बसाँईको कथाले छाएका

 बसाँईको कथाले छाएका हाम्रा प्यारा गुरु

अतृप्तको कथाले रमाएका हाम्रा न्यारा गुरु

ब्रह्मपुत्रको छेउछाउ लेखेर साहित्य सम्मान पाउने उनी

सदा जीवी सदा सुखी रहुन् हाम्रा प्यारा गुरु।


तीन दशक र बीस अभिव्यक्ति कथा लेख्नुभयो

प्रतिध्वनिहरु विस्मृतिका ब्यथा छेक्नु भयो

रेडियो नाटक लेखेर नदी झै किनार छोई छोई 

निबन्ध सिमलको भुवामा सबै देख्नु भयो।


पुरस्कारको कथा भनेर सायद सकिँदैन होला

भानु,मदन र जगदम्बा गनेर सकिँदैन होला

आसाम सरकारको साहित्यिक पेन्सनले पनि विभूषित

प्रभु ईश्वर गुरुलाई आफ्नो ठानेर सुस्वाथ्य राख्नु होला।


हज्जारौं चन्द्रमाको ज्योतिले उज्यालो पारी दियोस्

पारिजात जस्तो सुगन्धले मगमग छरी दियोस् 

सबैको कामना नै यस्तै छ हे प्यारा गुरुबर!

हरेक पाइलामा कोमल स्थान विधाताले गरी दिओस