मर्यदा पुरूषोत्तम राम
****************
तिमी जनकपुर सजाउ हामी अयोध्या सजाउछौँ
उत्सव गरौँ मिलेर मृदङ्ग हामी बजाउँछौँ
जन्म भई मृत्युसम्म सीताराम नै सहारा
एक्लो छैनन् कोहीयहाँ खोला तथा छहरा
जन्ती लिइ आउँछौ बेहुली सजाई राख्नु
वर पर घरगाउँ सबै प्रेमपूर्वक डाक्नु !
तिमी जनकपुर सजाउ हामी अयोध्या सजाउछौँ
उत्सव गरौँ मिलेर मृदङ्ग हामी बजाउँछौं।
सिलोके सबै भेला भइ भन्लान् रामको कथा
सीता मैयाको गुणगान पनि फैलियोस् यताउता
हे राम! भनि महात्माले आफ्नो प्राण त्यागे
मलामीले राम राम भन्दै श्मशानतिर लागे।
तिमी जनकपुर सजाउ हामी अयोध्या सजाउछौँ
उत्सव गरौँ मिलेर मृदङ्ग हामी बजाउँछौँ
सभ्यताको एउटा चिनो राम लला आउने
देश विदेश सबैतिर राम धुन गाउने
हरे राम हरे कृष्ण महामन्त्र हाम्रो
सबै मिली उत्सव मनाऊ माहौल हुन्छ राम्रो।
तिमी जनकपुर सजाउ हामी अयोध्या सजाउछौँ
उत्सव गरौँ मिलेर लौ मृदङ्ग हामी बजाउँछौँ।
****
पुरूषोत्तम उपाध्याय दाहाल
गुवाहाटी
22/1/2024