जयतु भाषा जननी
****************
जङ्गलमा दाउरा लिन जाँदा बोलेको त्यो भाषा
हलो जोत्दाको हलगोरुसँग खेलेको त्यो भाषा
कोक्रामा नानी सुताउँदा बोलेको भाषा
धामीले सातो जाँदा सातो बोलाएको भाषा
धान रोपाइँमा रोपारेहरूको प्यारो भाषा
गोठमा बोलेको ठेट गोठाले भाषा
दाईं गर्दा बोलेको भाषा
बीमारी हुँदाको दुःखमा बोलेको भाषा
सिलोकेको भाषा
भव्य हाम्रो भाषा
अहा! हाम्रो भाषा!
प्यारो हाम्रो भाषा।
(सम्पूर्णमा भाषा मान्यता दिवसको शुभकामना)
********
पुरूषोत्तम उपाध्याय दाहाल
२०/८/२३