केही पुरानो याद र नया कुरा
**********************
ठाउँ राम्रो नराम्रो भन्छन कोही
मान्छे राम्रो नराम्रो भन्छन कोही
नजर दोष छ यो जीवको भन्छन अरु प्राणी
देख्न जाने सबै मान्छे राम्रो
हेर्न जाने सबै ठाउँ राम्रो
सूर्य र चन्द्र बोल्दैनन्
तर
निरन्तर छ यात्रा
थाकेको छु भन्छ मान्छे
आमा बाबु थाक्दैनन्
नानीहरू थाकेको कुरा गर्छन्
बाटो बनाउँदा काटिएको सय वर्षको बुढो रुख
बाटोमा ढालिएको छ
एकछिन बन्द भयो बाटो
सुन्दैछु आकाशले उस्को कथा लेखेर
छापाखानामा दिएको कुरा
तर
हिजोआज छापाखाना बन्द छ रे
बजारमा कागज सकिएको हल्ला चलेको छ।
अन्तरे दाहाल
धुबुरी, आसाम
२/१२/२०२३