गजल

 "गोठाले गजल"लेख्न भन्छ हाम्रो कान्छो भाइ 

सबै कुरा लेख्ने गाउने गोठाला हाई! हाई!

सबै सिप जान्न पाए गरि खाने मेलो 

गजलमा भाइ गुरु ,दाजु भयो चेलो ।

****

मेरो पहिलो गोठाले गजल लेख्ने प्रयास:

*****

मेरो मनमा फिजिँएको कथा सुन्न आऊ

व्यर्थै तिमी अन्तरेलाई दोष नलगाऊ 


दोधारमा नौका पल्टाई सोत्तर पारी गयौं

आएको त्यो बाटो हुँदै फर्किएर जाऊ 


विरहको नाप तोल गर्न मुटु छामी हेर

उत्तरार्धमा आई तिमी भाउ नदेखाऊ


पूर्बार्धमा चमेलीको फूल दिएर गयौ

तिमीलाई नै मुटु दिन्छु सकेसम्म पचाऊ 


वृन्द्रावनमा राधा छिनरे सवाल जबाफ गर

राधाजीलाई सोधे हुन्छ मायाको त्यो भाउ 


वेदनाको भाषा छैन पोख्नुकि त ढाक्नु

सुकेको छ घाउ अहिले फेरि नकोट्याऊ


मेरो मनमा फिजिँएको कथा सुन्न आऊ 

व्यर्थै तिमी अन्तरेलाई दोष नलगाऊ ।

**

गोठालो अन्तरे।

23/5/2024