोस्री बुढी भित्र्याए बुढा मान्छेले गोठैमा।हैट!

"कान्छी आमा आईन भनेर"रमाए नानीहरू!

काव्य पढ्न/सुन्न स्वास्थ्यको निम्ति लाभदायक छ।


रुखको पत्ता ओठमा राखेर गीत बजाउने खत्री कान्छो

पीछा गरे कुमारी कन्याहरुले

उपहार दिइन गोलेबाको छोरीले "कुसुमे रुमाल "

पाऱ्यो जालमा खत्री कान्छाले

भयो जनै सुपारी! भित्र्यायो बेहुली!

काव्य पढ्न/सुन्न स्वास्थ्यको निम्ति लाभदायक छ।


लेख्ने र गाउँनेले दिनरात गरेर लेख्छन्,गाउँछन् 

कष्ट गर्छन

अहोरात्र एकाकार गर्छन् 

घर लथालिङ्ग पार्छन् 

अरुको सवाथ्य सपार्छन् बरु

आफ्नो स्वास्थ्य बिगार्छन् कठै!

काव्य पढ्न/सुन्न स्वास्थ्यको निम्ति लाभदायक छ।


पढ् कान्छा पढ्

पढ् अन्तरे पढ्

पढ् हर्के पढ्

पढ् वीरे पढ्

तर किनेर पढ् 

कसैले पुस्तक उपहार दिए

झन् टन्टा साफ!तर पढ कान्छा पढ

पढ्नेको आनन्द तिमीहरू लिनु

लेख्नेको दुःख काव्यकारलाई दिनु

पुस्तक पढी धरातलमा रुझ्ने को छर?

काव्यकारको दुःख यहाँ बुझ्ने को छर!!

काव्य पढ्न/सुन्न स्वास्थ्यको निम्ति लाभदायक छ।

********

गोठालो अन्तरे 

धौला - सदिया 

2/6/2024

मेरा प्यारा 10k श्रोतालाई प्रणाम

 मेरा प्यारा 10k श्रोतालाई प्रणाम

      **************************

10K माया दिनुभयो,प्रणाम गरेँ मैले

जवाब मैले कसरी दिउँ बोली छैन अहिले


कुनैदिन अनलाईनमा धन्यवाद दिन्छु

भुलचुक केही हुनगए माफी मागी लिन्छु


गोठालो हुँ,गोठमा बस्छु, कविता पनि कोर्छु 

बिहान पख गौ सेवामा,अनि गोबर सोर्छु 


तातो घाम,झरी बतास, सँगै सँगै हिँड्छन्

पशु प्राणी लौ लौ भन्दा निमक खान भिड्छन।


यस्तै कथा लिई आउने अन्तरे हो नाउँ

जन्म मेरो आसामको बोकापथार गाँउ।

**********

गोठालो अन्तरे 

गुवाहाटी, असम

गजल

 "गोठाले गजल"लेख्न भन्छ हाम्रो कान्छो भाइ 

सबै कुरा लेख्ने गाउने गोठाला हाई! हाई!

सबै सिप जान्न पाए गरि खाने मेलो 

गजलमा भाइ गुरु ,दाजु भयो चेलो ।

****

मेरो पहिलो गोठाले गजल लेख्ने प्रयास:

*****

मेरो मनमा फिजिँएको कथा सुन्न आऊ

व्यर्थै तिमी अन्तरेलाई दोष नलगाऊ 


दोधारमा नौका पल्टाई सोत्तर पारी गयौं

आएको त्यो बाटो हुँदै फर्किएर जाऊ 


विरहको नाप तोल गर्न मुटु छामी हेर

उत्तरार्धमा आई तिमी भाउ नदेखाऊ


पूर्बार्धमा चमेलीको फूल दिएर गयौ

तिमीलाई नै मुटु दिन्छु सकेसम्म पचाऊ 


वृन्द्रावनमा राधा छिनरे सवाल जबाफ गर

राधाजीलाई सोधे हुन्छ मायाको त्यो भाउ 


वेदनाको भाषा छैन पोख्नुकि त ढाक्नु

सुकेको छ घाउ अहिले फेरि नकोट्याऊ


मेरो मनमा फिजिँएको कथा सुन्न आऊ 

व्यर्थै तिमी अन्तरेलाई दोष नलगाऊ ।

**

गोठालो अन्तरे।

23/5/2024

घनघन मादल कीर्तनमा बज्दैछन्

 एउटा सानो प्रयास।

गोठको गोठाले गीत

*****************

घनघन मादल कीर्तनमा बज्दैछन् 

झनझन गोपिनी निधीवन सर्दैछन

भालेको डाकमा अचानक विउँझिए

पोथीले छोपेको चल्ला त्यी सम्झिएँ ।


डाक्टरले छातीको एक्सरे गराए

रिपोर्टमा प्रेमरोग छर्लङ्ग देखाए

हनहन ज्वरोले कान्छीलाई सुतायो

खनखन पाउजुले अचानक उठायो।


धकधक धड्कन बढेर जाँदैछ

भकभक प्रेमले मुटुलाई खाँदैछ 

रुक रूक रुक्मिणी चिठीमा कृष्ण छन्

राधालाई भेट्न लाई तृष्णा नै तृष्णा छन्।


गोठालो अन्तरे 

(पुरूषोत्तम उपाध्याय दाहाल)

