गोठको गोठाले गीत

 गोठको गोठाले गीत

**********

हुँदैन बिहान गोठमा सबै गोठाला नभए

बन्ने छ गोठ सुन्दर भव्य घोटाला नभए।।

माजन हाम्रा सारैनै राम्रा ओलन पिउँछन्

धनिक कोही रक्सी र जाँड प्रेममा जिउँछन्।


हजुर प्रेममा जिउँछन्।।


नभको तारा के तारा होला उज्यालो नछिरे

गोर्खाली भनौँ कसरी अब खुकुरी नभिरे

नदीको तट सुरु र अन्त जीवन यस्तै छ

गोठाले कान्छी गोठमा बस्छिन् चुल्ठोमा रिबन छ।

राजै!चुल्ठोमा रिबन छ।

******

गोठालो अन्तरे।

बि: द्र: केही शब्द श्रृंगार गरिदिनु हुने कवि प्रेम नेउपाने प्रहर गुरुलाई हार्दिक धन्यवाद।