विधिसम्मत जानकारी

 विधिसम्मत जानकारी

****************

(काव्य पढ्न/सुन्न स्वास्थ्यको निम्ति लाभदायक छ)

*********************************

लेख्ने काव्यकार,पढ्ने पाठक

मन रमाउँछ,आनन्द आउँछ,भुल्लिन्छन केहीपल

अन्तरङ्ग आलाप हुन्छ

मिठो निन्द्रा लाग्छ

भोक पनि लाग्छ,भन्नुहुन्छ गोठको गिरी बाबै

काव्य पढ्न/सुन्न स्वास्थ्यको निम्ति लाभदायक छ।


गोठको गोठालो जनकेले गीत गाएर

केटी फकायो,सिन्दुर पोते गऱ्यो केटाले।

कान्छाले गजल गायो 

केटी आँफै गोठमा आईन,मायालु भन्दै।

बुढेस कालमा बालन गाउँने माइला माजन 

दोस्री बुढी भित्र्याए बुढा मान्छेले गोठैमा।हैट!

"कान्छी आमा आईन भनेर"रमाए नानीहरू!

काव्य पढ्न/सुन्न स्वास्थ्यको निम्ति लाभदायक छ।


रुखको पत्ता ओठमा राखेर गीत बजाउने खत्री कान्छो

पीछा गरे कुमारी कन्याहरुले

उपहार दिइन गोलेबाको छोरीले "कुसुमे रुमाल "

पाऱ्यो जालमा खत्री कान्छाले

भयो जनै सुपारी! भित्र्यायो बेहुली!

काव्य पढ्न/सुन्न स्वास्थ्यको निम्ति लाभदायक छ।


लेख्ने र गाउँनेले दिनरात गरेर लेख्छन्,गाउँछन् 

कष्ट गर्छन

अहोरात्र एकाकार गर्छन् 

घर लथालिङ्ग पार्छन् 

अरुको सवाथ्य सपार्छन् बरु

आफ्नो स्वास्थ्य बिगार्छन् कठै!

काव्य पढ्न/सुन्न स्वास्थ्यको निम्ति लाभदायक छ।


पढ् कान्छा पढ्

पढ् अन्तरे पढ्

पढ् हर्के पढ्

पढ् वीरे पढ्

तर किनेर पढ् 

कसैले पुस्तक उपहार दिए

झन् टन्टा साफ!तर पढ कान्छा पढ

पढ्नेको आनन्द तिमीहरू लिनु

लेख्नेको दुःख काव्यकारलाई दिनु

पुस्तक पढी धरातलमा रुझ्ने को छर?

काव्यकारको दुःख यहाँ बुझ्ने को छर!!

काव्य पढ्न/सुन्न स्वास्थ्यको निम्ति लाभदायक छ।

********

गोठालो अन्तरे 

धौला - सदिया 

2/6/2024