1/5/2024

वाद्ययंत्र अकॉर्डियनमा : भातृ प्रतीम श्रीमान पिनाक पाणी गोस्वामी

हल्ला चलेको छ

 हल्ला चलेको छ

************

अध्याय नै अध्याय भएको श्रीमद् भागवत

केही सहरमा,केही गाउँमा

एक अनन्त आनन्द

निद्राको ओसधी खाने व्यक्ति

भागवत कथा सुनेर 

ओसधी बेगरनै

भुसुक्क निदाएको हल्ला चलेको छ ।

उता

गाउँको प्रत्येक घरको एक एक

युगौँ युगका कथा रहेछन्

गाथा रहेछन्।

भागवत कथा सुनेर केही काव्यकार

गाउँको संघर्षको कथा

लेख्दैछन् भन्ने 

हल्ला चलेको छ।


कथा भन्ने गुरु

कथा लेख्ने काव्यकारहरू 

कथा सुन्ने जनता

एउटै मञ्चमा उभिएर

रुक्मिणी विवाहको दृश्य हेरेर, फूल बर्साएको

हल्ला पनि चलेको छ।

******

पुरूषोत्तम उपाध्याय दाहाल 

31/3/2024

गोठको गोठाले गीत

 गोठको गोठाले गीत

**********

हुँदैन बिहान गोठमा सबै गोठाला नभए

बन्ने छ गोठ सुन्दर भव्य घोटाला नभए।।

माजन हाम्रा सारैनै राम्रा ओलन पिउँछन्

धनिक कोही रक्सी र जाँड प्रेममा जिउँछन्।


हजुर प्रेममा जिउँछन्।।


नभको तारा के तारा होला उज्यालो नछिरे

गोर्खाली भनौँ कसरी अब खुकुरी नभिरे

नदीको तट सुरु र अन्त जीवन यस्तै छ

गोठाले कान्छी गोठमा बस्छिन् चुल्ठोमा रिबन छ।

राजै!चुल्ठोमा रिबन छ।

******

गोठालो अन्तरे।

बि: द्र: केही शब्द श्रृंगार गरिदिनु हुने कवि प्रेम नेउपाने प्रहर गुरुलाई हार्दिक धन्यवाद।

किन कसैलाई हेर्न मन लाग्छ ?

 किन कसैलाई हेर्न मन लाग्छ ?

*********************

कान्छा!

हिजोआज मोबाइल छ

भिडियो केमेरा छ

देश विदेशमा कुरा गर्न सकिन्छ

सबै साधन छ

र पनि

किन कसैलाई हेर्न मन लाग्छ??

किन कसैलाई भेट्न मन लाग्छ??

किन कसैलाई अँगाल्न मन लाग्छ??


मर्ने अघि हजुरबाको नाति नातिना हेर्ने ईच्छा 

हजुरआमाको नातिनी बुहारी हेर्ने मन

अनेकौँ छन् ईच्छाहरू

उमेरले नेटो काटेको छ

देख्ने र हेर्ने मन अनन्त छ

किन कसैलाई हेर्न मन लाग्छ??


बिदेश गएर मालामाल भएको छन् कोही

अन्तमा बुढो हुँदा

जन्मथलो जान र वाल्य सखा हेर्न खोज्छन्

रुख हेर्न खोज्छन्

खोला हेर्न खोज्छन्

घरको मह खान खोज्छन् 

त्यहीँ अन्तिम यात्रा गर्न पनि खोज्छन्

तर

भन्न सक्दैनन्।

कान्छा!किन कसैलाई हेर्न मन लाग्छ??


बाँझो खेत छोडेर गएको थियो ऊ

अहिले झन् बाँझो देख्छ

खेतको अन्न खान खोज्छ

बारीको सब्जी खान खोज्छ

खोलाको माछा खान खोज्छ

तर 

कान्छा!

किन हिजोआज 

कोही कोही नेता छोडेर 

बाँकी सबथोक हेर्न चाहन्छन् ?

मैले सोचेर पार पाइन 

तँ भनिदे कान्छा!

किन कसैलाई हेर्न मन लाग्छ??

किन कसैलाई भेट्न मन लाग्छ??

किन कसैलाई अँगाल्न मन लाग्छ??


***

पुरूषोत्तम उपाध्याय दाहाल

4/2/2024

किन कसैलाई हेर्न मन लाग्छ ?

 किन कसैलाई हेर्न मन लाग्छ ?

*********************

कान्छा!

हिजोआज मोबाइल छ

भिडियो केमेरा छ

देश विदेशमा कुरा गर्न सकिन्छ

सबै साधन छ

र पनि

किन कसैलाई हेर्न मन लाग्छ??

किन कसैलाई भेट्न मन लाग्छ??

किन कसैलाई अँगाल्न मन लाग्छ??


मर्ने अघि हजुरबाको नाति नातिना हेर्ने ईच्छा 

हजुरआमाको नातिनी बुहारी हेर्ने मन

अनेकौँ छन् ईच्छाहरू

उमेरले नेटो काटेको छ

देख्ने र हेर्ने मन अनन्त छ

किन कसैलाई हेर्न मन लाग्छ??


बिदेश गएर मालामाल भएको छन् कोही

अन्तमा बुढो हुँदा

जन्मथलो जान र वाल्य सखा हेर्न खोज्छन्

रुख हेर्न खोज्छन्

खोला हेर्न खोज्छन्

घरको मह खान खोज्छन् 

त्यहीँ अन्तिम यात्रा गर्न पनि खोज्छन्

तर

भन्न सक्दैनन्।

कान्छा!किन कसैलाई हेर्न मन लाग्छ??


बाँझो खेत छोडेर गएको थियो ऊ

अहिले झन् बाँझो देख्छ

खेतको अन्न खान खोज्छ

बारीको सब्जी खान खोज्छ

खोलाको माछा खान खोज्छ

तर 

कान्छा!

किन हिजोआज 

कोही कोही नेता छोडेर 

बाँकी सबथोक हेर्न चाहन्छन् ?

