युद्ध

 युद्ध

****

यो हाम्रो बाबुको

सत्य कथामा

युद्धको परिणाम भोगेको 

प्रतक्ष्य बोलेको छ

प्रत्येक हरफमा।


सबै बिथोलिन्छ प्रभु!

प्रकितिको पुकार,मानवको पीडा

दुईटा विश्वयुद्धले देखाई सकेको छ

किन आतुर हजुरहरू?

सम्झेर रुनु हुन्थ्यो बुबा!

अहिले पनि हाम्रा आफन्त

विछोडिएका नै छन् 

हे राष्ट्रप्रधानहरू समय छ

नहुत्तियाउ बम्,नगर युद्ध

बरु लाप्पा खेल बिना बारुदको

अर्को हिरोसिमा र नागासाकी

नबनाऊ हजुर

भयो युद्ध चाहिँदैन

युद्ध चाहिँदैन!


पुरूषोत्तम उपाध्याय दाहाल

२/३/२२