कोक्रो र पिङ
**********
सानोमा आमा र काकी आमाले सुताएको त्यो कोक्रो
खत्री कान्छाले बनाईदिएको
बोरामा बाँसको लठ्ठी लगाएको।
त्यो फाटे पछि
बाँसको चोयाले गोले बा ले बनाएको कोक्रो
घरैमा अचार्य मामाले बाटेको दाम्लो
पिँडीमा झुन्ड्याइएको त्यो कोक्रोमा
लै लै ला ,बाबु ला,निन्ना लौ भनेर
सुताएको झुलाएको
पटुवाको दाम्लोले अम्बाको रुखमा बनाएको
पिङमा झुले जस्तो आनन्द र उल्लास
रत्तिभर छैन
हिजोआजको यी आधुनिक
तथाकथित भव्य पिङमा
कठै मेरी आमा र काकी आमा!
पुरूषोत्तम उपाध्याय दाहाल
१४/४/२२