मैले सोचेर पार पाइन 

तँ भनिदे कान्छा!

किन कसैलाई हेर्न मन लाग्छ??

किन कसैलाई भेट्न मन लाग्छ??

किन कसैलाई अँगाल्न मन लाग्छ??


***

पुरूषोत्तम उपाध्याय दाहाल

4/2/2024

व्याकरण र आचरण

 व्याकरण र आचरण

****************

हाँसेर उसले भन्यो

"भोलिवाट म हजुरलाई हेर्दिन!"

उनी छक्क परिन्!

"किन यस्तो भन्नु हुन्छ हजुर"

उनीले भनिन्!

छेवैमा बलभद्र गुरुबा हुनुहुन्थ्यो

मुसुक्क हाँसेर गुरुले भन्नुभयो -

उस्ले भन्न खोजेको -

"भोलिबाट हजुरसँग भेट नहुन् पनि सक्छ"

ऊ झसङ्ग भयो ,उनी कुरा बुझेर अब रिसाईनन्

बलभद्र गुरुबाले पुनः भन्नुभयो

यही हो व्याकरण र आचरणको फरक!!!

"व्याकरण पढेर मात्रै हुँदैन नानीहो!

बोल्न पनि सिक्नु पर्छ!"

गुरुबा गोठतिर लाग्नु भयो!

व्याकरण रमायो!आचरण सर्मायो!

शुद्ध प्रेमको कविता लेखे गोठालाहरुले।

वाचन गरे माजनहरुले।

**********

पुरूषोत्तम उपाध्याय दाहाल

मिरी चपडी

गुवाहाटी

31/01/2024

सावधान!हजुर कविको नजरमा हुनुहुन्छ!

 सावधान!हजुर कविको नजरमा हुनुहुन्छ!

*******************************

नाङ्गो देखेका छौँ र त

गरिबीको कथा लेख्छौँ 

भोको देखेको छौँ र त 

भ्ररष्टाचारको बिरोधमा बोल्छौं 

रुखमा पिङ्ग खेलेका छौँ र पो त

रुखको कविता लेख्छौं

अनेकौँ छन् चौतर्फी नजर कविका

फरक पर्दैन कुनैपनि कविलाई, तिमी के गर्छौ भनेर!

कसैले वेतन दिएको छैन कविलाई

रमाएर लेख्छ ऊ 

न कसैले प्रभाव पार्न सक्छ

न कसैले रोक्न सक्छ

कुनै न कुन पुस्ताले अवश्य पढ़ला!


हाम्रो नजर दोष हैन

आँफुको आँखा जँचाउनु होला हजुर!

मृत्युञ्जय हुन काव्यकार

हजुर! सी सी टीवी केमेरा

साथै

काव्यकारहरुको नजरमा हुनुहुन्छ महोदय!

राम्रो काम गरेकै राम्रो!

नत्र 

लाटो लड्छ एक बल्ड्याङग

बाठो लड्छ सय बल्ड्याङग!!!

निर्धो नठान कविलाई!

सावधान!

हजुर कविको नजरमा हुनुहुन्छ!

******

पुरूषोत्तम उपाध्याय दाहाल

27/01/2024

गोठाले कान्छाको प्रेम कथा

 गोठाले कान्छाको प्रेम कथा

********************""

दिल्ली वाट यात्रा गर्छिन कान्छी नानी ट्रेनको

गुलेली छन् कान्छा सँग मटेङग्रा छन् प्रेमको


गोठ बस्थिन् उनी सधैँ डाले घाँस काट्थीन

कान्छा पनि उतै जान्थ्यो मायाँ प्रीति गॉस्थिन

थाहा लाग्यो कान्छी घर दिल्ली पठाई दिए

भिनाजुको फौजी जागीर उतै पुर्याई दिए

दिदी सँग बैनी बस्थिन् मन चै गोठतिर

कान्छालाई लाग्न थाल्यो असाध्यको पीर

फोटो राख्छिन् कान्छाको त्यो काठको नै फ्रेमको

गुलेली छन् कान्छा सँग मटेङग्रा छन् प्रेमको।


दिल्ली वाट यात्रा गर्छिन कान्छी नानी ट्रेनको

गुलेली छन् कान्छा सँग मटेङग्रा छन् प्रेमको


दिल्ली सहर अस्पताल छन् एक से एक ठुलो

कान्छीको लौ मनको बीमार भयो धूलो धूलो

दवाई छैन बिमारीको गोठ जान्छु भन्छिन्

रेलमा जाने कुरा गर्छिन् प्रत्येक दिन गन्थिन

डाक्टरले भनिदिए मन्द गति ब्रेनको

गुलेली छन् कान्छा सँग मटेङग्रा छन् प्रेमको।


दिल्ली वाट यात्रा गर्छिन कान्छी नानी ट्रेनको

गुलेली छन् कान्छा सँग मटेङग्रा छन् प्रेमको

*****

लेखक:गोठालो अन्तरे

वाचक: गोठको माइला माजन

फोटो श्रृंगार:गोठालो कान्छो

मर्यदा पुरूषोत्तम राम

 मर्यदा पुरूषोत्तम राम

****************

तिमी जनकपुर सजाउ हामी अयोध्या सजाउछौँ 

उत्सव गरौँ मिलेर मृदङ्ग हामी बजाउँछौँ 


जन्म भई मृत्युसम्म सीताराम नै सहारा 

एक्लो छैनन् कोहीयहाँ खोला तथा छहरा 

जन्ती लिइ आउँछौ बेहुली सजाई राख्नु

वर पर घरगाउँ सबै प्रेमपूर्वक डाक्नु !

