जब सम्म हजुरबा हुनुहुथ्यो,तब सम्म वर पिपल सुरक्षित थिए

 जब सम्म हजुरबा हुनुहुथ्यो,तब सम्म वर पिपल सुरक्षित थिए

हजुरबा खसेपछि ,बुबाको पालोमा त्यसको हाँगा मात्रै चिमल्लिए 

मेरो पालोमा सेप भयो भनेर दुवै वर पिपलको डालनै काटिए

छोराको पालोमा दुवै रूखनै वैद्युततिक  आराले गर्लम्म ढालिए।

P

नातिहरूले त्यहाँ सुन्दर अट्टालिका बनाउन थाले


चराहरू रुख नपाएर कसैको घरैमा गुँड लाउन थाले 

बिरालोले घरको गुँडमा बच्चा सहजै पाउन चाल चाले

नानी केटा केटीहरू हिजोआज चरा चुरुंगी देख्न नै छाडे कान्छा!

सृष्टिको विनाश गर्ने मान्छेले सृष्टिकै गीत गाउन  थाले।


फागु

 फागु

****

बांँसको पिचकारी,

कराईको कालो मोसो,

दुधको तरमा मोलेर

फागु खेलोको,याद छ तिमीलाई?

तिमीले त चौलानी पानीलेनै काम चलाएउ,

म बयेरको ररूखमाथि चडेँथे,सकिनौ तिमीले छेप्न

पिचकारीले माथिबाट फ्याँकेथेँ गुलाबी रंग मैले

रुखमाथिबाट हेरि रहें तिमीलाई

तिम्रा दुई गाजलु नयनयुगल

सूर्य किरणमा टल्किएको

डन्डीफोर पाकेको गाला

तिमीले पनि हेरी रह्यौ मेरो दुई प्रेमील आँखा

कहाँ गए ति दिन र कहाँ छौ तिमी?

यादहरूले सारै सताउँछ कान्छी!

बाडुली लागेर मेरो याद आए ,

तलको नंबरमा फ़ोन गर ल!

चिनेउ मलाई ? म तिम्रो बाल्य सखा,

अन्तरे दाहाल

गोठालो अन्तरे!

गुरूबाको छोरो हौ।


(होली को पावन अवसरमा मङ्गलमयl शुभकामना सबैलाई)


पुरुषोत्तम उपाध्याय दाहाल

बोकापथार ,धौला

तिनसुकिया

७/३/२३

https://fb.watch/jmIEQuLN1U/

 https://fb.watch/jmIEQuLN1U/

धरतीको पुकार (पर्या कविता)

 धरतीको पुकार (पर्या कविता)

***********

कान्छा!

त्यहाँ एउटा ठुलो टापु थियो

तमाम जङ्गल, रूख र घाँस थियो

त्यो बीचमा मान्छे पस्न नसक्ने

एउटा डुबान थियो

बाघ, बनढाडे,उद बिरालो र

अनेकौ चरा चुरुंगीहरू थियो

सोल माछाको बथान थियो

पर पर गोले बा,बस्नेत दाइ

भगीरथ, भँगेरे बाहुन लगायत

लगभग सयवटा 

गाई र भैंसी गोठ थियो

तर केमेरा थिएन् हामीसँग

झुठो कथाहो भन्छन अहिले नानीहरू

नेताहरू

प्रमाण देखाउ भन्छन

के प्रमाण दिनु कान्छा!

देखने तँ र म।

एक्लो बृहस्पति झुठो!


अहिले गाउँ भएको छ त्यो टापु

हाम्रो गाईगोठ भएको ठाउँ

ठम्याउन सकिन मैले, कान्छा!

जङ्गल, डुबान, रूख सबै सखाप भए।


हाम्रो देश

हाम्रो धरती

हाम्रो पर्यावरण उन्नत भएको भनेर

विश्व बैंकले अनुदान पो दिँदै छ रे कान्छा!


हिजोआज मलाई निद्रा लाग्दैन, कान्छा!

