हल्ला चलेको छ

 हल्ला चलेको छ

************

अध्याय नै अध्याय भएको श्रीमद् भागवत

केही सहरमा,केही गाउँमा

एक अनन्त आनन्द

निद्राको ओसधी खाने व्यक्ति

भागवत कथा सुनेर 

ओसधी बेगरनै

भुसुक्क निदाएको हल्ला चलेको छ ।

उता

गाउँको प्रत्येक घरको एक एक

युगौँ युगका कथा रहेछन्

गाथा रहेछन्।

भागवत कथा सुनेर केही काव्यकार

गाउँको संघर्षको कथा

लेख्दैछन् भन्ने 

हल्ला चलेको छ।


कथा भन्ने गुरु

कथा लेख्ने काव्यकारहरू 

कथा सुन्ने जनता

एउटै मञ्चमा उभिएर

रुक्मिणी विवाहको दृश्य हेरेर, फूल बर्साएको

हल्ला पनि चलेको छ।

******

पुरूषोत्तम उपाध्याय दाहाल 

31/3/2024