तिमी जनकपुर सजाउ हामी अयोध्या सजाउछौँ

उत्सव गरौँ मिलेर मृदङ्ग हामी बजाउँछौं।


सिलोके सबै भेला भइ भन्लान् रामको कथा

सीता मैयाको गुणगान पनि फैलियोस् यताउता

हे राम! भनि महात्माले आफ्नो प्राण त्यागे

मलामीले राम राम भन्दै श्मशानतिर लागे।

तिमी जनकपुर सजाउ हामी अयोध्या सजाउछौँ

उत्सव गरौँ मिलेर मृदङ्ग हामी बजाउँछौँ


सभ्यताको एउटा चिनो राम लला आउने

देश विदेश सबैतिर राम धुन गाउने

हरे राम हरे कृष्ण महामन्त्र हाम्रो

सबै मिली उत्सव मनाऊ माहौल हुन्छ राम्रो।


तिमी जनकपुर सजाउ हामी अयोध्या सजाउछौँ

उत्सव गरौँ मिलेर लौ मृदङ्ग हामी बजाउँछौँ।

****

पुरूषोत्तम उपाध्याय दाहाल 

गुवाहाटी 

22/1/2024

गोठका सम्पूर्ण माजन र गोठालाहरू साथै पाठकवृन्दमा माघे संक्रान्तिको उरुकाको शुभकामाना ज्ञापन गर्दै एउटा सानो गोठाले कविता। हात हेरौँ कान्छी नानी भाग्य रेखा हेर्छु ललाट तिम्रो हेर्दा खेरी भित्री श्वास फेर्छु आँखा तिम्रो कस्तुरीको नयनमनी जस्तो गाजलुको ईन्द्रधनुष रङ्ग कस्तो कस्तो। हात हेरौँ कान्छी नानी भाग्य रेखा हेर्छु ललाट तिम्रो हेर्दा खेरी भित्री श्वास फेर्छु। फराकिलो मनकी धनी डोको बोक सानो भारी बोक्दा अचानक लौ जान सक्छ गानो मन्द मन्द मुस्कानले कदम चाल्छौ तिमी चिना टिपन हेर्न लाउ साथ बसौँ हामी हात हेरौँ कान्छी नानी भाग्य रेखा हेर्छु ललाट तिम्रो हेर्दा खेरी भित्री श्वास फेर्छु। पाखुरी छन् दह्रो मेरो हलो जोत्न सक्छु रोपार तिमी अन्न बाली उब्जाउन सक्छु कन्यार्थको निम्ति अब कोही आउन सक्छन् हुन्छ भन्नु, आग्रह गरेँ,शत्रु लाग्न सक्छन्।। हात हेरौँ कान्छी नानी भाग्य रेखा हेर्छु ललाट तिम्रो हेर्दा खेरी भित्री श्वास फेर्छु। ***** गोठालो अन्तरे मिरि छपडी,धौला, तिनसुकिया, असम,भारत गोठाला र माजन परिवार: !

 गोठका सम्पूर्ण माजन र गोठालाहरू साथै पाठकवृन्दमा माघे संक्रान्तिको उरुकाको शुभकामाना ज्ञापन गर्दै एउटा सानो गोठाले कविता।


हात हेरौँ कान्छी नानी भाग्य रेखा हेर्छु

ललाट तिम्रो हेर्दा खेरी भित्री श्वास फेर्छु

आँखा तिम्रो कस्तुरीको नयनमनी जस्तो

गाजलुको ईन्द्रधनुष रङ्ग कस्तो कस्तो।

हात हेरौँ कान्छी नानी भाग्य रेखा हेर्छु

ललाट तिम्रो हेर्दा खेरी भित्री श्वास फेर्छु।


फराकिलो मनकी धनी डोको बोक सानो

भारी बोक्दा अचानक लौ जान सक्छ गानो

मन्द मन्द मुस्कानले कदम चाल्छौ तिमी 

चिना टिपन हेर्न लाउ साथ बसौँ हामी

हात हेरौँ कान्छी नानी भाग्य रेखा हेर्छु

ललाट तिम्रो हेर्दा खेरी भित्री श्वास फेर्छु।


पाखुरी छन् दह्रो मेरो हलो जोत्न सक्छु

रोपार तिमी अन्न बाली उब्जाउन सक्छु

कन्यार्थको निम्ति अब कोही आउन सक्छन्

हुन्छ भन्नु, आग्रह गरेँ,शत्रु लाग्न सक्छन्।।

हात हेरौँ कान्छी नानी भाग्य रेखा हेर्छु

ललाट तिम्रो हेर्दा खेरी भित्री श्वास फेर्छु।

*****

गोठालो अन्तरे

मिरि छपडी,धौला, तिनसुकिया, असम,भारत


गोठाला र माजन परिवार:

!