हात्तीले ,बाघले मान्छे मारेको कथा

सधैँ सुनिन्छ।

उनीहरू बेघर भएको कथा

कस्लाई भन्नु, कसले भन्ने, कान्छा!

मान्छे विद्वान भएकै हो त,कान्छा!

****

पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी

१२/३/२३

ब्याज सयकडा पाँच ****************

 ब्याज सयकडा पाँच

****************

कान्छा!

गरिबी साथै बीमारी

एकैचोटी आए पछि

के उपाय लाग्दो रहेछ र हाई!

बाबुले सयकडा पाँच बियाजमा

घोरसाने महाजनवाट लिएको त्यो ऋण

ब्याज चुलीले गर्दा

कहिलेइ सकिएको थिएन त्यो रकम

न बीमार नै राम्रो भयो न ऋणनै सकियो

बाबु शोकले जानु भयो

आमा विधवा भइन्

न ब्याजदर नै कम भयो।

न दुःख कम्यो।

लैनो गाई गयो

आफ्नो भएको त्यो घडेरी पनि गयो

हलगोरु गयो 

हामी पनि आमासँगै मावोला बसाई सर्यौं 

उतै हुर्कियौ।

मावोलाको हजुरबा खसे पछि

फेरि आफत आयो

मामाको पनि दुःख दुःख नै थियो

म हरिभक्त महाजनको गोठमा गोठालो भएँ

तँ बलभद्र महाजनको घरमा हली भइस् 

हाम्रो राम्रो दिन आयो

निर्ब्याजी रकम दिए दुवै महाजनहरूले 

गाई भयो,घर भयो,बुहारी आए

आमा रमाईन

हरिभक्त र बलभद्र महाजन 

देवता तुल्य भए हाम्रो निम्ति।


आमा सँग बुबाको गयाश्राद्ध गर्न जाँदा

आमाले हरिभक्त र बलभद्र बालाई पनि

पिण्ड र तर्पण दिन लाउनु भयो।


सुन्दैछु!घोरसानेबाका छोराहरू सहरमा

अट्टालिकामा बस्छन रे

बा गाउँमा नै बस्छन रे!एक्लै

सुनिन्छ बाबु छोराको कुरा 

पटक्कै मिल्दैन रे।


कान्छा!

ब्याज सयकडा पाँच लिने

दुःखमा निर्ब्याजी रकम दिनेहरूलाई 

प्रभुले हेर्दा रहेछन भन्नु हुन्थ्यो आमा!

हो रछ है!

*****

***ब्याज सयकडा पाँच : सय रुपियाँको पाँच रुपियाँ

                                    प्रति महिना।६०% वार्षिक।

पुरुषोत्तम उपाध्याय दाहाल 

गुवाहाटी, आसाम

१५/३/२३

खै!प्रेमील कविता!!

 खै!प्रेमील कविता!!

*************


गोठमा, त्यो पनि औंसीको रात

एक्लै म 

थिइन् एउटी नेपथ्य प्रिया 

प्रेमील कविता कोर्ने प्रखर ईच्छा थियो

भगीरथको गोठमा गएर सबै गोठालाहरूलाई 

सुनाउने रहर

निकै टाढा थियो उसको गोठ!!

पल्लो टापुमा।


जुनकिरी वरिपरि,सुनसान रात

राँकेभूत पनि हुन्छ भन्छन

चुडेल प्रेमिकाको रूप धारण गरेर

आउँछन् भन्ने हल्ला छ गोठालाहरूमा 

खै के लेखौँ कविता!हैट! डरमर्दों छ रात।


भगीरथको भैंसीगोठ जाँदा

बाटोमा फेरि ठुलो पिपलको रुख

मसान र पिशाच बस्छन रे त्यहाँ!

रुख हल्लिन्छ रे राति

नाङ्ले भूत पनि बस्छ भन्छन

भूतको बाटो पनि काटेको रे ,गोले झाँक्रीले उहिले!


यस्तै छ हजुर!

मेरो प्रेम 

प्रेमील कविता!!!


