एक सिङ्गो इतिहास बोकेर हिड्ने व्यक्तित्वको स्वर्गारोहण।
हार्दिक श्रद्धाञ्जली
******************************************
सन् 1989 मा मेरो उमेर लगभग 22 वर्ष।पहिलो जागीर असमको तिनसुकिया जिल्लाको उदयपुर भन्ने ठाउँमा भयो।बैंकको एउटा स्यानो शाखा थियो।निकै परीक्षाहरू दिएर बैंकमा जागीर भेटेको।आमा बुबा दुवै सारै खुशी हुनुभयो।
जागीर गर्न रवना हुनेदिन आमाले भन्नुभयो"त्यहाँ उदयपुरमा फाम्फेका दुलालको घर छ,अभर परे अलिक दिन उतै बसे हुन्छ।हामी बर्मामा सँगै थियौँ।"एउटा प्रेमले बाँधिएको अगाध सम्मन्ध।
म प्राय:जाने गर्थेँ वहाँहरुको घरमा।मलाई देख्ने साथै दुलाननी आमा मेरो गाला सुम्सुम्याउन आउने।हाम्रो परिवार र वहाँहरुको परिवार बर्मामा वल्लो गाउँ पल्लो गाँउ भएता पनि हाम्री आमा र दुलालनी आमै सँगै ओइरावति नदीमा पौडी खेलेका भन्नु हुन्थ्यो।वहाँहरू अलिक पछि भारत आउनु भयो।हाम्रा बुबाहरू दोस्रो विश्वयुद्ध ताक आउनु भयो।
"सारै दुःखले दिन कट्यो बर्मावाट आएपछि"निकैदिन मकै खाएर गुजारा गरौँ"भन्नु हुन्थ्यो दिवङ्गत नारायण प्रसाद दुलाल बुबा।नानी केटाकेटी जन्मिए।परिवार बढ्यो तर संघर्ष घटेन्।छोराहरू जागीर गर्ने भए।मसँग भेट हुँदा सधैँ विगतको इतिहास भन्नु हुन्थ्यो।हाम्री आमा पनि कहिले काँही उदयपुर आउँदा दुलालबाकोमा बसेर युद्ध र विगतको कथा याद गर्नु हुन्थ्यो।
प्रेम निरन्तर सरेर जाने गर्दो रहेछ।हामीलाई सबैले बर्मेली भन्ने गर्थे। हाम्रो निरंतर माया देखेर सबै छक्क पर्थे।बृद्ध पेन्सन लिन बैंक जानु हुन्थ्यो दुलाल बुबा।मलाई नदेखे फर्केर आउने।
अचानक सन् 2022 मा "वर पिपल" रम्बास कविताको जसमा भारत लगायत विभिन्न देशमा रहेका लगभग ९४ कविवर्गको कविता सङ्कलनको प्रकाशक हुन हामी दुई दाजुभाइलाई इच्छा जाग्यो।हामीमा पछि पुस्तक लिएर बर्मा आफन्त भेट्न जाने पनि सल्लाह भयो।पुस्तकको सम्पादना गुरुवर देवीचरण सेडाईँ र वरिष्ठ कवि श्रीमान मिलन बोहोराज्यूले गर्नुभयो।लोकार्पण पनि उदयपुरमा गर्ने सल्लाह भयो।खडानन्द दाजुले केही ईच्छा जाहीर गरे म हुन्छ भन्ने र मैले केही भने वहाँ नाई नभन्ने।हाम्रो प्रेम निरन्तर छ।
नेपाल सिक्किम, पश्चिम बंगाल लगायत आसामका विभिन्न प्रान्तका कवि काव्यकारहरू भेला भएर लगभग १४ वटा पुस्तकको लोकार्पण भयो।बस्ने,सुत्ने, खाने प्राय: सबै कुरा खडानन्द दुलालज्यूको घरमै गरिने सल्लाह भयो। दुलाल परिवार साथै त्यहाँको समाजले मन खोलेर अतिथिको आतिथ्य गरे।स्वर्गीय स्व:हरिभक्त कटुवाल पनि दुलालजीकै घरकै छेउमा उहिले शिक्षाकता गर्दा बसेको हुनाले उहाँको पनि स्मृति तर्पण गरियो।कविता वाचन गरियो,वहाँको गीत पनि गाइयो।दुलाल बुबावाट निकैले युद्धको र बर्मा र भारत यात्राको कथा सुनेँ।दुलाल्नी आमा खसेको लगभग दुई वर्ष भएको थियो।दुलाल बुबाले एक्लो भएको महसुस गर्नुभएन। वरिपरि छोरा छोरी,नाति नातिना बुहारी, एक सुन्दर परिवेश।म पनि परिवार लिएर उदयपुर पुगेँ।
दुई दिने एक भव्य अनुष्ठान। सबै रमायौँ।आतिथ्यको एक नमुना प्रदर्शन गर्नुभयो दुलाल परिवारले।
आज नारायण प्रसाद दुलालको बैकुण्ठ यात्राको खबर सुनेपछि हामी सबै मर्माहत भएका छौं। उहाँको बैकुण्ठमा बास होस् भन्ने हामी ईश्वरलाई प्रार्थना गर्छौं। यो दुःखद घडीमा दुःख सहन गर्ने शक्ति प्रभुले समस्त दुलाल परिवारलाई प्रदान गरून्।
एक सिङ्गो इतिहास हुनुहुन्थ्यो नारायणप्रसाद दुलाल।कतिले इतिहास पढे म जान्दिन मैले चाहिँ उहाँको इतिहास साह्रै नजिकबाट पढेको छु र अब लेख्ने पनि प्रयास गर्ने छु। पुनःदिवङ्गत आत्मालाई हार्दिक श्रद्धाञ्जली।
हामी दुई भाइको बर्माको राजनैतिक परिस्थिति साम्य भए पछि 8/10 जना साहित्यकारको टोली लिएर बर्मा जाने निर्णय कायम छ।बर्मामा "श्याम लक्ष्मी फाउन्डेसन"ले सम्पूर्ण बर्मामा भएका गोर्खाली टोल घुमाउने र आतिथ्यको निमन्त्रणको कमण्डलु पठाई सक्नु भएको छ।
*******
पुरुषोत्तम उपाध्याय दाहाल
साथै सम्पूर्ण दाहाल परिवार।
हाल बेलतोला ,गुवाहाटी, असम।
3/6/2024