ৰাস্তাৰ কুকুৰ বুলি ভাবিলে চাগে আপুনি

 ৰাস্তাৰ কুকুৰ বুলি ভাবিলে চাগে আপুনি

আমিও ৰাস্তাৰ মানুহ

আজি আছোঁ কালি নাই

আপুনিও অমৰ নহয়, প্ৰভু ঈশ্বৰ

আকৌ কেতিয়াবা অন্য জন্তুক

খুন্দিয়াই আনন্দ লাভ কৰিব চাগে ।

এনে কাম নকৰিব হে জীৱশ্ৰেষ্ঠ মানৱ,

অনুগ্ৰহ কৰি গাড়ী লাহে লাহে চলাব।

আপুনি পঢ়া নাই চাগে,গুৰু শংকৰৰ সেই অমোঘ বাণী -

শৃগাল, কুকুৰ, গৰ্দভৰো একে আত্মা ।


ভুল নকৰিব হে সুধীবৃন্দ ,জীৱ-জন্তুৰ প্ৰতি দয়াশীল হওঁক ।   

অনুগ্ৰহ কৰি গাড়ী লাহে লাহে চলাব।


कृपया गाड़ी जरा धीरे चलायें


 लगता है की आपने नई गाड़ी ली है

आपको हमारी शुभकामनाएं है

लेकिन तेज गति से वाहन चलाते हुए

गली के कुत्ते को कुचलकर

वे भाग गए और, हम चिल्लाते रह गए


आप गायब हो गए

वो अपनी दो टूटी टांगों के साथ और खून से लथपथ पड़ा था

कुत्ते को बड़ी मुश्किल से मैंने

चंद्रपुर में स्थित सेल्टर होम ले गया।  

मैंने खर्चे भी बहुत किए

जानवर ने भी बहुत कष्ट सहा

कृपया गाड़ी जरा धीरे चलायें।


 आपकी प्राण की तरह, इसकी भी प्राण 

एक सा ही है

फिर आपको थोड़ा सा भी दर्द क्यों‌ न होता?

आप कुचलकर चलें गए, मानते है सायद आपकी भूल थी

लेकिन, उसका इलाज करने की बजाए

क्यों आप तेज रफ्तार से भाग गए

 महोदय, बेजुवान प्राणीं की हाय लगेगी

कृपया गाड़ी जरा धीरे चलाए


आपने शायद सोचा, गली का कुत्ता है ये

हम भी उसी गली के लोग हैं

आज हैं कल नहीं


आप अमर नहीं हैं, हे भगवान 

शायद

 ‌फिर कभी किसी अन्य जानवर को कुचलने का आनंद लेंगे शायद।

ऐसा काम ना करें, हे जीव श्रेष्ठ मानव

कृपया गाड़ी जरा धीरे चलाए।

शायद आपने नहीं पढ़ी, गुरु शंकर की वो अमोघ वाणी--

"कुकुर, शृगाल गर्दभरो आत्माराम"

( कुत्ता, लोमड़ी, गधों के भी आत्मा में राम हैं )


 हे महाशय, जानवरों के प्रति दया की भावना रखें


दयालु बने

कृपया गाड़ी जरा धीरे चलायें।


Account Holder : Avinava Prayash 

Account No : 4590002100006214

IFSC Code : PUNB0459000

Bank: Punjab National Bank

 Branch :Beltola

GPay :7086259508

हो!मानिसको क्रम-विकास भएको छ

 हो!मानिसको क्रम-विकास भएको छ

******************************

हजुरबाको गीलोभात पकाउने भाँडो

बेचीएको छ 

हुईल चेयर भाँचिएको छ

सुत्ने कोठाको बत्ती बिग्रिएको छ

उखुम गर्मी छ

हाते पङ्खा छ हजुबाको हातमा

हो!मानिसको क्रम-विकास भएको छ।


विवाह अनलाइनमा भएको छ

माहौल प्रेमील छ

फेसबुक रमाएका छ

फोटा देखिएको छ

आमा बाबु गोठमा छन्

विवाहको खबर गरिएको छ

गोठमा हल्ला फिँजिएको छ

हो मानिसको क्रम-विकास भएको छ।


उहिले सुर्ती र चुरोटको अम्मल हुन्थ्यो

कसै कसैको

अहिले भाङ,गाँजा अफिङ् र ड्रग्स

भेटिन्छ जताततै

सुन्यमा विलीन छौँ हामी भन्छन उनीहरु

कसैको डर छैन

आधा शरीर नाङ्गो छ

बाबु आमाको मन रोएको छ

देश नसामुक्त पार्न देशको बजेट 

दिनौँदिन बढ्दै गएको छ

तर परिस्थिति जस्ताको त्यस्तै छ 

हो!मानिसको क्रम-विकास भएको छ।


एउटा देशको विवाहित नारी

अर्को देशमा आएकी छिन्

नानी केटाकेटी पनि ल्याएकी छिन्

प्रेम भएको कुरा गर्छिन्

केटो यता अर्को देशमा 

तैयार छ आलिङ्गन गर्न

मिडियाले घेरेको छ

कथानक चलचित्र हुन् गएको छ

हो!मानिसको क्रम-विकास भएको छ।


बुहारीको जागीर एउटा सहरमा छ

छोराको जागीर अर्को सहरमा छ

कहिलेकाहीँ भेट हुन्छ

जिन्दगी मसिन जस्तो भएको छ

हजुर आमाको नाति नातिना खेलाउने रहर छ

गाउँलेहरू "उमेर ढल्कियो छोरा बुहारीको आमै!

अब नाति नातिनाको आशा नगर"भन्दिन्छन,

गाउँमा 

आमै जिस्काउने चलन चलेको छ

हो!मानिसको क्रम-विकास भएको छ।


धर्मग्रन्थको भूल व्याख्या गरिएको छ

धुवाँ ननिस्कने, पर्याबरण नबिगार्ने 

अर्जुनको धनुष र श्रीकृष्णको सुदर्शन चक्रलाई 

तोप र मिसाइल भनिएको छ

कुरुक्षेत्र भएको छ धरातल

मानिस एक्ला एक्लै बस्न रुचाएको छ

वृद्धाश्रमको माग प्रचुर भएको छ

मानिस

मात्तिएको छ

च्यात्तिएको छ

हुत्तिएको छ

आत्तिएको छ 

बोल्दैनन् ईश्वर कठै!