पुरुषोत्तम उपाध्याय दाहाल

मिरिछपडी

८/१/२०२३

आज बोले भैरव

 आज बोले भैरव

*************

आज बोले भैरव

मैले सोधें ,कस्तो छ खबर?

सुटुक्क भने सबैले

"हामीलाई एकछाक खान

न्यानो मायाँ भए हुन्छ

उमेरमा हामीलाई खुब मायाँ गर्ने

प्रहरी भन्ने!

बुढो भएपछि बाटामा लगेर छोड्ने 

मानव जस्तो तमाम 

असीमित ईच्छा र सपना

छैन हाम्रो!!!"

म केही खाने बस्तु दिएर

फर्किएँ, सेल्टर वाट ,किनकि!!

मेरो तमाम अपुरो सपना पुरा गर्ने हतार छ।

*******

पुरुषोत्तम उपाध्याय दाहाल

"अभिनव प्रयास" सेल्टर होम

चन्द्रपुर ,गुवाहाटी, आसाम

१५/१/२०२२

गोठालाको शरीरको

 गोठालाको  शरीरको विक्षिप्त पसिना

वास्पित हुन्छ प्रतेक सूर्यको तापमा!

गोबरमा मिथेन हुन्छ रे!

जब सूर्यको किरण गोबर छोएर

गोठालाको शरीर छुन्छ

गोठालो झन् शक्तिशाली बन्छ।


पुरुषोत्तम उपाध्याय दाहाल

२७/१/२३

कस्तो लाग्छ!कान्छा!

 कस्तो लाग्छ!कान्छा!

****************

बिहानीको पहेँलो घाम देख्दा

कस्तो लाग्छ 

तँलाई कान्छा?

मलाई त 

आमाले लगाएको

निधारको गोलो सिन्दुर 

जस्तो पो लाग्छ।l!

आमा सधैँ घाम भन्दा उज्याली

हावा भन्दा तेज

जून भन्दा शीतल!


बिहानीको पहेँलो घाम देख्दा

कस्तो लाग्छ 

तँलाई कान्छा?

मलाई त 

आमाले लगाएको

निधारको गोलो सिन्दुर 

जस्तो पो लाग्छ।l!

*******

पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी, आसाम

२८/१/२३


उदाएको सूर्य फोटो सौजन्य:श्रीमान वासुदेव उपाध्याय ढुंगाना

दिब्रुगड, आसाम

भेलेंनटाईन डे

 भेलेंनटाईन डे 

***********

माया गर्छु भनेर भन्नु पर्ने रे

उपहारले स्वागत गर्नु पर्ने रे!

डल्लीको  चुल्ठोमानै मक्ख परेर

बिर्खेले प्रेम याचना गरेको,भन्छिन् डल्ली!

आज भातमा एउटा कपाल भेट्दा 

रिसले आँखा देख्दैन बिर्खे,

डल्लीलाई अझै झलझली याद छ त्यो दिन

भेलेनटाइनमा बिर्खेले दामी गुलाव र उपहार दिएको

हुदैन होला देखावटी प्रेम सारै दिगो ,कान्छा!

भए त बेस नभए गुनासो अनेक।

आमा बाबु र आफन्तलाई नै

वधू हेर्न भन कान्छा!!

एकदिको कुरा पनि त हैन

प्रेम अनन्त हुनुपर्छ भन्छन्

प्रेम गर्न जानिएन कान्छा,के गर्छस्?

आमा बाबु र आफन्तलाई नै

वधू हेर्न भन कान्छा!!

टन्टा साफ।कि के कान्छा?


************

गोठालो अन्तरे (पुरुषोत्तम उपाध्याय दाहाल)

नागपुर,भारत।

१४/२/२३

आनन्द

 आनन्द

******

कान्छा!

