केही/कोही टुट्छ जब शक्ति उत्पन्न हुन्छ
*********************
टुटेको राम्रो
फुटेको झन् राम्रो
हुत्तिएको मनले पुनः
हौसला दिन्छ
किनकि-
जब कुनै चीज टुट्छ त्यहाँ शक्ति उत्पन्न हुन्छ
टुटेँ भनेर दुःख नगरौँ भन्छ ,गोठाले कान्छा
महाशक्तिमा शक्ति परिवर्तित हुन्छ
जतिजति कसैले
अपमान र अन्याय गर्छ
त्यति त्यति भीमकाय हुन्छ हेपिने मनुवा!
ऊ ईश्वर बन्छ।
बिर्खे भन्छ:
शक्तिले धमनी तेज गर्छ
असत्य र असुरलाई
पराजित गर्छ।
हर्के भन्छ:गोठको गोठालाको फर्मुलानै
यही हो-
अन्यायले बनाएको सुनको महल पनि
शक्ति र सत्यमा ढल्न सक्छ।
गोठालो रने आएर प्याच्च भन्यो:
"सत्यमेव जयते"!
सुनेर भगवान बुद्ध मुसुक्क हाँसे!!!
अरु भिक्षुहरूले
६-अक्षरको मन्त्र
"ॐ मणि पद्मे हूँ "जपे
अंगुलिमाल डाकू
बुद्ध बने !
केही शत्रु र डाका पनि
बुद्ध बने।
कोही हराए।कोही भागे
न अस्त्र चल्यो न युद्ध भयो!!!
भ्रष्टाचारले डाडाँ काट्यो
जनता रमाए!
देख्दा देख्दै सत्यले शंखनाद गऱ्यो
सबै गोठालाले गोठमा डाङ्गग्रे भाके
कीर्तन पनि गरे।
खुब रमाए।
******
पुरूषोत्तम उपाध्याय दाहाल
गुवाहाटी
31/5/2024