हो!मानिसको क्रम-विकास भएको छ।


पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, असम

11/9/2023

केही पुरानो याद र नया कुरा

 केही पुरानो याद र नया कुरा

**********************

ठाउँ राम्रो नराम्रो भन्छन कोही

मान्छे राम्रो नराम्रो भन्छन कोही

नजर दोष छ यो जीवको भन्छन अरु प्राणी

देख्न जाने सबै मान्छे राम्रो

हेर्न जाने सबै ठाउँ राम्रो

सूर्य र चन्द्र बोल्दैनन्

तर

निरन्तर छ यात्रा

थाकेको छु भन्छ मान्छे

आमा बाबु थाक्दैनन् 

नानीहरू थाकेको कुरा गर्छन्

बाटो बनाउँदा काटिएको सय वर्षको बुढो रुख

बाटोमा ढालिएको छ

एकछिन बन्द भयो बाटो

सुन्दैछु आकाशले उस्को कथा लेखेर

छापाखानामा दिएको कुरा

तर

हिजोआज छापाखाना बन्द छ रे

बजारमा कागज सकिएको हल्ला चलेको छ।


अन्तरे दाहाल

धुबुरी, आसाम

२/१२/२०२३

आमाको तस्वीर

 आमाको तस्वीर

************

कान्छा!

आज अलिकति समय निकाल 

दुइभाइ मिलेर आमाको तस्वीरलाई 

एकोहोरो अपलक दृष्टिले हेरौँ 

केही तथ्य खोजौँ।


के छैन त्यहाँ?

के देखिँदैन त्यहाँ ?

कुन रङ्ग छैन त्यहाँ ?

इन्द्रेणीको सात रङ्ग !

हाम्री आमाको हज्जारौ रङ्ग!

सूर्यको एक ज्योति

हाम्री आमाको सहस्र ज्योति

पूर्णिमाको जून जतिनै उज्यालो नहोस किन

हाम्री आमाको गोलो सिन्दुरको टिको त्यो भन्दा उज्यालो।

आमाको तस्वीरलाई अपलक दृष्टिले हेरौँ 

केही तथ्य खोजौँ।


हँसिया कर्मको प्रतीक

त्यसैले सायद हामी कर्ममा विश्वास गर्छौं

पहिरनमा आदर्श हाम्री आमा

सियोधागो छ घरमा

फाटे सिलाउनु हुन्छ

लुगा खोलामा धुनु हुन्छ, सफा लुगा लाउनु हुन्छ

एकोहोरो अपलक हेर त आमालाई!

के देखिँदैन त्यहाँ

मानौँ एक महान सृष्टिको साक्षात् देवी 

सात दशकको एक युग साक्षी 

आइज,आमाको तस्वीरलाई अपलकदृष्टिले हेरौँ 

केही तथ्य खोजौँ।


हामी कोहीपनि जन्मिएनौं रे अस्पतालमा

भन्नु हुन्छ आमा---

प्रसव पीडा बारे एकदिन आमालाई सोधेंथेँ

तँ जन्मिँदा दुई धाईले,आमाको दुईहात

अरु दुईले,आमाको दुई गोडा समातेको

कुरा गर्नु भयो

बाँकी भन्न सक्नु भयेन,आँसु झरे आमाका

सायद विगत सारै दुःखदायी थियो होला

पितृसत्ताको चाहनाले निकै पटक

सुत्केरी हुन बाध्य हुनुभयो आमा!

हाम्री आमाको हज्जारौ रङ्ग,हज्जारौ रूप

केही अर्को नाउँ भेटिएला र आमलाई पुकार्ने?

देखिस फोटामा कान्छा!आमाको अनन्त रूप!


पोतेको हरियो रङ्ग

र 

डोकोमा भरिएको हरियो घाँसको रङ्ग

एक अर्कामा सधैँ कुरा गर्ने गर्छन 

डोको आनन्दले सुन्छ ,उनीहरूको वार्तालाप

त्यही घाँस खाएको कवासी गाईको दुधले

हामी हुर्किएका 

जा, नत्र आमालाई गएर सोध

अहिले आमा बाबुलाई गोडामा चिल्लो लाउँदै हुनुहुन्छ

भोलि बिहान सोध्नु

आइज,आमाको तस्वीरलाई अपलक दृष्टिले हेरौँ 

केही तथ्य खोजौँ।आहा!हाम्री आमा।


अर्को कुरा कान्छा!

आमाको डँडाल्नो देखिँदैन नि,फोटामा

भोलि आमालाई डडाँल्नोमा

चिल्लो लगाउने निहुले नियाल्नु 

त्यहाँ डोको बोक्दा बोक्दा भएको कालो दाग छ

हाम्रो खानदानको इतिहास छ

कथा छ,कविता छ,वेदना छ,चित्कार पनि छ

दिदी,दाजु,भाई सबैको इतिहास छ

साथै

राम्ररी हेर्नु त त्यहाँ, हाम्रो गोत्र पनि छ

तर

मावलाको गोत्र गायब छ।

चल केटा!आमाको तस्वीरलाई अपलक दृष्टिले पुनः हेरौँ 

केही तथ्य खोजौँ

आमाको मर्म बुझ्ने प्रयास गरौँ

हाम्री आमा सदैव महान।

**************

पुरूषोत्तम उपाध्याय दाहाल

चेन्नई, भारत 

18/11/2023

कविता लेख्न अनुरोध:भाइ प्रितम आचार्य (गोठाले कान्छा)

फोटो सौजन्य :श्रीमान अर्जुन उप्रेती

तस्वीर: : गोठालो कान्छाको ममतामयी माताश्री

अग्रसर

 अग्रसर

******

अहिंसा

आध्यात्मिकता

साथै 

भ्रष्टाचारको विरोधमा

हाम्रो देश लम्किरहेको छ।


दुखियाको दुःख

भोको पेट, देखिन थालेको छ हिजोआज 

भ्रष्टाचारको आँकलन गर्न आकाश साक्षी छ।

भ्रष्टाचारीको निम्ति

धरती सारै स्यानो छ

न लुक्ने नै ठाउँ छ

न भाग्ने ठाउँ छ, महाशय!