भर्खर खुलाल साइँला डाक्टरवाट

अवसादको औसघी लिएर आएको छ

निद्रा छैन रे निकै दिनवाट

मन लाग्दैन रे काम गर्न

संसार क्षणिक जस्तो लाग्छ रे

जगत मिथ्या जस्तो लाग्छ भन्छ ऊ

सारै दुब्लो पनि भएको छ ऊ।


घर फर्किंदा देख्छ ऊ मस्त सुतेको यो भैरवलाई

न खानाको टुंगो

न सुत्नको

"बाटाको कुकुर "भन्छन सबै उसलाई

तर ऊ मग्न छ निद्रामा

शरीर पनि पुष्ट छ उसको

मन प्रसन्न देखिन्छ

सोध्न खोज्छ आनन्दको सुत्र उसलाई

बोल्दैन भैरव, मौन छ ऊ!


जिन्दगी जिउने पनि कला पो रहेछ कान्छा!

एउटै बस्तु रहेछ आफ्नो स्वामित्वमा

यस्तै ठान्छ खुलाल साइँला अहिले

दर्हो पार्छ ऊ त्यो वस्तु

आनन्दमा छ अहिले ऊ

"मनलाई" एकाग्र पार्नु पर्दो रहेछ कान्छा!

मन र शरीरको

युगलबन्दीमा

रमाएको छ ऊ आज !

आनन्दै आनन्द छ अहिले।

*******

पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी आसाम

१९/२/२३

चुरा र आमा

 संगीत दिएर सुमधुर पारिदिने प्रकाश बुढाथोकी भाइलाई हार्दिक आभार।


चुरा र आमा

*********

कान्छा!तँलाई थाहा छ!

सानोमा एकदिन आमाले

तँलाई र मलाई हटिया लिएर जानु भएको!

काँचको चुरा किन्न।


बुबा हुनुहुन्थेन घरमा

सुटुक्क जानु भएको

फर्सी र खसी बेचेको पैसाले

रातो, नीलो चुरा हातभरी लगाएर

हामीलाई पापा खुवाएर

फर्किनु भएको।

बुबालाई नभन्नु भन्नु हुन्थ्यो!


बेलुकी चुराको आवाजले धर रमाएको

बुबाले थाहा पाउनु भयो

कसले पैसा दिएर गईस ?

को सँग गईस भन्दा,हामी रोएको

आमा रुनु भएको याद पो आयो,कान्छा!

तँ सानो थिईस,याद छ?


हाई! हाम्री आमा!

कस्तो थियो जमाना

आमाहरू न कतै जानु, न कतै रमाउनु

मात्र घर रुँगेर बस्नु!

कान्छा!तँलाई थाहा छ!

सानोमा एकदिन आमाले

तँलाई र मलाई हटिया लिएर जानु भएको!

काँचको चुरा किन्न।


रहर नै रहर थियो आमाको चुरा लाउने

छ छ भाइ छोरा र एउटी छोरी हुँदा पनि

आमा पराधीन नै हुनुहुन्थ्यो

पाखुरा दर्हो थिए हाम्री आमाको

बाख्रा र साग सब्जीको आम्दानी

किन नरूचेको होला बुबालाई!

कान्छा!तँलाई थाहा छ!

सानोमा एकदिन आमाले

तँलाई र मलाई हटिया लिएर जानु भएको!

काँचको चुरा किन्न।


कसैले सक्ला बोलाउन

दिवङ्गत मेरी आमालाई!

म चुरा किनिदिने थिएँ

लगाई दिने थिएँ

रमाउने थिएँ।

फर्किने थिएँ विगतमा

बुबालाई सोध्ने थिएँ!

किन जानु दिन हुन्थेन आमालाई!

कान्छा!तँलाई थाहा छ!

सानोमा एकदिन आमाले

तँलाई र मलाई हटिया लिएर जानु भएको!

काँचको चुरा किन्न!


पोते,चुरा,सिन्दुर र रातो साडी लिएर

मन्दिर जाउँ हिँड कान्छा!

चढाई दिउँ देवीको मन्दिरमा

रमाउँ केही बेर

अनन्त भावना,अनन्त कथा

कसलाई भन्नु ,कहाँ लेख्नु कान्छा!


कान्छा!तँलाई थाहा छ!

