कविता कहाँ पाउनु सखा!
*******************
मैले
गरिबीको मार हुँदा नै
कोर्ने शब्दहरू
बेचीसकेको छु सखा!
त्यसैले गुजारा गर्नु पर्यो
त्यो समयमा
रहेनन् अब केही शब्द मसँग
अनि सखा
कविता कहाँ पाउनु?
महाभारतको युद्ध पढेर
गीता पढेर के गर्नु बन्धु!
महाभारतको युद्ध
सिद्धान्तको युद्ध भएको थियो भन्छन्
तर मेरो युद्ध त भोक सँगको थियो र छ
धनुष उठाएर कसलाई मार्नु
के
शंखनाद गर्दा भोक मर्ला र?
त्यसैले सखा
कौरव र पाण्डव भुलेर
कृष्ण र श्रीराम भुलेर
निगुरो र बडेरो टिप्न हिँडेको छु
महीसँग भात खान्छु
गोठैमा बस्छु
आकाशका तारा हेर्छु
तिमीलाई सम्झिन्छु मित्र!
रामराज्य फर्किए पुनः
कविता लेख्ने शब्द भेट्छु सायद
अनि
कविता लेख्छु ल!
हाल श्रीराम त सीताको उद्धारमा
लङ्का गएको पो हल्ला चलेको छ प्रियवर!
अनि
कविता कहाँ पाउनु सखा!
*******
पुरूषोत्तम उपाध्याय दाहाल
गुवाहाटी, आसाम
१/९/२०२३