खबरदार गर्दैछ सबैलाई माथिबाट देख्ने आदित्यले।


सित्तैमा खान पनि हुँदैन जनताले

पाखुरा नचलाए हुदैँन अब

उदाएको घामले

अस्ताएको घामलाई

उछिनेको छ

हाम्रो प्यारो देश विकासको क्रममा छ।


"बन्दे मातरम्"

पुरूषोत्तम उपाध्याय दाहाल

कन्याकुमारी,भारत

14/11/2023

আপোনাক ঘৰ চলাবলৈ কিমান টকা লাগে ডাঙৰীয়া! *********

 আপোনাক ঘৰ চলাবলৈ কিমান টকা লাগে ডাঙৰীয়া!

*********

আপোনাক ঘৰ চলাবলৈ

কিমান টকা লাগে ডাঙৰীয়া ?

কিয় নোজোৰে আপোনাক টকাৰে ?

আনে কেনেকৈ আনন্দেৰে

গৃহস্থী চলাই আছে

যিমান পায় তাৰেই আৰামত ঘৰ চলায়

কিছু টকা নামঘৰত দিবলৈও জোৰে;

আপোনাক ঘৰ চলাবলৈ

কিমান টকা লাগে ডাঙৰীয়া ?


শঙ্কৰ গুৰুৱে দিয়া সন্তুষ্টিৰ জ্ঞান

আপুনি বিদ্যালয়ত পঢ়া মনত নপৰেনে ?

নিশ্চয় মা-দেউতাই আৰু গুৰুৱে

জ্ঞান দিছিল সতভাৱে ৰাজসেৱা

কৰিবলৈ

ৰাইজৰ কাম কৰিবলৈ;

আপুনি শপত খাই কামত যোগদান কৰিছিল চাগৈ

কিন্তু এতিয়া আপুনি কি কৰিলে মান্যবৰ ?

আপোনাক ঘৰ চলাবলৈ

কিমান টকা লাগে ডাঙৰীয়া ?


আপোনাৰ পিতৃ-মাতৃ

বাঁহ-খেৰৰ ঘৰতো আনন্দেৰে আছিল চাগে,

বিচৰা নাছিল চাগে পকীঘৰ;

আধ্যাত্মিক জ্ঞানেৰে ভৰাই তোলক হৃদয়,

টকাৰে নাপায় আনন্দ -

ই ক্ষন্তেকীয়া

বিশাল আকাশৰ পৰা আপোনাক 

চাই থাকিবলৈ ঈশ্বৰ এজন আছে,

বিশ্বাস কৰক

লোভেই পাপ, পাপেই মৃত্যু ।

আপোনাক ঘৰ চলাবলৈ

কিমান টকা লাগে ডাঙৰীয়া ?


বিষাক্ত হৈছে ধৰাতল

আজিয়েই প্ৰণ লওক

"যিমান পাম তাতে সন্তুষ্ট হ'ম

লাগিলে ভিক্ষা কৰিম

কিন্তু ডুব নিদিওঁ ভ্ৰষ্টাচাৰত ।

পাৰিলে দুখীয়াৰ উপকাৰ কৰক;

আপোনাৰ কৰ্মক ৰাইজে ধিক্কাৰ দিছে,

টকাৰে আপুনি মৰ্যাদা কিনিব নোৱাৰে, মান্যবৰ !

আপোনাক ঘৰ চলাবলৈ

কিমান টকা লাগে ডাঙৰীয়া ?

*****

পুৰুষোত্তম উপাধ্যায়

গুৱাহাটী।

৫/৯/২০২৩

(বিশেষ ধন্যবাদ:শ্ৰদ্ধাৰ শ্ৰীযুত অতুল চন্দ্ৰ শৰ্মা)

कस्तो लाग्छ!कान्छा

 कस्तो लाग्छ!कान्छा!

****************

बिहानीको पहेँलो घाम देख्दा

कस्तो लाग्छ 

तँलाई कान्छा?

मलाई त 

आमाले बैँशमा लगाएको

निधारको गोलो सिन्दुर 

जस्तो पो लाग्छ।l!

आमा सधैँ घाम भन्दा उज्याली

हावा भन्दा तेज

जून भन्दा शीतल!

नदी र समुद्र जस्तै निरन्तर बगी रहने हाम्री आमा!


बिहानीको पहेँलो घाम देख्दा

कस्तो लाग्छ 

तँलाई कान्छा?

मलाई त 

आमाले लगाएको

निधारको गोलो सिन्दुर 

जस्तो पो लाग्छ।l!

*******

पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, आसाम

२८/१/२३

*सारै सुन्दर लयमा कविता वाचन गरेर सबैलाई आमाको माया ममता सम्झाउने गोठालो कान्छा भाई लाई हार्दिक धन्यबाद साथै आशीर्वाद।

कविता कहाँ पाउनु सखा!

 कविता कहाँ पाउनु सखा!

*******************

मैले

गरिबीको मार हुँदा नै

कोर्ने शब्दहरू

बेचीसकेको छु सखा!

त्यसैले गुजारा गर्नु पर्यो

त्यो समयमा

रहेनन् अब केही शब्द मसँग 

अनि सखा

कविता कहाँ पाउनु?

महाभारतको युद्ध पढेर

गीता पढेर के गर्नु बन्धु!

महाभारतको युद्ध

सिद्धान्तको युद्ध भएको थियो भन्छन् 

तर मेरो युद्ध त भोक सँगको थियो र छ

धनुष उठाएर कसलाई मार्नु

के

शंखनाद गर्दा भोक मर्ला र?