सानोमा एकदिन आमाले

तँलाई र मलाई हटिया लिएर जानु भएको!

काँचको चुरा किन्न!


पुरुषोत्तम उपाध्याय दाहाल

नागपुर,भारत

१५/२/२०२३

युद्ध

 युद्ध

****

हाम्रो बाबुले, बर्मामा 

दोस्रो विश्वयुद्धको परिणाम भोगेको र देखेको

किंवदन्ती नभएर सत्य कथा

प्रतक्ष्य बोलेको छ

प्रत्येक हरफमा।


सबै बिथोलिन्छ प्रभु!

प्रकितिको पुकार,मानवको पीडा

दुईटा विश्वयुद्धमा देखि सकेको छु मैले हजुर!

भन्नु हुन्थ्यो बुबा!


किन आतुर हजुरहरू?

सम्झेर रुनु हुन्थ्यो बुबा!

अहिले पनि हाम्रा आफन्त

विछोडिएका नै छन् 

युद्धको परिणामले।


हे राष्ट्रप्रधानहरू! समय छ

नहुत्तियाउ बम्,नगर युद्ध

बरु लाप्पा खेल बिना बारुदको

अर्को हिरोसिमा र नागासाकी

नबनाऊ हजुर!

भयो युद्ध चाहिँदैन

युद्ध चाहिँदैन!

नाङ्गो ज्व्यान जोगाएर 

मैनाभर पैदल हिंडेर

जयामय लेखपानी आए जस्तै

आएको हुँ

भन्नु हुन्थ्यो बुबा।

भयो युद्ध चाहिँदैन।


पुरूषोत्तम उपाध्याय दाहाल

२/३/२२

फागु

 फागु

****

बांँसको पिचकारी,

कराईको कालो मोसो,

दुधको तरमा मोलेर

फागु खेलोको,याद छ तिमीलाई?

तिमीले त चौलानी पानीलेनै काम चलाएउ,

म बयेरको ररूखमाथि चडेँथे,सकिनौ तिमीले छेप्न

पिचकारीले माथिबाट फ्याँकेथेँ गुलाबी रंग मैले

रुखमाथिबाट हेरि रहें तिमीलाई

तिम्रा दुई गाजलु नयनयुगल

सूर्य किरणमा टल्किएको

डन्डीफोर पाकेको गाला

तिमीले पनि हेरी रह्यौ मेरो दुई प्रेमील आँखा

कहाँ गए ति दिन र कहाँ छौ तिमी?

यादहरूले सारै सताउँछ कान्छी!

बाडुली लागेर मेरो याद आए ,

तलको नंबरमा फ़ोन गर ल!

चिनेउ मलाई ? म तिम्रो बाल्य सखा,

अन्तरे दाहाल

गोठालो अन्तरे!

गुरूबाको छोरो हौ।


(होली को पावन अवसरमा मङ्गलमयl शुभकामना सबैलाई)


पुरुषोत्तम उपाध्याय दाहाल

बोकापथार ,धौला

तिनसुकिया

७/३/२३

नारी दिवस

 नारी दिवस

*********

कुनै दिवसनै नजान्ने हाम्री आमा

आधाकोरी छोराछोरी हुरकाउँदा हुकाउँदै

समय र अनुमति नै नपाउने

माइत जान र घुम्न।


एकदिन बाबुले माइत जान

अनुमति दिँदा

टाढा रहेको त्यो माइती

लगभग मैना दिन बसेर

आउँदाको खुसी र मुस्कानको मुहार

अहिले एक थुप्रो दिएको

त्यो फूलको गुच्छा भरी शुभकामना

साथै हिजोआज श्रीमानले दिएको एटीएम कार्ड भन्दा

हजारौ गुणा

भव्य हुन्थ्यो

केही दिन मुक्त हुन पाउँदा।

कठै! मेरी दिवङ्गत आमा!


(अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना साथै नारी शक्तिलाई नमन्।


पुरुषोत्तम उपाध्याय दाहाल

८/३/२३

गोठाले आँखाको भाका

 गोठाले  आँखाको भाका 

*******************

आँखाले आँखालाई हेरे पछि

आँखाको भाखा बुझ्छन् कान्छा र अन्तरे ।

कसैको प्रेमील आँखा

कसैको मासुम आँखा

कसैका रातो आँखा

कसैको पिलपिल आँखा

आँखाले आँखालाई हेरे पछि

आँखाको भाका बुझ्छन् कान्छा र अन्तरे ।


आँखाको आँसु निकै रित्याएको छन्

दुई दाजु भाइले

तर

झर्न दिएको छैनन् आँसु भुइँमा 

आफैं बोक्ने भएका छन् आफ्नो भार

धरतीलाई किन बोझ बोक्न दिनु ,भन्छ कान्छा!

आँखाले आँखालाई हेरे पछि

आँखाको भाका बुझ्छन् कान्छा र अन्तरे ।


उनीकोहरूको प्रेमील आँखा

कहिलेई जुधेनन कठै! हामीमा  

कसैले भन्छन गोठाले आँखा

कसैले भन्छन निस्तेज आँखा

बेनाम र बेकामे भएको छ हाम्रो आँखा यो बजारमा कान्छा!

नाम नै नाम कमाउने त धनीको मात्रै आँखा!

बरै!हाम्रो फुस्रे आँखा।तथाकथित डेढे आँखा 

कठै!हाम्रो रुखो आँखा?

आँखाले आँखालाई हेरे पछि

आँखाको भाका बुझ्छन् कान्छा र अन्तरे ।


गाई र बाछा भोकाएको देखने यी हाम्रा आँखा!

डाले घाँस परैबाट देखने यी हाम्रा गोठाले आँखा

अरूको दुःख देख्न नसक्ने यी दुई आँखा

डढेको भात र माम्रीलाई पुष्ट देख्छ यी आँखा

दूर दूर सम्म देखने यी आँखाले 

भेटेनन् कुनै प्रेमील आँखा

चिम्रे आँखा पो भन्छन कोही कोही त, हैट!

दूरबिन झैँ यी हाम्रो आँखा

बुझेनन् कसैले हाम्रो आँखाको भाका!


आँखाले आँखालाई हेरे पछि

आँखाको भाका बुझ्छन् कान्छा र अन्तरे ।


पुरुषोत्तम उपाध्याय दाहाल

मिरिछपडी

धौला

25/12/2

फेसबुकको बिहे

 फेसबुकको बिहे

***********

उनी नदी पारि

ऊ नदी वारी

चिनजान फेसबुकमा

मित्रता सारै गहन भयो

यसले भन्न्यो ,तिमी नदी वारी आउ

उनीले भनिन् ,आउँछु

ऊ ,मोटर साइकल लिएर गयो

उनी, डुङ्गामा वारी आइन्

ल्यायो यसले आफ्नो भित्रि त्यो गाउँमा

बाइकमा चडाएर

छक्क परे सबै,को हो उनी भने!!!

बुहारी ल्याएँ भन्यो ।

कुटुम्ब हो कि हैन भन्दा फेसबुकमा प्रफाइल हेरेको भन्यो

गोत्र ,थर र मावली बारेर ल्याएको भन्यो।

गरिदिए टिको टालो।

न जन्तनै जानु पर्यो

न भत्खौरुले दुःख पाए

न सिलोके, न जनैसुपारी, न कुनै  पत्र लाउने

न कुनै बाजा, न कुनै जन्ते बाख्रो 

खाँड़ो जगाउने बलबहादुर सारै दुःखित भए।

सिलिके हाँक्ने खत्री माइलो सारै रिसायो

हजुरबा,आमै बाबु र आमा सारै निस्ताए

ठिटा केटाकेटीहरू खुब रमाए

मोर्डन बिहे, छोटोमिठो भने

न हनिमुन न दुरान फर्काईको टन्टा


आधुनिक बिहे सकियो।

बहूभतेर पनि खुवाउन परेन

आज बिहानै हिजोको बेहुला बेहुली

उखु गोड्न उखु बारीतिर लागे।

बाबु गोरु नारेर खेततिर लागे

हजुरबुबा लौरो लिएर गोठतर्फ लागे

मावली र आफन्तहरू नबोल्ने भए।

सानो दस वर्षको भतिजाले

काकाले काकी ल्याउनु भयो भनेर

सारा गाउँ फुक्यो

आमाले हप्काईन,मानेन ऊ

कसैले त, कस्ती केटी कमसेकम 

हातमा मेहंदी लगाएर त भाग्नु पर्थ्यो भने

गाउँ प्रमुख आएर 

जमाना नयाँ आयो है बलभद्र बा भन्दै

दुध नहालेको रातो चिया खाएर फर्किए।


पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी

५/१२/२०२२

माम्री र दुध,मही र मकै खाएको मजानै अर्को

 माम्री र दुध,मही र मकै खाएको मजानै अर्को

*********************************

माम्री र दुध,मही र मकै खाएको मजानै अर्को

"अल्छे ले पो माम्रीभात खान्छ"

भन्नु हुन्थ्यो आमा

अल्छेनै सही

माम्री र दुध मही र मकै खाएको  मजानै अर्को


धिउमा भुटेका फर्सीको मुन्टा

गुन्द्रुक र सिन्कीको अचार

गोलभेडाँको चटनी

तामाको आचार

तिलको अचार र सेलरोटी जति खाए पनि

माम्री र दुध मही र मकै खाएको मजानै अर्को।


सोल्लर र पाकेको फर्सीको स्वाद

ह्वाम्म ह्वाम्म खान्थ्यो अन्तरे

"भोक मिठो कि भोजन मिठो"

भन्नु हुन्थ्यो हजुरबुबा

मासको दालमा अदुवा हालेको

तर जति जे भने पनि

माम्री र दुध,मही र मकै खाएको मजानै अर्को।


आज धिउ खारेको दिन

नौनी धिउ र खारेको घिउ 

रोजेर खान पाइन्छ यता

तर बाछालाई डाले घाँस काट्न पर्छ नि?

घिउ र भात जति खाए पनि

माम्री र दुध,मही र मकै खाएको मजानै अर्को।


ढकने पाक्यो लौ

टन्न खाएर बाख्रा चराउन जान्छ कान्छो

दिनभरि भोकनै लाग्दैन अब

अलिकति चिउरा पनि लिएर जान्छ

दही चिउरा जति खाए पनि

माम्री र दुध,मोही र मकै खाएको मजानै अर्को।


आँप र मुलाको थेबे,रायको साग,निगुरो र बेतको टुसाको

स्वादनै अर्को

तिता फूलको अचार

भेकुर गुटिको चटनी

औटेँगाको झोल जति खाए पनि

माम्री र दुध,मही र मकै खाएको मजानै अर्को।


मकै मात्रै खाएर जिउँदो रहेको उदाहरण छ गोर्खालीको

काम गर्छ,गरेर खान्छ,माग्दैन भिक्षा

जंगलमा पाउने नानाथरी खान जान्दछ ऊ

थोरैमा रमाउँछ ,सबैको प्यारो बन्छ

जिउने कला तमाम जान्दछ 

थोरै खान्छ,घेरै गर्छ

माम्री र दुध, मही र मकै खाएको मजानै अर्को।


 


पुरुषोत्तम उपाध्याय दाहाल

गुवाहाटी , आसाम

10/11/22


तिता फूल:आसाममा खाने चलन भएको एउटा बोटको रातो  फूल।अलिक तिती हुन्छ

बेतको टुसा:यता पाइने बेतको टुसा तितो तर सारै मिठो।पोलेर र भुटेर खाइन्छ।

औटेंगा: ठुलो रुखमा फल्ने गोलो आकृतिको अमिलो/टर्रो 

स्वादको।

भेकुर गुटी:स्यानो गोल मरिच भन्दा अलिक ठुलो।सारै तितो

           (  पूर्व आसाममा)अचार खाइन्छ ।