त्यसैले सखा

कौरव र पाण्डव भुलेर

कृष्ण र श्रीराम भुलेर

निगुरो र बडेरो टिप्न हिँडेको छु

महीसँग भात खान्छु

गोठैमा बस्छु

आकाशका तारा हेर्छु

तिमीलाई सम्झिन्छु मित्र!

रामराज्य फर्किए पुनः

कविता लेख्ने शब्द भेट्छु सायद

अनि

कविता लेख्छु ल!

हाल श्रीराम त सीताको उद्धारमा

लङ्का गएको पो हल्ला चलेको छ प्रियवर!

अनि

कविता कहाँ पाउनु सखा!

*******

पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, आसाम

१/९/२०२३

रक्षा बन्धन

 सूर्य जतिनै तात्तिए पनि सागर सुकाउन सक्दैन

चस्मा जस्तै भए पनि आँखा लुकाउन सक्दैन

दिदी र भाइको त्यो मधुर सन्मन्ध युगौँ युग रहने छ

मायाँ र आशीर्वादको ऋण कसैले चुकाउन सक्दैन।

********

अन्तरे दाहाल

रक्षा बन्धनको मङ्गलमय शुभकामना

जयतु भाषा जननी

 जयतु भाषा जननी

****************

जङ्गलमा दाउरा लिन जाँदा बोलेको त्यो भाषा

हलो जोत्दाको हलगोरुसँग खेलेको त्यो भाषा

कोक्रामा नानी सुताउँदा बोलेको भाषा

धामीले सातो जाँदा सातो बोलाएको भाषा

धान रोपाइँमा रोपारेहरूको प्यारो भाषा

गोठमा बोलेको ठेट गोठाले भाषा 

दाईं गर्दा बोलेको भाषा

बीमारी हुँदाको दुःखमा बोलेको भाषा

सिलोकेको भाषा

भव्य हाम्रो भाषा

अहा! हाम्रो भाषा!

प्यारो हाम्रो भाषा।

(सम्पूर्णमा भाषा मान्यता दिवसको शुभकामना)

********

पुरूषोत्तम उपाध्याय दाहाल 


२०/८/२३

तिमीले लेखेको प्रेमपत्र मिडियामा राख्न ईच्छा लागेको छ

 तिमीले लेखेको प्रेमपत्र मिडियामा राख्न ईच्छा लागेको छ

मैले लेखेको श्रृङ्गारिक पत्रपनि हावामा हुत्तिएर भागेको छ

बस् शब्दहरूको खेल र मेलको एक तरङ्गले हुण्डरी मचाएको छ धरातलमा सखी!

शब्द नबुझ्ने मनुलाई यहाँ अचम्मको कौतूहल जागेको छ।


तिमीले लेखेको प्रेमपत्र मिडियामा राख्न ईच्छा लागेको छ

मैले लेखेको श्रृङ्गारिक पत्रपनि हावामा हुत्तिएर भागेको छ

शब्दको खेल र मेलको तरङ्गले हुण्डरी मचाएको छ सखी!

शब्द नबुझ्ने मनुलाई यहाँ अचम्मको कौतूहल जागेको छ।


पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी आसाम

१/८/३०


(केही सुधार :बैनी गीताश्री शर्मा )

हार्दिक आभार


पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी आसाम

१/८/३०२३

मेरो साथी बिर्खे भन्छ:

 मेरो साथी बिर्खे भन्छ:

एक सर्को तान्यो समस्या खतम!!

*************************

बिहे गर भनेर सधैँ गनगन, कचकच,फतफत

न बिहे नै गर्न छ

न छोराछोरी नै पाल्न छ

गोठ बस्यो

एक सर्को तान्यो समस्या खतम।


बैरङ्ग चिठ्ठी जस्तो यो प्रेम भन्छन 

पैसा तिर्यो चिठ्ठी लियो

त्यो पनि डबल खर्च

ढुक्क छ मलाई

एक सर्को तान्यो समस्या खतम।


समस्याको समाधान दिने

अनेकौँ बाबा र वैद्यहरू

परेन मलाई

समस्या भए पो मेरो!

पैसा निकै हुनेको समस्या निकै हुन्छ भन्छन

काम गर्यो,रमायो

न निन्द्राको समस्या

न भोकको समस्या

न डाक्टरकोमा न धामीकोमा 

निरोगी छ काया

त्यही बिहे त गरिन!!

अरु के नै बिगार गरेँ र मैले

मरे गर्दिन बिहे!

बिहे गर्नेले केनै पो फत्ते गरेका छन् र!

एक सर्को तान्यो समस्या खतम।


बिहे गर,ससुराल जा,

अस्पताल कुद

कोक्रो बना 

लै लै ला भन

आफैंमा भुल्नु रे!

उता

सालीको बिहे

सालाको जनै सुपारी

सासु आमैको चौरासी

जेठी सासुको घरमा पूजा

काका ससुराको तीर्थ यात्रा

हैट!समस्याको लामो सूची 

मरे गर्दिन बिहे

ब्रह्मपुत्रको किनार

चिसो हावा

स्वच्छ वातावरण

बाँचि रहे दुधभात

मरे ब्रह्मपुत्रको तीर

एक सर्को तान्यो समस्या खतम।

टन्टा साफ!

गोठालो मान्छे, सिधा कुरा।

जय श्रीकृष्ण,

जय भोले।

*********

(विधिसम्मत चेतावनी:लागु पदार्थ सेवन स्वास्थ्यको निम्ति हानिकारक हो)

***********

पुरूषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, असम

३१/७/२०२३